Back

ⓘ पेनोम पेन्ह




पेनोम पेन्ह
                                     

ⓘ पेनोम पेन्ह

पेनोम पेन्ह दक्षिणपूर्वि एसियाली राष्ट्र कम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकङ नदीको किनारमा बसेको छ, फ्रेञ्च विस्तारको बेला देखि नै यो शहर कम्बोडियाको राजधानीको रूपमा रहेको छ । साथै यो शहर देशको अर्थतन्त्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेञ्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकीय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक वास्तुकला तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेञ्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

यो महानगरीय शहरमा करिब १५ लाख मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसङ्ख्या १ करोड ४८ लाख रहेको छ ।

                                     

1. इतिहास

वास्तविक घटनाको शताब्दि पश्चात अभिलेखमा आएको पेनोम पेन्हको बारेमा दन्ते कथा अनुसार पेन्ह भन्नाले खमेर मा डाउन पेन्ह अर्थात पेन्हको बज्यै हुन्छ, जुन पेनोम पेन्हको भविष्य चाकटोमुकमा बस्ने गर्दथे ।

                                     

2. मौसम

पेनोम पेन्हमा उष्ण प्रदेशिय तथा सुख्खा मौसम रहेको छ । यहाँ मौसम केही सामान्य परिवर्तनको साथ वर्ष भरि गर्मि हुन्छ । यहाँको मौसम सामान्यतया २२ देखि ३५ डिग्री सेल्सियस हुन्छ र मौसम उष्ण प्रदेशिय वर्षाले भने परिवर्तन ल्याउन सक्छ ।

                                     

3. अर्थतन्त्र

पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।

यस शहरको मुख्य अर्थतन्त्र तयार पोशाक, ट्रेडिंग तथा सानो र मझौता व्यावसायहरूमा आधारित रहेको छ । केही वर्ष अघि जग्गा व्यावसाय उच्च स्थानमा रहनुको साथै जग्गाको मूल्य आकाशियको थियो ।

                                     

4. राजनिती

पेनोम पेन्ह देशको पाँच प्रान्तहरू मध्येको एक प्रान्त हो । यस प्रान्तमा विपक्षी दलको क्याम्बोडिया नेशनल रेसक्यु पार्टिले ५७ प्रतिशत भोट सहित १२ सिट मध्ये ७ सिट सहित विजय भएको थियो ।