Back

ⓘ सलोनी असवानी



                                     

ⓘ सलोनी असवानी

सलोनी असवानी एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा आफ्नो करियरको सुरुवात गर्न तिर लागिन् । तत्पश्चात उनले विभिन्न दक्षिण भारतीय चलचित्रहरुमा अभिनय गर्दागर्दै एउटा उल्लेख्य कमर्सियल सफलता त प्राप्त गर्न सकिनन् तर उनले एस.एस. राजमौलीको सन् २०१० मा आएको चलचित्र "मर्यादा रमन्ना" बाट ख्याती प्राप्त गरेकी थिइन् । तत्पश्चात विभिन्न तेलुगु उच्च प्रोडक्सनहरुमा मुख्य भूमिकाहरुमा देखिँदै आइरहेकी छन् ।

                                     

1. प्रारम्भिक जीवन

असवानीको जन्म भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा सिन्धी भाषा बोल्ने परिवारमा वन्दनाको रुपमा भएको हो । उनको पिता नार्कोटिक्स भारतमा रहेको लागूऔषध नियन्त्रण कार्यालय मा सहायक कमिसनर थिए । जब उनी लगभग ५ वर्षकी थिइन् त्यतिबेला उनको परिवारको सीजिएस क्वार्टरमा बसोबासका लागि मुम्बईको वडाला स्थानान्तरण भएको थियो । विद्यालयको पढाइ सकेर, मुम्बईमा अवस्थित न्यु मेराइन लाइन्स/चर्चगेटमा रहेको श्रीमती नाथीबाई दामोदर ठाकरे विश्वविद्यालयमा साइकोलोजी विषयमा उनले ग्रयाजुएट भएकी थिईन । उनी सधैं अभिनयमा आफ्नो रुची राखेकी थिईन र यस कुरामा उनको आमाले पनि उनलाई समर्थन गरिरहेकी थिइन जबकी उनको पिताले उनलाई "कुनै राम्रो आदरार्थी जागिर गर्न" अभिप्रेरित गर्दथे। उनले उनको पितालाई पत्तो नदिईकन आफ्नो एउटा पोर्टफोलियो तयार पारी मोडलिङ एजेन्सीहरुमा पठाएकी थिइन। उनी टेलिभिजनमा प्रशारित विभिन्न विज्ञापनहरु जस्तै:- भ्यासलिन, लाइफबोय, पारासुट तेल, मूभ, चिक शयाम्पू, थ्री रोजेज टी र मीरा साबुनमा नजर आएकी छन्। उनले आफ्नो शिक्षा करियरमा हुँदा, उनी जहिले नि ड्रामा, श्रीदेवी जी को मिमिक्री गर्ने गर्दथे । सलोनीले थिएटर ग्रुप काला सांसदमा पनि भाग लिएकी थिइन । अनि अशोक कुमार ड्रामाटिक एकेडमी जो कि उनको छोरी प्रिती गाङ्गुलीले चलाउने गर्थी त्यहाँबाट सलोनीले अभिनय गर्न सिकेकी पनि थिइन ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →