Back

ⓘ विज्ञान




                                               

विज्ञान

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको ज्ञान-भण्डारको अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

                                               

राष्ट्रिय विज्ञान दिवस

राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय वि ...

                                               

प्राणी वर्गीकरण विज्ञान

प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान जीव विज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै श्रेणी मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा वैज्ञानिक पद्दति अनुसारको सिद्धान्तलाई पालन गरिन्छ। आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू अधिजगत, जगत, सङ्घ, वर्ग, गण, कुल, वंश, उपवंश र प्रजाति रहेका छन्। स्विडेनको वनस्पतिविद् कार्ल लिनियसलाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि द्विपदीय नामकरण पद्धति लिनियन वर्गीकरण प्रणाली विकसित गरेका थिए।

                                               

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित,स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । यो पूर्वी नेपालको सुनसरी जिल्लाको धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो ।

                                               

क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार

क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार वार्षिक रूपमा क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नोबेल समितिको कारोलिन्स्का संस्थानले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो । यो पुरस्कार नोबेल फाउन्डेसन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो रसायनशास्त्रका लागि नोबेल समितिको प्रस्तावमा नोबेल समितिको कारोलिन्स्का संस्थानद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसे ...

                                               

भौतिक विज्ञान

भौतिक विज्ञान, प्रकृति विज्ञानको एक विशाल शाखा हो। भौतिक विज्ञानलाई परिभाषित गर्न कठिन छ। केही विद्वानहरूका मतानुसार यो ऊर्जा विषयक विज्ञान हो र यसमा ऊर्जाको रूपान्तरण तथा त्यसको द्रव्य सम्बन्धहरूको विवेचना गरिन्छ। यसमा प्राकृती जगत र त्यसको भित्री क्रियाहरूको अध्ययन गरिन्छ। स्थान, काल, गति, द्रव्य, विद्युत, प्रकाश, ऊष्मा तथा ध्वनि इत्यादि अनेक विषय यसको परिधिमा आउँछन्। यो विज्ञानको एक प्रमुख विभाग हो। यसका सिद्धान्त सम्पूर्ण विज्ञानमा मान्य छन् र विज्ञानका प्रत्येक अंगमा लागू हुन्छन्। यसको क्षेत्र विस्तृत छ र यसको सीमा निर्धारित गर्नु अति गाह्रो कार्य हो। सबै वैज्ञानिक विषय अल्पाधिक मात्र ...

                                               

राजनीति विज्ञान

राजनीति विज्ञान एउटा सामाजिक विज्ञान हो जो राज्य सरकार अन्य रास्ट्रीय अन्तर्राष्ट्रिय राजनीतिक घटनाहरूको अध्ययनसित सम्बन्धित छ। यसलाई विज्ञानहरुकै महारानी अर्थात गुरु विज्ञान पनि भनिन्छ । राजनीति विज्ञानका जनक प्रशिद्द ग्रिसेली बिद्दान अरस्तु हुन।

                                               

महामारी विज्ञान

महामारी विज्ञान जीव विज्ञान, चिकित्साशास्त्र तथ्यांक शास्त्रसित सम्बन्धित छ। इपिडीमीअलजि भनेर नेपालीमा समेत प्रयोग हुदै आएको यो बिषयमा कुनै जनसन्ख्याको रोग, त्यसका कारक, प्रकोपको सन्ख्यत्माक स्थिति, मात्रा, फैलावट एबम् रोग के बाट, कसरि सुरु भयो, के - कसरि फैलदै छ, र पछि के होला अदि कुराहारुलाई समेटेर अध्ययन गरिन्छ। यो जनस्वस्थ्य र विशेष गैर-उपचारात्मक स्वस्थ्य प्रवन्धनको अत्याबश्यक आधारशीला हो। ढाँचा:जीव विज्ञान फुटर

                                               

सामाजिक विज्ञान

समाज सम्बन्धि विभिन्न अध्यायन तथा अनुसन्धान गर्ने शास्त्रहरूलाई सामाजिक विज्ञान भनिन्छ। मानव समाज र मानव सम्बन्धहरूको वैज्ञानिक एबम् व्यवस्थित रुपमा अध्ययन गरिने विधा सामाजिक विज्ञान हो।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
                                               

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान नेपालमा कृषि तथा पशु विज्ञान अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो । यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई नेपाल कृषि तथा वन विश्वविद्यालय बनेको छ; भरतपुर मुख्य सहरी क्षेत्रबाट पुग्न ८ कि. मी. दुरी पर्दछ।

अणु
                                               

अणु

एक अणु, रासायनिक बन्धनद्वारा आयोजित दुई वा बढी परमाणुहरूको विद्युत तटस्थ समूह हो। अणुहरू विद्युतीय चार्जको अभावमा आयनहरू भन्दा भिन्न छन् । यद्यपि क्वान्टम फिजिक्स, जैविक रसायनशास्त्र, र जैव रसायनशास्त्रमा अणु भन्ने शब्द प्रायः कम कडाइका साथ प्रयोग गरिन्छ, यि विषयहरूमा पोलियटोमिक आयनहरू लाई नि अणु भन्‍ने चलन छ।

अदूर दृष्टि
                                               

अदूर दृष्टि

नजिकको वस्तु स्पष्टसँग देख्न सक्ने र टाढाको वस्तु स्पष्ट देख्न नसक्ने आँखाको कमजोरीलाई अदूर दृष्टि भनिन्छ । यस्तो आँखामा टाढाका वस्तुको आकृति रेटिनाभन्दा अगाडि बन्छ । यस्तो आँखाको लेन्स बाक्लो हुन्छ । सिलियरी मांसपेशी खुम्चेर लेन्सलाई प्रयाप्त पातलो बनाउन सक्दैन । यसप्रकारको कमजोरिलाई हटाउन उचित पावरको कन्केभ लेन्स भएको चस्मा प्रयोग गरेर हटाउन सकिन्छ ।

अनुकूलन
                                               

अनुकूलन

कुनै विशेष वातावरणमा सुगमता पूर्वक जीवन व्यतीत गर्न एवं वंशवृद्धिको लागि जीवहरूको शरीरमा जो रचनात्मक एवं क्रियात्मक स्थायी परिवर्तन उत्पन्न हुन्छ, त्यसलाई अनुकूलन भनिन्छ।

अम्ल
                                               

अम्ल

साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H + आयोन दिने पदार्थहरूलाई अम्ल भनिन्छ ।अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक, साइट्रिक, एसिटिक आदि प्राङ्गारिकका उदाहरण हुन् भने हाइड्रोक्लोरिक, सल्फ्युरिक, नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्। प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन। अम्लहरूले नीलो लिट्मसको रङलाई रातो बनाउँछ।

अल्कोहल
                                               

अल्कोहल

प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ । मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ । पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।

                                               

आपतित किरण

प्रकाशका स्रोतहरूबाट कुनैपनि बस्तुको सतहमा पर्न आएको किरण लाई आपतित किरण भनिन्छ । जस्तै सूर्यको प्रकाशको किरण ऎनामा पर्न आयो भने त्यो आएको किरण आपतित किरण हो ।