Back

ⓘ ताशकेन्ट




ताशकेन्ट
                                     

ⓘ ताशकेन्ट

तासकेन्ट मध्य एसियाली राष्ट्र उज्बेकिस्तानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या २३,०९,३०० रहेको छ ।

आठौँ शताब्दीमा इस्लामको स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा सोगदियन तथा टर्किस मानिसहरूको प्रभाव देखिन्छ । सन् १२१९ मा यस सहरलाई जंगेज खाँले विध्वंश पारेका थिए । सिल्क रोडको अवधारणा पछि यस सहरको पुनर्निर्माण सँगै फाइदा पुगेको हो । सन् १८६५ मा रसियाली साम्रज्यले यसलाई अधिन बनाएको थियो र सोभियत सङ्घको समयमा यस सहरले विकासको फड्को लिएको थियो । वर्तमान समयमा यो स्वतन्त्र उज्बेकिस्तानको राजधानी हो र यस सहरमा बहुजातीय समुदायको बसोबास रहेता पनि उज्बेकहरूको सङ्ख्या उल्लेखनीय रहेको छ ।