Back

ⓘ ग्वांगझोउ




ग्वांगझोउ
                                     

ⓘ ग्वांगझोउ

ग्वांगझोउ, traditionally romanised as Canton, दक्षिण चिनको गुआंगडोङ प्रदेशको राजधानी तथा प्रसिद्ध शहर हो । यो शहर पर्ल नदिमा अवस्थित र हंगकंगबाट १२० किलोमिटर र मकाउबाट १४५ किलोमिटर टाढा रहेको छ । यस शहरको इतिहास करिब २२०० वर्ष भन्दा पूरानो रहेको छ साथै सिल्क रोड पालामा मुख्य बाटोमा पर्ने बस्ती रहेको थियो । यो शहरले मुख्य बन्दरगाहा तथा यातायातको मुख्य स्थान रहेको छ ।

ग्वांगझोउ चिनको मुख्यक्षेत्रको मुटुमा रहेको उच्च जनसङ्ख्या भएको महानगर हो । यसको क्षेत्र फोसान, डोङगुआन तथा सेनझेनसँग जोडिएको छ।

                                     

1. अर्थतन्त्र

ग्वांगझोउ मुख्य चिनको प्रमुख उत्पादन क्षेत्रको रूपमा रहेको छ । सन् २०१३ मा यस क्षेत्रकोको कुल ग्राह्यस्त उत्पादन युआन १५४२ अर्ब र प्रति व्यक्ति आम्दानी युआन १२०,२१५ रहेको थियो । यस शहरलाई चिनको उच्च भविष्य भएको क्षेत्रको रूपमा हेरिन्छ । तर यस क्षेत्रमा भएको उच्च दरको औद्योगिकरणले गर्दा यो शहर धेरै प्रदुषित शहरको रूपमा समेत रहेको छ ।

ग्वांगझोउ चिनको सबैभन्दा अबैध लागु औषधीको व्यापार हुने क्षेत्र समेत हो ।

                                     

2. धर्म

चिंग युगमा ग्वांगझोउमा १२४ धार्मिक स्थल, हल तथा मन्दिरहरू रहेको थियो । हाल बौध धर्म सङ्घ लगायत टायइस्ट सङ्घ, जिउस समुदाय र क्रिष्चियन तथा इस्लामको समेत इतिहास रहेको छ ।

                                     

3. जनसङ्ख्या

ग्वांगझोउको सन् २०१० को जनगणना अनुसार यस शहरको जनसङ्ख्या १ करोड २७ लाख ८० हजार रहेको थियो । सन् २०१४ मा यस शहरको जनसङ्ख्या १ करोड ३० लाख र यस मध्ये १ करोड १२ लाख शहरबासी हुने अनुमान गरिएको थियो । यस शहर जनधन्त्व करिब प्रति किलोमिटर १८०० मानिस रहेको थियो । यस शहरको निर्माण गरिएको क्षेत्रहरू अन्य विभिन्न शहरहरूसँग जोडिएको छ ।

जातिय

ग्वांगझोउमा रहेको धेरै जसो व्यक्तिहरू हान चिनिया रहेको छ । प्रायः सबै स्थानिय क्यानटोनिज व्यक्तिहरूले क्यानटोनिज भाषालाई पहिलो भाषाको रूपमा प्रयोग गर्ने गर्दछ भने प्रवासिहरू मानडरिन भाषा बोल्ने गर्दछन् । सन् २०१० मा दुबै भाषा बोल्ने मासिनहरू शहरको जनसङ्ख्या आधा रहेको थियो भने कम संख्यामा रहेको मानिसहरूले अन्य भाषाहरू बोल्ने गर्दछ्न ।