Back

ⓘ हसन नसरूल्लाह




हसन नसरूल्लाह
                                     

ⓘ हसन नसरूल्लाह

हसन नसरूल्लाह लेबनानको विद्रोही समूह हिजबुल्लाहका नेता हुन् ।

हसन नसरूल्लाह लेबनानको राजनैतिक तथा अर्धसैनिक समुह हिजबुल्लाहका तेश्रो र हालका नेता हुन । उनका पूर्ववर्ती अब्बास अल-मुसावी इजरायली डिफेन्स फोर्सको निसाना मा परेर फेब्रुअरी १९९२ मा मारिए पछि उनले सो समुहको नेतृत्व गर्दै आएका छन् ।. उनको कार्यकालमा, हिजबुल्लाहलाई अमेरिका, युरोपेली सङ्घ र केहि राष्ट्रहरूले आतंककारी सङ्गठन घोषणा गरे । रसिया हिजबुल्लाहलाई बैधानिक राजनैतिक समुह मान्छ । चीन यो विषयमा तटस्थ छ तर हिजबुल्लाहसँग सम्पर्क कायम गरिरहेको छ ।

नसरूल्लाह १९८२ को लेबनान युद्धपछी हिजबुल्लाह समुहमा जोडिए । १९८९ मा हसन नसरूल्लाह धार्मिक अध्धयनको लागि इरान गएका थिए ।