Back

ⓘ साझा प्रकाशन



                                     

ⓘ साझा प्रकाशन

यसको स्थापना वि.सं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त प्रकाशन संस्थाको नाम वि.सं. १९८९ मा नेपाल भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ।

                                     

1. वर्तमान स्थिति

यस संस्थाका अध्यक्ष डा.विजय सुब्बा हुन् । साझा प्रकाशनको महाप्रबन्धकको रूपमा हालै होमप्रसाद गौतम लाई मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको छ। अध्यक्ष नेपाल सरकारकी सहसचिब हुन् भने महाप्रबन्धक गौतम समाजसेवीको रूपमा परिचित छन्। thumb|होम प्रसाद गौतम प्रशासन विभागको प्रमुखको रूपमा भेषराज घिमिरे लाई नियुक्त गरिएको छ। लेखा प्रमुखका रूपमा भने होमनाथ भट्टराई लाई नियुक्त गरिएको छ। हाल यस संस्थाको पाँच वटा क्षेत्रीय कार्यालयहरु रहेका छन् र अन्य शाखा कार्यालयहरू रहेका छन्।

                                     

2. पुरस्कारहरू

यस् प्रकाशनले २०२६ सालदेखि साझा प्रकाशनले वर्षभरि आफूले प्रकाशित गरेका कृतिहरूमध्ये सर्वोत्कृष्ट ठहरिएको कुनै एक कृतिलाई प्रत्येक वर्ष साझा पुरस्कार दिने गरेको छ। यसका सबै पुरस्कारहरूः

  • गरिमा सम्मान पुरस्कार
  • साझा पुरस्कार
  • लोकसाहित्य पुरस्कार
  • साझा बालसाहित्य पुरस्कार
                                     

3. प्रकाशित कृतिहरू

साझा प्रकाशनद्वारा प्रकाशित केही उत्कृष्ट कृतिहरू:-

  • शिरीषको फूल
  • एब्स्ट्रयाक्ट चिन्तन: प्याज
  • आमाको सपना
  • मुना मदन
  • आज रमिता छ उपन्यास
  • वसन्ती उपन्यास
  • सेतो बाघ उपन्यास
  • राधा उपन्यास
  • अलिखितउपन्यास
  • गौरी शोककाव्य
  • सुम्निमा
  • घुम्ने मेचमाथि अन्धो मान्छे
  • नासो कथासङ्ग्रह
  • पागल बस्तीउपन्यास
  • घामका पाइलाहरूउपन्यास
  • माधवीउपन्यास
  • भानुभक्तको रामायण
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →