Back

ⓘ रुवान्डा नरसंहार




रुवान्डा नरसंहार
                                     

ⓘ रुवान्डा नरसंहार

रुवान्डा नरसंहार लाई, तुत्सी विरुद्धको नरसंहार को रूपमा पनि जानिन्छ, जुन रुवान्डामा तुत्सी जाति, तवा र नरम हुतु को सामुहिक हत्या गरेको थियो। यो घटना ७ अप्रिल देखि १५ जुलाई १९९४ मा रुवान्डाली गृहयुद्धको समयमा भएको थियो।

१९९० मा, तुत्सी शरणार्थीको विद्रोही समुह रुवान्डा प्याट्रीयोटिक फ्रन्ट आरपिएफ RPFले युगान्डामा रहेको आफ्नो शिबिरबाट उत्तरी रुवान्डामा आक्रमण गर्यो। यसले रुवान्डा गृहयुद्धको सुरुवात भयो । यो युद्धमा कुनै पनि पक्षले निर्णायक विजय हासिल गर्न सकेनन्, र राष्ट्रपति जुभेनल हब्यरिमान ले ४ अगस्ट १९९४ मा आरपिएफसँग अरुशा सम्झौता हस्ताक्षर गरे । धेरै इतिहासकारहरू यो मान्छन् कि तुत्सी बिरुद्धको नरसंहार कम्तिमा एक वर्षको लागि योजना बनाइएको थियो । तर ६ अप्रिल १९९४ मा हब्यरिमानको हत्या ले शक्ति मा शुन्यता सिर्जना भयो र शान्ति सम्झौता अन्त्य भयो। अर्को दिनबाट सेना, प्रहरी, र मिलिसियाले तुत्सी र उदार नरमपन्थी हुतु सैनिक तथा राजनैतिक नेताहरू, जसले रिक्त रहेको शक्ति नेतृत्व हत्याउन सक्थे, को हत्या गरेपछी नरसंहारको हत्या सुरु भयो।

यहाँको नरसंहारको क्रुरता र मापनले विश्वव्यापी झट्का दियो, तर कुनै देशले हत्या, मारकाट रोनाको लागि बलपूर्वक हस्तक्षेप गरेनन्। अधिकांश पिडितहरू आफ्नै गाउँ वा सहर मा, मारिए । धेरै आफ्नै छिमेकी र नजिकको गाउँलेबाट मारिए । हुतु गिरोहले चर्च र स्कुल भवनमा लुकेर बसिरहेका पिडितहरूको खोजी गर्यो । मिलिसियाले राइफल र म्याचेट ले पिडितहरूलाई मारे । अनुमानित ५,००,००० देखि १०,००,००० रुवान्डाली हरू मारिएका थिए, जुन देशको तुत्सी जनसंख्याको ७०% थियो। यौन हिंसा डढेलो सरी फैलियो, अनुमानित २,५०,००० देखि ५,००,००० महिला हरू बलात्कृत भए। नरसंहार सुरु भएपछि र आरपीएफले तुरुन्त गृहयुद्ध पुनः सुरु गर्‍यो र सबै सरकारी क्षेत्र कब्जा गर्दै, सरकार नरसंहारकहरूलाई जाइरमा धपाए र नरसंहार अन्त्य गर्यो ।

यो नरसंहारले रुवान्डा र छिमेकी देशहरूमा नमेटिने र गहन प्रभाव पार्यो। १९९६ मा, आरपीएफ नेतृत्वको रुवान्डा सरकाले जायर अहिले को प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आक्रमण गर्यो । यसबाट पहिलो कङ्गो युद्धको सुरुवात भयो जसमा अनुमानित २,००,००० मानिसहरू मरे। आज, रुवान्डामा नरसंहार शोक गर्न दुई सार्वजनिक बिदा छ, र जनसंहारको इन्कार वा ऐतिहासिक संशोधनवाद एक आपराधिक अपराध हो ।

यी घटनाहरु पछी, संयुक्त राष्ट्रसङ्घ महासचिव बुत्रोस बुत्रोस-घाली र संयुक्त राज्य, बेलायत र बेल्जियम सहित देशहरूमा रवांडाको लागि संयुक्त राष्ट्र सहयोग मिशन UNAMIR को बल र मन्त्री को बलियो बनाउन को लागि उनको असक्षमता र विफलताको लागि आलोचना गरिएको थियो। नरसंहारको शुरुवातपछि अन्य पर्यवेक्षकहरूले हुतु सरकारको कथित समर्थनको लागि फ्रान्सको सरकारले आलोचना गरेका थिए।

                                     

1.1. पृष्ठभूमि स्वतन्त्रता पूर्वको रुवान्डा र हुतु, तुत्सी र तोउ को उत्पत्ति

प्रथम विश्व युद्धको दौरान बेल्जियम सेनाली रुवान्डामा नियन्त्रण गर्यो,र १९२६बाट अझ बढी सिधा औपनिवेशिक शासन सुरु गर्यो

१९३५ मा, बेल्जियमले जनसंख्यालाई तीन जातिमा बर्गीकरण गरी जनसंख्याको स्थायी विभाजन गर्यो । यसअनुसार हुतु ८४%, तुत्सी करिब १५% र तोउ करिब १% थिए। प्रत्येक व्यक्तिलाई तुत्सी, हुतु वा तोउ अङ्कित गरी परिचय पत्र जारी गरियो। पहिले धनी सम्भ्रान्त हुतुहरूलाई सम्मानार्थ तुत्सी बन्नको लागि सम्भव भएपनि, परिचय पत्र जारी भएपछी एक जातिबाट अर्को जातिमा सराइ रोकियो।

रवाण्डामा ३ जाति पाइन्थ्यो, जसमध्ये हुतु जाति ८५% जनसङ्ख्यासहित बहुसंख्यक थियो, तुत्सी जातिको जनसङ्ख्या १४% थियो भने तोउ जाति १% अर्थात अल्पसंख्यक थियो। बहुसंख्यक हुतु जाति विपन्न वर्गमा पर्दथे भने तुत्सी जाति सामाजिक र आर्थिक हिसाबले सम्पन्न थिए। ६०० वर्षभन्दा बढी समयदेखि उनीहरू सबै मिलेर बसेका थिए। उनीहरूमा आत्मीयता र एकता थियो। हुतु जातिका मानिस खेतीपाती गर्दथे भने तुत्सी जति वस्तु पालन गर्दथे। आर्थिक हिसाबले उनीहरूमा अन्तर भए पनि अन्तरजातीय विवाह र सामाजिक सहिष्णुताले सबैलाई सन्तुलनमा राखेको थियो। उनीहरू समाजमा मिलेर बसेका थिए।

                                     

1.2. पृष्ठभूमि रुवान्डाली गृहयुद्ध

१९८० को दशकमा, फ्रेड विग्येमा Fred Rwigyema, को नेतृत्वमा युगान्डामा रहेको ५०० रुवान्डाली शरणार्थी हरूको समूहले युगान्डा बुस युद्ध मा योवेरी मुसेवेनी को पक्षमा लडे। त्यस युद्धबाट योवेरी मुसेवेनीले मिल्टन ओबोटे लाई हटाए। ती सैनिकहरू योवेरी मुसेवेनी युगान्डाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि युगान्डा सैनिकमा नै रहे, तर त्यस संगसंगै सेना भित्रको गुप्त सञ्जालको माध्यमले रुवान्डामा आक्रमण गर्ने योजना बनाउन थाले । अक्टोबर १९९० मा, विग्येमा ले ४००० विद्रोहीको नेतृत्व गर्दै रुवान्डा प्याट्रीयोटिक फ्रन्ट आरपिएफ RPF को ब्यानरमा रुवान्डाको ६० किमी ३७ माइल भित्र सम्म पुगे. विग्येमा आक्रमणको तेश्रो दिनमा मारिए, र फ्रान्स र जायरले रुवान्डाली सैनिकको समर्थनमा आफ्नो सैन्य परिचालन गर्यो, आक्रमणलाई निस्तेज गर्ने अनुमति दियो । विग्येमा को सहायक, पल कागामे, Paul Kagame ले आर्पिएफ को नेतृत्व लिए । उनले युगान्डाबाट उत्तरी रुवान्डामा सारे। त्यहाँ बाट, उनले आफ्नो सेनालाइ पुनसंगठित र सस्त्र सुसज्जित गर्न लागे। उनले तुत्सी डायस्पोरा/ प्रवासीबाट कोष सङ्कलन र सैन्य भर्ती सुरु गरे ।

कगामे ले जनवरी १९९१ मा उत्तरी सहर रूहेनागरी मा अनपेक्षित आक्रमण गरेर युद्ध पुन: सुरु गरे। आरपिएफले एक दिनको लागि सहर कब्जा गर्यो र जंगलमा फर्कियो । अर्को वर्षसम्म आर्पिएफ ले, हान्ने र भाग्ने गुरिल्ला युद्ध अपनायो। यसबाट उसले केहि क्षेत्र कब्जा गर्यो तर उल्लेख्यानीय लाभ केहि पाउन सकेन। जुन १९९२ मा, बहुपक्षीय सरकारको गठन पछि आरपीएफले युद्धविराम घोषणा गर्यो र रुवान्डा सरकारसंग अरुशा, तान्जानिया मा वार्ता गरे । १९९३ को सुरुवातमा, कयौं चरमपन्थी हुतु समुहहरू बने र तुत्सी विरुद्ध ठूलो स्तरको हिंस्रक अभियान सुरु गरे । आरपीएफले शान्ति वार्ता भङ्ग गरी मुख्य ठूला आक्रमण गरेर प्रतिक्रिया दियो र देशको उत्तरी भूभागको ठूलो हिस्सामा कब्जा जमायो। शान्ति वार्ता अरुशामा सुरु भयो, र अगस्ट १९९३ मा अरुशा सम्झौतामा हस्ताक्षर भयो । यसले आरपीएफ लाई संक्रमणकालीन सरकारमा र रुवान्डा सरकारमा स्थान प्रदान गर्यो । संयुक्त राष्ट्र सङ्घले रुवान्डाको लागि संयुक्त राष्ट्र सङ्घीय सहायता मिसन पठायो।

                                     

1.3. पृष्ठभूमि जुभेनल हब्यरिमानको हत्या

६ अप्रिल १९९४ मा, रुवान्डाको राष्ट्रपति जुभेनल हब्यरिमान र बुरुन्डीका हुतु राष्ट्रपति सवार हवाइजहाज किगालीमा अवतरण गर्ने तयारी गर्ने क्रममा गोली हानी झारियो। सो हमलामा विमानमा सवार सबै जना मारिए। यो आक्रमण को जिम्मेवारी विवादास्पद छ, दुबै अतिवादी हुतु र आरपिएफलाई आरोप लगाइन्छ। २००६ मा, फ्रेन्च न्यायाधीश जिन लुइस ब्रुगुइर को आठ वर्षे जाँच ले पल कगामेले हत्याको आदेश दिएको निष्कर्ष निकालेको थियो। २०१० मा रुवान्डा सरकारले सार्वजनिक गरेको जाँच ले रुवान्डा सेनामा रहेका हुतु अतिवादीलाई दोष लगाएको थियो। जनवरी २०१२ मा, एक फ्रान्सेली अनुसन्धान प्रकाशित भएको थियो, जुनले आरपीएफलाई दोष मानेको थियो, तर फिलिप रेंत्जें का अनुसार, यो प्रतिवेदन ले तथ्य रूपमा आरपिएफ लाई आरोप लगाएको छैन। नोबेम्बर २०१८ मा, इमानुएल मुघिसा एमाइल गफारिता भनेर पनि चिनिन्छ, जो एक पूर्व रुवान्डा सैनिक हुन जसले उनीसँग कगामे ले हब्यरिमान सवार जहाजलाई झार्न आदेश दिईको प्रमाण रहेको कुरा बताएका थिए, लाई अपहरण गरियो। उनी कगामेको प्रतिद्वन्द्वीहरू जसलाई हत्या गरिएको वा वेपत्ता बनाइएको सूचीमा राखिएको बताइन्छ । अपराधीको बारेमा असमझदारी भएपनि, धेरै पर्यवेक्षकहरू यो विश्वास गर्छन् कि दुई हुतु राष्ट्रपतिहरू माथीको आक्रमण र मृत्युले नरसंहारलाई उत्प्रेरित गर्ने काम गर्यो।



                                     

2.1. नरसंहार मृत्यु र समय रेखा

अप्रिलको बाँकी समय र मे को सुरुवातमा, राष्ट्रपतिको सुरक्षा गार्ड, gendarmerie र युवा मिलिसियाहरूले, स्थानीय मानिसहरूको सहयोगमा तीव्र रुपमा नरसंहारलाई अघि बढाए। त्यसको उद्देश्य रुवान्डामा बसोबास गर्ने सबै तुत्सीलाई मार्नु थियो र अघि बढीरहेको आर.पी.एफ सेना बाहेक त्यो नरसंहारलाई रोक्ने वा सुस्त गर्ने त्यहाँ कुनै प्रतिरोध बल थिएन । आन्तरिक बिपक्षीहरूलाई पहिले नै सिध्याइसकेको थियो, भने रुवान्डामा रहेको संयुक्त राष्ट्र संघीय मिसनलाई आत्मरक्षाबाहेक अन्य कामको लागि बल प्रयोग गर्न अनुमति थिएन । ग्रामिण क्षेत्रमा, तुत्सी र हुतु संग संगै साथमा बस्थे र एक परिवारले अर्को लाई चिन्थे, यसले गर्दा हुतुलाई तुत्सी छिमेकी पहिचान गर्न र निसाना बनाउन सजिलो भयो. सहरी क्षेत्रमा, जहाँका बासिन्दा हरू अन्जान थिए, अर्थसैनिक बल द्वारा बाटो तथा सडक बन्द गरिएको थियो, र सो सडक बाट आउअजाउ गर्ने प्रत्येक मानिसले राष्ट्रिय परिचय पत्र देखाउन पर्थ्यो, जसमा जाति पनि लेखिएको हुन्थ्यो र तुत्सी कार्ड हुने जो कोहीलाई तत्कालै मारिन्थ्यो। धेरै हुतुहरू पनि बिबिध कारणले मारिए, जस्तै तुत्सी वा नरम हुतु प्रति सहानुभूति देखाएकाले, पत्रकार भएकाली वा "तुत्सी जस्तो" देखिएकाले. कागेरा नदीमा हजारौ लासहरू फालिएका थिए, जुन रुवान्डा र युगान्डाको उत्तरी सिमा हुदै भिक्टोरिया तालमा बग्थ्यो । लासहरूको यस्तो परिस्थितिले युगान्डाको माछा उद्योग नराम्रो संग क्षति पुग्यो । उपभोक्ताहरूले लासहरू सधेको डरले भिक्टोरिया तालमा मारिएका माछा किन्न मानेनन्। युगान्डा सरकारले लास भिक्टोरिया तालमा छिर्नु भन्दा अगाडी नै लास कागेरा नदी बाट निकाल्न टोली परिचालन गरेर प्रतिक्रिया जनायो।

                                     

3. अन्तर्राष्ट्रिय संलग्नता

संयुक्त राष्ट्रसङ्घ

रुवान्डाको लागि संयुक्त राष्ट्र सङ्घीय सहायता मिस UNAMIR अक्टोबर १९९३ देखि रुवान्डामा रहदै आएको थियो । अरुशा सम्झौताको कार्यन्वयन निरीक्षण गर्नु नै यसको जनादेश थियो।