Back

ⓘ अल ऐन




अल ऐन
                                     

ⓘ अल ऐन

अल ऐन, यसको हरियोपनाको कारण गार्डन शहर पनि भनिने, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो भित्री शहर, जुन चौथो सबैभन्दा ठूलो, र अबु धाबी इमरातको दोस्रो सबैभन्दा ठूलो शहर हो । सन् २०१३ को जनगणना अनुसार अल ऐनको जनसङ्ख्या ६५०,००० रहेको थियो । यो, राजधानी, अबु धाबी को लगभग १६० किलोमिटर र दुबई को लगभग १२० किलोमिटर दक्षिण मा स्थित छ । अल ऐन संयुक्त अरब इमिरेट्सको संस्थापक शेख जायद बिन सुल्तान अल नहयनको जन्मस्थान हो र इमराती नागरिकहरूको उच्चतम अनुपात % छ ।

                                     

1. इतिहास

ऐतिहासिक रूपमा अल ऐन लाई तावाम वा अल बुरेमी ओएसिस मरुभूमिको एक उर्वरा ठाउँ जहाँ पानी पाइन्छ को एक भाग मानिन्छ । अल-ऐन मा ४,००० वर्ष भन्दा पहिले देखि मानव बसोबास भएको पाइन्छ, जहाँ पुरातत्व स्थलहरू अल-हिली र जाबेल हफीत मा मानव वस्तीहरू देखिएको पाइन्छ । ओएसिसले आधुनिक समय सम्म प्रारम्भिक खेतीको लागि पानी प्रदान गरे ।

                                     

2. भूगोल

अल ऐन अबु धाबी इमरातको पूर्व र दुबईको दक्षिणमा र अबु धाबी को पूर्वी क्षेत्र मा स्थित छ । अबु धाबी इमरातको पूर्वी क्षेत्रमा लगभग १३,१०० वर्ग किलोमिटर ५,१०० वर्ग माइल क्षेत्रफल पर्दछ ।

                                     

3. ओएसिस

अल ऐनको ओएसिसहरूलाई तिनीहरूको फालाज भूमिगत सिंचाई प्रणालीको लागि चिनिन्छ जसले बोरहोलबाट पानी खेतीपाति र खजूरको लागि प्रयोग गरिन्छ । फालाज सिंचाई एक हजारौं पुरानो प्रणाली हो जुन हजारौं वर्ष पहिले पनि ओमान संयुक्त अरब इमिरेट्स, चीन, ईरान र अन्य देशहरूमा अझै पनि व्यापक रूपमा प्रयोग गरिन्छ ।

                                     

4. विश्व सम्पदा क्षेत्र

अल ऐन संयुक्त अरब इमिरेट्सको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २०११ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । अल ऐन का साथै हफित, हिली, विदा बिन साउद र ओएसिस सांस्कृतिक क्षेत्रहरू पनि विश्व सम्पदा क्षेत्र मा पर्दछन् ।

                                     

5. जलवायु

अल ऐनमा गर्मी जलवायु छ । घमाइलो-नीलो आकाश वर्षभरि आशा गर्न सकिन्छ । जुन देखि सेप्टेम्बर महिना सम्म सामान्यतया अत्यन्तै गर्मी र आर्द्र हुन्छ । यस समयमा अधिकतम ३८ डिग्री सेल्सियस १०० डिग्री फारेनहाइट तापमान हुन्छ । नोभेम्बर देखि मार्च सम्म मध्यम तापमानमा हल्का चिसो मौसम हुन्छ । यो अवधिका केहि दिनमा घना कुहिरो पनि देखिन्छन् । औसतमा, जनवरी, वर्षको सबैभन्दा जाडो महिना हो र अगस्तमा सबैभन्दा बढी गर्मी हुन्छ । सबैभन्दा जाडो महिना बाहेक यसको औसत मौसम १८.८ डिग्री सेल्सियस ६५.८ डिग्री फरेनहाइट रहेको हुन्छ ।

                                     

6. बाह्य कडीहरू

  • अल ऐन वन्यजन्तु आरक्ष र रिसोर्ट । विस्तार परियोजना
  • अल ऐन:मरुभूमिमा ओएसिस
  • अल ऐन वन्यजन्तु आरक्ष र रिसोर्ट
  • अल ऐन वन्यजन्तु आरक्ष र रिसोर्ट । रेगिस्तानको वन्यजन्तु र निवासहरू संरक्षण
  • अल ऐन नगरपालिका