Back

ⓘ नेपिडो




नेपिडो
                                     

ⓘ नेपिडो

नेपिडो म्यानमार को नयाँ राजधानी हो। नेपिडोको अर्थ राजसी नगर हुन्छ। यसको एउटा अर्को अनुवाद राजाहरूको घर पनि हुन्छ। सन् २००५ नोभेम्बर ६ मा नेपिडोलाई बर्माको प्रशासनिक राजधानी घोषित गरिएको थियो भने यसको नाम सन् २००६ मार्च २७ मा म्यानमारको सशस्त्र बल दिवसको दिन घोषित गरिएको थियो। यो नगर बर्माको पुरानो राजधानी याङ्गोनबाट उत्तरमा लगभग ३०० किलोमिटरको दूरीमा अवस्थित छ। यो याङ्गोन र मान्डालेभन्दा पछि म्यानमारको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। सन २००९ मा यस सहरको जनसङ्ख्या लगभग ९,२५,००० थियो।

                                     

1. नामाकरण

नेपिडो को शाब्दिक अर्थ बर्मेली भाषा अनुसार राजाको निवास भन्ने हुन्छ र सामान्य रूपमा यसको अनुवाद शाही राजधानी गरिएको छ। परम्परागत रूपमा, यो शाही राजधानीहरूको नामहरूमा प्रत्ययको रूपमा प्रयोग गरिएको थियो, जस्तै मान्लिडाया, जसलाई ရတနာပုံနေပြည်တော် यदानाबोन नेपिडो भनिएको थियो।

                                     

2. इतिहास

नेपिडोको इतिहास संक्षिप्त छ। यसका निर्माण २००२ मा प्यिनमाना नामको स्थान भन्दा से ३ किलोमीटर टाढा जङ्गलले भरिएको ठाँउबाट शुरू भयो । यो सहरको निर्माणका लागि म्यानमारको सैनिक सरकारले २५ भन्दा धेरै निर्माण कम्पनिहरूको सहयोग लिएको थियो । ६ नोभेम्बर २००५ को सैनिक सरकारले सरकारी मन्त्रालयहरूलाई याङ्गोनबाट नेपिडो स्थानान्तरण गर्न शुरू गर्यो । सैनिक मुख्यालयलाई अन्य सरकारी मन्त्रालयहरूबाट अलग्गै परिसरमा बनाइयो, जहाँ आम नागरिकहरूको प्रवेश प्रतिबन्धित छ । व्यापारीहरू लाई पनि सरकारी मन्त्रालय को नजिक पर्ने व्यावसायिक क्षेत्रमा मात्र सीमित रखियो ।

                                     

3. भूगोल र जलवायु

नेपिडो बागो योमा र शान योमा पर्वत श्रृंखलाहरू बीच स्थित छ । सहर ७,०५४.३७ किमी २ २,७२३.७१ वर्ग माइल को क्षेत्रमा फैलिएको छ र आधिकारिक तथ्याङ्क अनुसार ९,२४,६०८ जनसङ्ख्या छ । चाउङ्गमागी बाँध, नेपिडोको उत्तरतिर केही किलोमिटर टाढा रहेको छ । जबकि नगालिक बाँध दक्षिणतिर केही किलोमिटर टाढा छ । येजिन बाँध उत्तर-पूर्वमा अल्लि टाढा छ ।

                                     

4. यातायात

सार्वजनिक यातायात सेवाहरू आसपासका सहरहरू बीच मात्र सीमित छन् । चार-लेनको, ३२३.२ किमी २००.८ माइल बाटोले याङ्गोन-नेपिडो राजमार्गका लिङ्गहरू लाई नेपिडो र याङ्गोनसँग प्रत्यक्ष रूपमा जोड्दछ जुन ५६३ किमी ३५० माइल - समग्र लामो याङ्गोन-नेपिडो-माण्डाले एक्सप्रेस सडक को भाग हो ।