Back

ⓘ अञ्जली पाटिल




अञ्जली पाटिल
                                     

ⓘ अञ्जली पाटिल

अञ्जलि पाटिल एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी चलचित्रहरूको साथसाथै मराठी, तेलुगु, मलयालम, कन्नड, सिंहली तथा अङ्ग्रेजी चलचित्रहरू पनि गरिसकेकी छिन् । उनले आफ्नो अभिनय यात्राको सुरुवात २०११ मा एक हिन्दी चलचित्र दिल्ली इन ए डे बाट गरेकी थिइन् । जसमा उनी रोहिणी नामक महिलाको भूमिका पुरा गरेकी थिइन् । उनलाई पहिलो पुरस्कार सन् २०१४ मा एक तेलुलु चलचित्र ना बंगारु तल्ली को लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भएको थियो ।

                                     

1. निजी जीवन

अंजलि पाटिलको जन्म एक मराठी परिवारमा भएको थियो र उनी नासिकमा हुर्केकी हुन् । उनले चौध वर्षको उमेरमा अभिनय गर्ने निश्चय गरेकी थिइन् । यस कारण उनको माता-पिताले उनलाई अभिनयको शिक्षाको लागि सावित्रीबाई फुले पुणे विद्यापीठ पढाएका थिए ।