Back

ⓘ जब ह्यारी मेट सेजल




                                     

ⓘ जब ह्यारी मेट सेजल

जब ह्यारी मेट सेजल एक आगामी हिन्दी रोमान्टिक कमेडी चलचित्र हो जसको लेखन एवम् निर्देशन इम्तियाज अली द्वारा गरिएको हो । चलचित्रमा शाहरूख खान, अनुष्का शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र रब ने बना दी जोडी र जब तक है जान पछिको तेस्रो चलचित्र हो जसमा शाहरूख खान र अनुष्का शर्मा साथ काम गरिरहेका छन् ।

चलचित्र ४ अगस्ट २०१७ मा सिनेमाघरहरूमा प्रदर्शित हुनेछ ।

                                     

1. विकास

चलचित्रको उत्पादन अप्रिल २०१६ देखि शुरू भयो र अगस्ट २०१६ को शुरूमा छायाङ्कनको घोषणा गरियो, जब चलचित्रको काम शीर्षक "उत्पादन संख्या ५२" थियो । चलचित्रको कहानीको बारेमा केही विवरण दिइएको छ, हुनत न्युज आउटलेट्सले बताएको छ कि खान एक पर्यटन गाइडको भूमिका निभाउछन् जो एक छुट्टीमा आएर महिलासँग मिल्छन्, जसको भूमिका अनुष्का निभाउछिन् । शर्मालाई आफ्नो भूमिकाको लागि स्वयंलाई तैयार गर्नका लागि धेरै महिनाको शब्दावली प्रशिक्षणको आवश्यकता पर्‍यो, किनकि उनको भूमिका गुजरातबाट हो । यस चलचित्रको शीर्षकमा धेरै बदलाव भयो जसमा रिङ्ग, रहनुमा र रौला नाम शामिल छन् तर अन्त्यमा चलचित्रको शीर्षक "जब ह्यारी मेट सेजल" राखियो ।

छायाङ्कन

चलचित्रको सुटिङ बुडापेस्ट, प्राग र भारतमा भएको छ । अन्य ठाउँहरूमा यूरोप र पञ्जाब पनि शामिल छन् ।