Back

ⓘ मङ्गलोर




मङ्गलोर
                                     

ⓘ मङ्गलोर

मङ्गलोर भारत को कर्नाटक प्रान्त को एक शहर हो । यो शहर देश को पश्चिमी भागमा रहेको छ । यो शहर को पूर्व मा पश्चिमी घाटि तथा पशिचम मा अरब सागर रहेको छ ।

मङ्गलोर दक्षिण कन्नड जिल्ला को मुख्यालय हो ।

                                     

1. इतिहास

अरब सागर र पश्चिमी घाटी को बिचमा रहेको मङ्गलोर सहर बषौ देखि वाणिज्य गतिबिधिको केन्द्र रहेको छ । कर्नाटकको नेत्रावती तथा गुरूपुरा नदीहरूको संगम स्थलमा बसेको मङ्गलोर कर्नाटकको दक्षिण पश्चिमी तटमा अवस्थित रहे को छ । मङ्गलोर सहरलाइ प्राचिन कालमा नौरा नामले पनि सम्बोधन गरिने गरिन्थ्यो । मङ्गलोर नाम मङ्गला देवी मन्दिरको नामबाट रहन गएको हो । मङ्गला देवी अपुला राजवंश की कुलदेवी थिइन् । यो मन्दिर केरला कि राजकुमारीको सम्झनामा बनाइएको थियो ।

                                     

2.1. पर्यटन स्थल मङ्गलादेवी मन्दिर

यो मन्दिर को नामबाट यो शहरको नाम मङ्गलोर रहन गएको हो । यो मन्दिर शहरको मुख्य बस बिसौनीबाट ३ किलोमीटर दूर मा रहेको छ । यो मन्दिरलाइ अट्टावरका बलाल वंश द्वारा केरला कि राजकुमारीको सम्झनामा बनाएका थिए ।

                                     

2.2. पर्यटन स्थल कादरी मंजूनाथ मन्दिर

यो कादरी मंजूनाथ मन्दिर एक ऐतिहासिक मन्दिर हो । यो मन्दिर १०६८ ई. मा बनेको थियो । वर्गाकर आकारमा रहेको यो मन्दिर सबै भन्दा अग्लो पहाडमा अवस्थित रहेको छ । मन्दिरमा स्थापित लोकेश्वर को प्रतिमा कास्य धातुको सबै भन्दा उत्तम मानिने गरिन्छ । मन्दिरको आगनमा जोगीमठ रहेको छ जसमा राजा भुपेन्द्रलाइ बनाएको छ । त्यहाँ रहेका पहाडका चट्टानहरूमा गुफाहरु रहेका छन् जसलाई पाण्डवहरूको गुफाले जानिने गरिन्छ ।

                                     

2.3. पर्यटन स्थल सेन्ट अलोयसियस चर्च

सेन्ट अलोयसियस चर्च नेहरु बस बिसौनीबाट १ किलोमीटर टाढा रहेको छ । चर्चको ढोकाहरु इटलीका कलाकार एन्टोनी मोशायनीले पेन्टी गरेका थिए । चर्चको निर्माण १८९९ - १९०० ई. मा भएको थियो । सेन्ट अलोयसियस कलेज लाइटहाउस पहाडमा अवस्थित छ जसको को तुलनामा रोमको सिसटीन चेपलसँग गरिने गरिन्छ ।

                                     

2.4. पर्यटन स्थल श्री शरावू महागणपति मन्दिर

शरावु महागणपति मन्दिर परिसरमा अनेक मन्दिर रहेका छन् जो शरावु, कादरी, मङ्गलादेवी तथा कुदरोली आदि रहेका छन् । यिनी सबै मन्दिरहरूमा ८०० वर्ष पुरानो श्री शरावु शाराबेश्वर मन्दिर सबै भन्दा पुरानो लोकप्रिय मन्दिर रहेको छ । यो मन्दिर गणपति क्षेत्रमा अवस्थित छ ।