Back

ⓘ अस्ट्रिया




अस्ट्रिया
                                     

ⓘ अस्ट्रिया

अस्ट्रिया मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी भियना हो। यसको प्रशासनिक वा कार्यकारी भाषा जर्मन भाषा हो। देशका धेरै हिस्सा आल्प्स पर्वतले ढाकियेको छ। यूरोपीय सङ्घको यस देशको मुद्रा यूरो हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसँग, पूर्वमा स्लोवाकिया र हंगरी सँग, दक्षिणमा स्लोभेनिया र इटाली र पश्चिममा स्विटजरल्याण्ड र लिश्तेन्श्टाइन सँग जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि Österreich ओस्तेराइख को रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू भियना, ग्राज र लिन्ज हुन्।

यहाँ नौ सङ्घीय राज्यहरू छन्। ती हुन् - भियना सदरमुकामः भियना, उपल्लो अस्ट्रिया सदरमुकामः लिन्ज, तल्लो अस्ट्रिया सदरमुकामः सेन्क्ट् प्योल्टन, बुर्गेनलान्ड सदरमुकामः आइजेनश्टाट, फोरार्लबेयर्ग सदरमुकामः ब्रेगेन्च, टिरोल सदरमुकामः इन्सब्रुक, साल्जबेयर्ग सदरमुकामः साल्जबेयर्ग, केयर्नतेन सदरमुकामः क्लागेनफुर्त र स्टायरमार्क सदरमुकामः ग्राज।

अस्ट्रिया वोल्फग्यांग अमाडियस मोजार्ट, योहान श्त्राउस र लुड्भिग भान बीथोवन जस्ता पश्चिमेली शास्त्रीय संगीतका दिग्गजहरूको जन्मस्थान हो। मनोविज्ञानका पिता मानिने सिग्मुण्ड फ्रोयड तथा हलिवुडका एक्शन चलचित्रका महान् स्टार आर्नोल्ड श्वार्चेनेगर हाल अमेरिकी नागरिक लगायत अरू धेरै प्रसिद्ध व्यक्तिहरू अस्ट्रियामाका नै उपज थिए।