Back

ⓘ भियनटियान




भियनटियान
                                     

ⓘ भियनटियान

भियनटियान लाओसको राजधानी तथा ठूलो शहर हो भने यो शहर मेकोङ्ग नदीको किनारमा बसेको छ । वर्मिज घुसपेठको डरले भियनटियान सन् १५६३ मा देशको राजधानी बनेको थियो तर पछि थाई सायमिजहरूले यस शहरमा लुटपाट गरेका थिए । भियनटियान फ्रेन्च शासनको दौरान प्रसाशनिक राजधानी रहेको थियो तर हाल यस शहरको आर्थिक बृद्धिले गर्दा यो अहिले लाओसको आर्थिक केन्द्र रहेको छ ।

भियनटियान लाओस को मुख्य धरोहरहरू रहेको शहर हो । साथै यहाँ प्रमुख बुद्धका चैत्यहरू पनि रहेको छ । सन् २०१५ मा यस शहरको अनुमानित जनसङ्ख्या ७ लाख ६० हजार रहेको छ । यस शहरमा २५ औँ दक्षिणपूर्वी एसियाली खेल सन् २००९ डिसेम्बरमा आयोजना गरिएको थियो ।

                                     

1. भूगोल तथा मौसम

भूगोल

भियनटियान मेकोंग नदिनको घुमाउमा रहेको छ जुन यो र थाइल्याण्डको बिचमा बोर्डरको रूपमा रहेको छ ।

मौसम

भियनटियानमा ट्रपिकल सभाना मौसम र वर्षा तथा सुख्खा मौसम रहेको छ । भियनटियानमा सुख्खा याम नोभेम्बर देखि मार्चसम्म रहने गर्दछ । अप्रिल देखि सात महिनाको लागि भियानटियानमा वर्षायाम शुरू हुन्छ ।

                                     

2. अर्थतन्त्र

भियनटियान लाओसको अर्थतन्त्रको मुख्य परिचालन गर्ने शहर हो । हालैको वर्षहरूमा यो शहरमा बिदेशी लगानीको कारण उच्च आर्थिक बृद्धि देखिएको छ । सन् २०११ मा स्टक एक्सचेञ्जको शुरूवात दक्षिण कोरियाको सहकार्यमा दुई सूचिकृत कम्पनीको शेयरबाट भएको थियो ।

                                     

3. पर्यटन

सानो शहर भएता पनि राजधानीमा मुख्य पर्यटकहरूको आवागमन बढि रहेको छ । यो शहरमा धेरै मन्दिर तथा ब‌ौद्ध धरोहर लगायत फा थात लुवांग लाओसको सबैभन्दा प्रख्यात बुद्ध स्तुपा रहेको छ । यो लाओसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय सास्कृतिक तथा पर्यटकहरू माध प्रसिद्ध पनि रहेको छ । यो स्तुपा शुरूमा सन् १५६६ मा राजा सेत्थाथिराथले बनाएका थिए र सन् १९५३ मा पुनः निर्माण भएको थियो । सुनको स्तुपा ४५ मिटर अग्लो तथा यसमा भगवान बुद्धको अन्तु रहेको विश्वास रहेको छ ।

यसको साथै अर्को पर्टकिय महत्त्व रहेको स्थान वाट सि मुआंग हो । यो मन्दिर खमेर हिन्दु तीर्थको भग्नावषेश माथि बनाइएको छ र भग्नावशेष अझै पनि अर्डिनेसन हलको पछाडिबाट हेर्न सकिन्छ । यो सन् १५६३ मा बनाइएको थियो र यसको सुरक्षा स्थानिय बालिका सि को आत्माले गर्दछ भन्ने विश्वास रहेको छ ।