Back

ⓘ दुशान्वे




दुशान्वे
                                     

ⓘ दुशान्वे

दुशान्वे ताजिकिस्तानको राजधानी तथा ठूलो शहर हो । ताजिक भाषामा दुसान्वेको अर्थ सोमवार हुन्छ । यो शहरको नाम दुशान्वे रहन गएको कारण यस शहरको विकास यहाँ सोमवार लाग्ने बजारको कारण रहेको छ । सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे थियो र सन् १९२९ देखि १९६१ सम्म स्टालिनवाद रहेको थियो । सन् २०१४ सम्म दुसान्वेको जनसङ्ख्या ७७८,५०० थियो ।

                                     

1. इतिहास

दुई खोला भारजोभ तथा कोभारनिहोनको बिचमा अबस्थित यो शहर ताजकिस्तानको राजधानी हो । यस शहरमा ५ औँ शताब्दिको विभिन्न पुरातत्व महत्त्व भएको भगवनाशेष भेटिएता पनि २० औँ शताब्दिसम्म यो शहर एउटा गाउँ मात्र रहेको भनाई छ ।

दुशान्वे गाउँ पहिलो पटक उल्लेख सन् १६७६ मा एउटा लेखमा भएको थियो । यो एउटा सडकसँग रहेको ठूलो बजार जहाँ हरेक सोमबार बजार लाग्ने गर्दथ्यो । त्यसैले यस दुशान्वे नाम दुशान्वे बजारबाट आएको हो, जसको पर्सियन भाषामा अर्थ सोमवारको बजार भन्ने हुन्छ । from Dushanbe, which means Monday in the Persian language., यस गाउमा ५०० परिवार तथा ८००० जनसङ्ख्या रहेको मान्यता छ ।