Back

ⓘ दिलजीत दोसांझ




दिलजीत दोसांझ
                                     

ⓘ दिलजीत दोसांझ

दिलजीत सिंह दोसांझ, दिलजीत दोसांझ पञ्जाबी चलचित्र इंडस्ट्रीको सुपरस्टार एवं प्रशिद्ध गायक हुन् । उनलाई मुख्यत: उनको मंच नाम दिलजीत ले नै जानिन्छ । ब्लकबस्टर पञ्जाबी चलचित्र जट एण्ड जूलिएट को भाग १ र २, पञ्जाब १९८४, जिने मेरा दिल लुटेया, डिस्को सिंह जस्ता सुपरहिट चलचित्रहरूमा उनीद्वारा निभाइएको भुमिकाहरूले दर्शहरूको दिल जितेका छन् । उनले धेरै संगीत एल्बम एवं चलचित्रमा गीत गाएका छन्, विशेषत: उनको ब्याक टू बेसिक एल्बमलाई धेरै लोकप्रियता हासिल भयो । उनले रितेश देशमुख र जेनेलियाको हिन्दी चलचित्र तेरे नाल लव हो गया मा पीपा पीपा भन्ने गीत गाए, साथै उनले मेरे ड्याड की मारूती र यमला पगला दिवाना २ जस्ता हिन्दी चलचित्रहरूमा पनि गीत गाए । निर्देशक अभिषेक चौबेको बहुचर्चित चलचित्र उडता पञ्जाब मा प्रमुख भुमिका द्वारा दिलजीत बलिउडमा कदम राखेका छन् । यस चलचित्रमा दिलजीतको साथ करीना कपूर, शाहिद कपूर आलिया भट्ट रहेका छन् ।