Back

ⓘ द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड




                                     

ⓘ द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड

वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित रूपले कटान सङ्कलन र चिरान समेत गरी सर्बसाधारण जनता, सङ्घ संस्था, उद्योग ब्यवसाय र नेपाल सरकारद्वारा सञ्चालित योजना परियोजनाहरूलाई सुपथ मूल्यमा सरल तरिकाले काठ दाउरा आपूर्ति गर्न २०११ सालमा स्थापना भएको सःमिल परियोजनालाई तत्काल प्रचलित कम्पनी कानुन अन्तरगत द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड पूर्ण सरकारी स्वामित्वको संस्थाको रूपमा गठन भएको र सरकारको नीति निर्देशन र निर्णयका आधारमा हालसम्म काठ दाउरा सङ्कलन र बिक्री बितरणको कार्य गर्दै आएको छ। अधिकृत पूंजि १००००००००।- दश करोड भएको यस कर्पोरेसन तराई भित्री मधेश र पहाड गरी ३३ जिल्लामा कार्य गरी आएको छ कर्पोरेसनको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ भने जिल्लामा ५ वटा शाखा कार्यालय, १६ वटा बिक्री डिपो, ३९ वटा लगिङ्ग क्याम्प, ६ वटा सःमील, १ वटा पोल टि्रटमेन्ट प्लान्ट र १ चिरान काठ सिजनिङ तथा टिटमेन्ट प्लान्ट सञ्चालनमा रहेको छ। कर्पोरेसनमा जम्मा २४७ जना कर्मचारीहरू रहेको सांगठनीक संरचना छ।

                                     

1. लक्ष्य

वन व्यवस्थापनवाट प्राप्त हुने काठ दाउरा र काठजन्य वन पैदावारको व्यवस्थित सङ्कलन सदुपयोग र विक्री वितरण गरी दिगो वन विकास र गरिवी न्युनिकरणमा टेवा पुर्‍याउने।

                                     

2. उद्देश्य

  • घ) काठजन्य वन पैदावारको उपयोगमा विविधिकरण गरी मूल्य अभिबृद्धि समेत गर्दै आत्मनिर्भरता बढाउने।
  • ख) नेपाल सरकारका तर्फबाट सर्बसाधारण विकास निर्माण धार्मिक एवं सामाजिक क्षेत्रलाई उपलब्ध गराउन पर्ने काठ दाउराको सहज र सरल आपूर्ति गर्ने ।
  • ग) काठ दाउराको खपतलाई न्यून गर्न काठको बढी टिकाउ हुने गरी सदुपयोग गर्न र काठ जन्य सहपदार्थबाट बैकल्पिक उर्जा गोल बृकेटको प्रबद्र्धन गर्ने।
  • क) वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा कटान/सङ्कलन गरी गोलिया बलाबल्ली र चिरान काठ पारदर्शि एवं प्रतिस्पर्धात्मक तबरले सर्बसाधारण सङ्घ संस्था उद्योग ब्यवसाय सरकारी योजना परियोजनालाई सहज र सरल आपूर्तिको व्यवस्था मिलाउने।
                                     

3. प्रमुख कार्य

वन व्यवस्थानबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित सङ्कलन गरी संकलीत काठ चिरान समेत गरी नेपाल सरकारको तर्फबाट सर्बसाधारण दैवीप्रकोप पिडित परिवार कृषि औजार दाहसंस्कार लगायतलाई निश्चित मूल्यमा औद्योगिक तथा ब्यापारिक प्रयोजनको लागि सरल तथा सर्वसूलभ आपूर्तिको ब्यावस्था मिलाउने।

                                     

4. कार्यक्षेत्र

कर्पोरेसनले तराई भित्री मधेश तथा पहाडी जिल्ला गरी ३३ जिल्ला निम्नानुसारमा कार्य गरी रहेको छ। टिम्वर कर्पोरेसनले काठ दाउरा सङ्कलन र आपूर्ति गर्ने जिल्लाहरू

  • भक्तपुर
  • नवलपरासी
  • बारा
  • पर्सा
  • डोटी
  • सप्तरी
  • झापा
  • काठमाडौँ
  • दाङ
  • कञ्चनपुर
  • बर्दिया
  • बाँके
  • सिन्धुली
  • चितवन
  • ललितपुर
  • रुपन्देही
  • धनुषा
  • कस्की
  • सुनसरी
  • डडेलधुरा
  • कपिलवस्तु
  • तनहुँ
  • पाल्पा
  • मकवानपुर
  • कैलाली
  • सिराहा
  • ईलाम
  • सुर्खेत
  • मोरङ
  • अर्घाखाँची
  • रौतहट
  • उदयपुर

काठ दाउराको आपूर्ति मात्र हुने काठ दाउरा विक्री डिपो रहने स्थलहरू

  • विर्तामोड
  • विराटनगर
  • भैरहवा
  • बुटवल
  • महेन्द्रनगर
  • धनगढी
  • हेटौडा
  • भक्तपुर
  • राजविराज
  • लहान
  • डोटी
  • पशुपति वनकाली
  • जनकपुर
  • भरतपुर
  • वीरगञ्ज
  • पोखरा
  • नेपालगञ्ज
  • वालकुमारी ललितपुर
  • काठमाडौँ

स-मिल सञ्चालन केन्द्रहरू

  • भरतपुर - चितवन
  • मझगाउँ
  • वीरगञ्ज पर्सा
  • डण्डा - नवलपरासी
  • सप्तरी
  • मंगलवारे मोरङ्ग
  • हेटौडा- मकवानपुर
  • भद्रपुर झापा झिलझिले
  • ताराताल - वर्दिया