Back

ⓘ बादशाह (गायक)




बादशाह (गायक)
                                     

ⓘ बादशाह (गायक)

बादशाह एक भारतीय र्‍यापर तथा गायक हुन्। उनको जन्मको नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनले आफ्नो करियरको सुरुवात यो यो हनी सिंहको साथ सन् २००६ मा गरेका थिए। उनले धेरै चलचित्रहरूमा गीत गाएका छन्। उनले मुख्यत हिन्दी, अङ्ग्रेजी, पञ्जाबी र हरयाणवी भाषाहरूमा गीत गाएका छन्। उनले गाएका गीत बलिउड चलचित्रहरूमा पनि समावेश गरिएका छन्।

                                     

1. व्यक्तिगत जीवन

बादशाहको जन्म दिल्लीमा भएको थियो। बादशाहका पिता हरयाणवी तथा आमा पञ्जाबी हुन्। उनले आफ्नो विद्यालय तहको शिक्षा दिल्लीको बाल भारती पब्लिक स्कूलबाट ग्रहण गरका हुन्।