Back

ⓘ श्रवणबेलगोला




श्रवणबेलगोला
                                     

ⓘ श्रवणबेलगोला

श्रवणवेलगोला कर्नाटक राज्यको चन्नारायपटको हस्सन जिल्लामा स्थित एक शहर हो । यो राज्यको राजधानी बेङ्गलोरबाट १४४ कि. मी. टाढा रहेको छ । यो एक प्रसिद्ध जैन तीर्थस्थल हो । कन्नड़ मा वेल को अर्थ श्वेत हुन्छ र गोल को अर्थ सरोवर हुन्छ । शहर को मध्य भागमा एक सुन्दर श्वेत सरोवर का कारण यहाको नाम बेलगोला अथावा श्रवणबेलगोला रहेन् गरेको हो ।

यो स्थान बिध्यागिरी र चन्द्रागिरी को मध्य भागमा अवसस्थित छ। बिध्यागिरी मा ७ तथा चन्द्रागिरी मा १४ जैन मन्दिर रहेका छन्।

                                     

1. स्थान

श्रवणवेलगोला कर्नाटक राज्यको हस्सन जिल्लामा स्थित चन्नारयापन तालुकमा चन्नारायपटको दक्षिण-पूर्व देखि ११ कि. मी. दुरीमा स्थित छ । यो जिल्ला केन्द्र कर्नाटकको ५१ कि.मी. दक्षिण-पूर्व को दूरी मा रहेको छ । यो बंगलौर-मङ्गलोर रोड एनएच ७५, हिरासेव देखि १८ किलोमिटर, हिलबिडबाट ७८ कि. मी, बेलूर देखि ८९ कि. मी., कर्नाटकको राजधानी बेंगलोर देखि १४४ कि. मी. र मङ्गलोर देखि २२२ कि.मी. दुरीमा अवस्थित रहेको छ ।

                                     

2. बसदी

अकिना बसदी: यो सन् ११८१ मा बनाइएको थियो । अक्कना बसदीले २३औ तिर्थन्कारा पर्श्वानाथको मन्दिर मुख्य देवता को रूप मा रहेको छ । चन्द्रगुप्त बसदी: यो ९ औशताब्दीमा स्थापना गरिएको थियो । यो मन्दिरको बीच भागमा पार्श्वनाथको तस्बिर, पदममुथा को एक र दायाँतिर कुशमन्डीको एक बसेको मुद्रामा रहेको छ । शान्तीनाथ बसदी: यो मन्दिर शान्तीनाथ को लागि समर्पित छ । यो लगभग १२०० ए. डी. वरपर निर्माण भएको हो । पार्वननाथ बसदी: बाहिरी सजाइएका पर्खालहरु संगै यो सुन्दर संरचना हो । पार्वननाथको तस्बिर त्यो पहाडमा सबैभन्दा अग्लो छ, जसको उचाई १८ फिट छ । मनिस्टेम्बा स्तम्भ सबै चार दिशामा मूर्तिकला गरिएको छ जुन दक्षिणमा पद्मवतीको संख्या, पूर्वमा याकेश, उत्तरमा कुशम्याण्डी र पश्चिममा गेलोपिंग घोडाहरू छन् । नभरंग मा स्तम्भहरू गोला गंगा प्रकारका रहेका छन् जुन घण्टी, भाँडा र चक्का मोल्डिंगहरू छन्।