Back

ⓘ पकवान



                                               

खुर्सानी

"खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो। धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन्। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झनि, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पि ...

                                               

लसुन

लसुन र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्. परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग हुदै आएको छ. लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद पर्पर्याउने हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ. यसको पात, जमिनमुनि रहेको काण्ड र फूल पनि खान योग्य हुन्छ ...

                                               

सुर्मा सरोवर जात्रा

सुर्मा सरोवर जात्रा सुदुर पश्चिममा निकै लोकप्रिय जात्रा मध्य एक हो । दार्चुला जिल्लाको सदरमुकामबाट ४ दिन र हाल यातायातका साधन पुगेको ठाउँ लाटीनाथ गाविसबाट २ दिनको पैदल यात्रापछि खण्डेश्वरी गाविसको वार्ड नम्बर १ घाजिर गाउँमा पुग्न सकिन्छ । यस ठाउँमा परापूर्वकालदेखि नै सुर्माभवानीको मन्दिर पांङ्रजडि र विभिन्न मन्दिरहरू रहेका छन् ।

                                               

टोम यम

टोम यम, rtgs: टम yam, थाई: ต้มยำ) एक लाओ र थाई सूप हो, सामान्यतया यो चिंराटसंग पकाइन्छ । टोयम व्यापक रुपममा छिमेकी देशहरूमा जस्तै कम्बोडिया, ब्रुनाई, मलेशिया र सिंगापुर, र बिश्वोका अन्य देशहरूमा यो लोकप्रिय छ। शाब्दिक रूपमा टोयम बाट व्युत्पन्न भइ दुई थाई शब्दहरू: टोम र यम बनेको हो। "टोम" ले बुझाउँछ उम्लिरहेको प्रक्रिया बुझाउँछ, जबकि "यम" ले एक थाई पिरो र अमिलो सलादलाइ बुझाउँछ । वास्तवमा, टोयम विशेषता यसको तातो र विशिष्ट अमिलो स्वादसंग सुगन्धित मसला र जडीबुटी भरपुर प्रयोगमा शोरबा बनाउनु हो । शोरबा आधारभूत रूपमा ताजा सामग्री जस्तै लेमन ग्रास, काफ्फिर चूना पात, गालागाल, कागति रस, माछा सस, र च ...

                                               

पटना

पटना भारत गणराज्यको बिहार प्रान्तको राजधानी हो, प्राचीनकालमा यसलाई पाटलीपुत्र भनिन्थ्यो। आधुनिक पटना दुनियाका गिने-चुनेका ती विशेष प्रचीन नगरहरूमा एक हो जो अति प्राचीन कालदेखि आजसम्म आबाद छ। आफैंमा पनि यो शहरको एक अत्यन्तै ऐतिहासिक महत्त्व रहेको छ। ईसा पूर्व मेगास्थनीज३५० ईपू-२९० ईपूले आफ्नो भारत भ्रमण पश्चात लेखेको आफ्नो पुस्तक इंडिकामा यस नगरको उल्लेख गरेका छन। पलिबोथ्रा पाटलिपुत्रजो गंगा र अरेन्नोवास सोनभद्र-हिरण्यवाहको संगममा बसेको थियो। त्यो पुस्तकको आकलनको हिसाबबाट प्राचीन पटना पलिबोथा ९ मील १४.५ कि.मी. लामो तथा १.७५ मील २.८ कि.मी. चौडा थियो। आधुनिक पटना बिहार राज्यको राजधानी हो र गं ...

                                               

चाडपर्व

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।

                                               

तिहार

तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही द ...

                                               

अष्टिम्की

पश्चिम नेपालमा वसोवास गर्ने थारू समुदायले कृष्ण जन्माष्टमी लाई अष्टिम्की पर्वको रूपमा मनाउने गर्दछन् । यो पर्वको तयारी लाई अष्टिम्की चित्र भनिन्छ । अष्टिम्कीको दिन थारू महिला, पुरुष दिनभरि निराहार बस्छन्। सूर्यास्तपछि अष्टिम्की चित्र बनाइएको घरमा टपरीमा चामल, बलिरहेको दियो, दुईवटा काक्रा राखेर पूजा गर्न जान्छन्। पूजा गर्न जानेमा पुरुषहरूको उपस्थिति अपवादकै रूपमा मात्र हुन्छ। पुरुषहरू रातभरि कृष्णगाथा गाउछन्। साझको पूजापछि फलफूल, दही मात्रै खाइन्छ। बिहान चढाइएको प्रसादको रहलपहल लिएर व्रतालुहरू नजीकैको खोलामा विसर्जनका लागि जान्छन् र उतै नुहाएर र्फकन्छन्। बिहान खरिया, फुलौरीलगायतका विशेष पकव ...

                                               

यःमरि

यःमरि हरेक वर्ष यःमरि पुन्हिको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा "यः" अर्थात मन पर्ने र "मरि" अर्थात रोटी भन्ने बुझिन्छ। यःमरि भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । यःमरि पुन्हिको दिन बहेक महत्तोपुर्ण दिनहरु जस्तै जन्मदिन्,घरको उदघाटनमा पनि यःमरि बनाउने चलन छ ।

                                               

खिचडी

खिचडी एक प्रकारको नेपाली परिकार हो। यो परिकार नेपाल, भारत बङ्गलादेश र पाकिस्तानका केही स्थानहरूमा प्रमुख भोजनको रूपमा प्रयोग हुने गर्दछ।नेपाल तथा उत्तर भारतमा माघे सङ्क्रान्तिका दिन यो परिकार प्रायः प्रत्येक हिन्दू घरमा पकाएर खाने गरिन्छ। यस दिन खिचडी खानुको विशेष रूपले प्रचलन रहेको छ।

                                               

कटहरको तरकारी

सामग्री: एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ टेबुल स्पुन लसुन अदुवा पेष्ट १/१ टेबुल स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खुर्सानी धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनियाँ, काटेको १/२ टि स्पुन गरम मसला नून इच्छानुसार। बनाउने विधि: तेल तताई प्याज फ्राई गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर सानो आगोमा छोपेर पकाउनु। कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु। अब दहि फिटेर राख्नु। गरम मसला धनियाँ राखी खान दिन। रुख कटहर

                                               

किनेमा

किनेमा भटमासबाट बनाइने एक परिकार हो । विशेष गरी यो परिकार पूर्वी नेपालका लिम्बु जातीकाे माैलिक र मुख्य परिकारहरुमा पर्दछ । लिम्बु लगायत अन्य याक्खा, राई, सुनुवार सम्प्रदायमा पनि यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटिन्छ । त्यसपछि त्यसलाई पानीमा उसिनिन्छ । उसिनेपछि त्यसलाई मान्द्रो वा केराको पातमा फैलायेर राखिन्छ। केही सेलाएपछि त्यसमा अलिकति राम्रो खालको खरानी राखेर मोलि दालो वा थुन्छेमा केराको पात वा प्लास्टिक बिछ्याइ अगेना छेउमा राखिन्छ। त्यसरी राख्ने कामलाई सुम राख्नु भनिन्छ । राख्दा राम्रो गरी छोपिएको हुनु पर्छ। हावा पस्यो भने किनेमा राम्रो हुँदैन। स ...

                                               

क्वाँटी

क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । "क्वाँटि" शब्द नेपालभाषाको "क्वाति" शब्दबाट बनेको हो, जस अनुसार "क्वा" को अर्थ तातो र "ति" को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले "क्वाति" वा "क्वाँटि" को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता प ...

                                               

खोले

खोले एक प्रकारको पुरानो नेपाली खाना वा तरकारीको परिकार हो । खोले परिकारलाई गरिबहरूले खाने खानाका रूपमा नेपाली समुदायमा हेर्ने गरिन्छ । साथै गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पीठोलाई पकाएर बनाइएको बाक्लो झोल तथा कुँडोलाई पनि खोले भन्ने गरिन्छ ।

                                               

गुन्द्रुक

गुन्द्रुक सागबाट बनाइने खाना हो। गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रूपमा विदेशीहरूले समेत चिनेका छन्। यो विशेष गरी जाडो याममा खाने गरिन्छ।

                                               

चरिअमिलोको सस

सस बनाउन एक किलो चरिअमिलोको गुदीमा चिनी, नुन र खुर्सानी, जिरा, ल्वाङ, मरिच, अलैंची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक र एसिडिक एसिड पनि मिलाउनु पर्छ। विभागले गरेको प्रविधि सिफारिसमा १ किलो चरिअमिलोको गुदीमा २ सय ग्राम चिनी, २५ ग्राम नुन, १० ग्राम खुर्सानीको धुलो, पाँच-पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक एसिड ५ ग्राम र एसिडिक एसिड ५ मिलिलिटर मिसाउन सकिन्छ। यसैगरी चरिअमिलोको चट्नी बनाउन भने विभागले १ किलो गुदीमा १ सय ग्राम चिनी, ४५ ग्राम नुन, २० ग्राम खुर्सानीको धुलो, पाँच-पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो एवं साइट ...

                                               

चुकाउनी

यो मुख्यतया आलु र दहिको अचार हो ।खास गरी यो नेपालको पश्चिमाञ्चल बिकाश क्षेत्रमा प्रचलित अचार हो र यसो सुरुवात् पनि पाल्पा जिल्लाबाट सुरु भयको पाइन्छ र तेस ठाउँका जुनसुकै सुभ कार्यक्रममा जस्तै पुजा ब्रताबंद बिवाह आदिमा अनिवार्य जस्तो मनिन्छ । अहिले यो अचार तेस ठाउँ तथा छिमेकि जिल्ला हरू जस्तै रूपन्देही,सेंजा नवलपरासी, आर्घाखाची आदिमा पनि प्राय घर,होटेलमा सजिलोसँग पाइन्छ ।तेहाका मान्छे संसारका जुनसुकै ठाउँमा गया पनि यो स्वाद बिर्सन सकेका छैनन् । काठमाडौंमा पनि यो आजकल बनाउने खने गरेको देक्न सकिन्छ । यो अचार अरु भन्दा फरक स्वाद र सबैले रुचाउने भयकोले प्रचालत मानिन्छ । यो बनाउन आवश्यक सामाग्रि ...

                                               

ढिँडो

ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। नेपालमा पर्यटकको बढ्दो चापसँगै यसको पारखीहरू देश भित्र मात्र नभइ विदेशमा पनि रहेको पाइन्छ। यो खाना बनाउनको लागि केही खास सीपको जरुरत पर्दछ। यसलाई राम्रोसँग बनाउन जानिएन भने यसले अलि बेफाइदा पनि गर्नसक्छ। यो खाना मधुमेह, उच्च रक्तचाप, तथा युरिक एसिड जस्ता रोगका बिरामीहरूको लागि अत्यन्तै राम्रो हुन्छ।

                                               

तितौरा

लप्सीको थिलथिलो गुदी, नुन, खुर्सानी र चिनीको मात्रा मिलाएर तितौराका परिकार बनाइन्छन्। उहिले स-साना मस्यौराका रूपमा नाङ्लोमा सुकाएर तितौरा बनाइन्थ्यो। पछि नाङ्लो वा काठका फल्याकमा कागज बनाउँदा झैँ माडा फैलाएर सुकाउने चलन आयो। यस्तो माडा काटेर तितौरालाई टुक्रा टुक्रा बनाउन सजिलो भयो। यीमध्ये अधिक मसला र पीरोयुक्त तितौरा ल्यासे पाउँ अर्थात् तरुनी तितौराका रूपमा प्रख्यात भयो।लप्सी उमालेर हातले माडेपछि गुदी छुट्टिन्छ तर बोक्रामा केही अमिलो गुदी बाँकी रहेकै हुन्छ। यस्तो बोक्रा सुकाएपछि तिनलाई चूर्ण धूलो बनाउन सजिलो हुन्छ। लप्सीको यस्तो धूलोबाट नेवारी भोजको एक अभिन्न परिकार पाउँ क्वा अर्थात् तातो ...

                                               

फाँडो

फाँडो एक प्रकारको पुरानो नेपाली खानाको एक परिकार हो। यो परिकार हालको दाल जस्तै नेपाली समुदायहरूमा अत्यन्त प्रयोग हुने गर्दथ्यो। फाँडोलाई कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको हुन्छ। यो एक प्रकारको माडजस्तो खोले हो। कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइन्छ। कुनै समय सबै नेपालीहरूले खाने गरे पनि कुनै समय गरिब परिवारहरूले मात्र फाँडो खान्छ भन्ने नेपाली सोच तथा चलन थियो। तर हाल नेपालका महँगो होटलहरूमा धेरै मूल्य तिरेर धनी वर्गहरूले फाँडोसँग विभिन्न परिकार खाने गर्दछन्।

                                               

मस्यौरा चप

२५० ग्राम पालक, ७५ ग्राम भटमासको मस्यौरा सोयाबीन, पनीर १०० ग्राम, पिसेको मूङ्गको दाल ३० ग्राम, ब्राउन ब्रेड १ स्लाईस, अलिकति काटेको अदुवा लसुन, एक स्यानो चम्मच जीरा, १/२ चम्मच चना मसला, हरीयो धनियाँ १० ग्राम, हरीयो खुर्सानी २, नून स्वाद अनुसार।

                                               

सुजीको हलुवा

सुजीको पिठो प्रयोग गरी पकाइने एक पकवान या मिठाइ: यस पकवानको लागि आवश्यक सामग्रीहरू: चिनी पानी सुजी किसमिस र काजु घ्यु दुध पकाउने तरिका: कन्ती सुख्खा नहुन्जेल तताउने सुजीको पिठो राख्ने र गाढा पहेलो नहुन्जेल चलाउने इच्छा अनुसार किसमिस र काजु हाल्ने स्वाद अनुसार चिनी र दुध या पानी राख्ने घ्यु पग्लिएर तातो नहन्जेल तताउने कन्ती या भाँडो चुलोमा बसाल्ने पानी नसकुकन्जेल पकाइरहने।

गरम मसला
                                               

गरम मसला

जीरा, मरिच, ल्वाङ, धनियाँ, जाइफल, टिमुर, पिपला आदि धेरै थरीका मसलाहरू मिलाएर बनाईएको मसला बनाउने तरिका गरम मसला बनाउँदा असली दालचिनी र सुकेको खुर्सानीलाई कराइमा केहीबेर भुटेर त्यसमा धनियाँका गेडा, जिरा, मरीच, अलैँची, ल्वाङ, सुप र थोरै रायोको गेडा राखी विस्तारै चलाउँदै तताइन्छ। मसलाको बास हरक्क उठेपछित्यस मिश्रणलाई केही बेर सेलाउन दिई पछि खल र सिलौटामा पिँधेर धूलो बनाइन्छ। गरम मसलाको त्यो धूलो दुई-तीन महिना राख्न सकिन्छ। गरम मसलाको मात्रा भान्सा र पकवान अनुसार फेरिन्छ।

आँटो
                                               

आँटो

आँटो एक प्रकारको नेपाली खानाको एक परिकार हो। मकै, गहुँ आदीलाई जाँतो अथवा घट्टमा ढिके पिठो वा मोटो गरेर पिसेको पिठोलाई पानीमा पकाएर बनाइन्छ। यो परिकारको स्वाद भात जस्तै हुन्छ।

                                               

कन्ती

अर्ध गोलाकार यसको भाडोको पिधमा तिन साना अढ्याउने खुट्टा समाउने दुईकान र बीचमा खाल्डो परेको हुन्छ। यसलाई मूख्य रूपमा तरकारी पकाउनको लागि प्रोग गरे पनि कुनै कुरा तार्न या उसिन्न पनि प्रयोग गरिन्छ।यसलाई चलन्चल्तिको भाषामा कराई पनि भनिन्छ।

                                               

सिन्की

सिन्की मूलाबाट बनाइने नेपाली तरकारी हो । मूलाका फेदको अथवा मूलालाई किच्याएर गुन्द्रुक जस्तै खाडल वा गोल्फु, घैँटो आदिमा हालिन्छ। गुन्द्रुकभन्दा बढी अमिलो हुन्छ हुने हुनाले यसको अचार झोलिलो तिहुन खाने गरिन्छ। सिन्की पाचनको काम गर्छ अनि धेरै दिनसम्म राख्‍न सकिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →