Back

ⓘ दंगल (चलचित्र)




                                     

ⓘ दंगल (चलचित्र)

दंगल आमिर खानद्वारा निर्मित सन् २०१६को भारतीय हिन्दी चलचित्र हो । चलचित्रका निर्देशक तथा लेखक नितीश तिवारी हुन् । यस चलचित्रमा मुख्य भूमिकामा आमिर खान, साक्षी तन्वर तथा राजकुमार राव छन् । चलचित्रको पहिलो प्रदर्शनी २३ डिसेम्बर २०१६ मा सिनेमाघरहरू मा भएको थियो ।

                                     

1. कलाकार

  • विक्रम सिंह
  • राजकुमार राव
  • आमिर खान - महावीर सिंह फोगत
  • फातिमा सना शेख - गीता फोगत
  • अपरशक्ति खुराना
  • सुहानी भटनागर
  • सन्या मल्होत्रा - बबीता कुमारी
  • साक्षी तन्वर - दया कौर
  • जरीना वसीम
                                     

2. निर्माण

पात्र चुनाव

अप्रिल २०१५ मा फातिमा साना शेख र सन्या मल्होत्रालाई महावीर फोगतको पुत्रीको किरदारको लागि छानियो । जुन २०१५ मा बाल कलाकारमा जरीना वसीमलाई जम्मू कश्मीर सुहानी भटनागरलाई दिल्लीदेखि ल्याइयो । आयुष्मान खुरानाको भाइ अपरशक्ति खुराना पनि यस चलचित्रसङ जोडिए । विक्रम सिंह यस चलचित्रमा एक खलनायक भूमिकामा दिखिने छन् । दंगलको लागि आमिरले आफ्नो केहि किलो वजन घटाए र साथसाथै हरियानवी पनि सिके ।

छायाङ्कन

यसको छायाङ्कनको कार्य १ सेप्टेम्बर २०१५ देखि शुरू भयो । यस चलचित्रको स्थललाई लुधियानाको गाउँहरूमा रखियो र त्यसलाई हरियाणवी रूप दिइयो । यस पछि फिल्मानाको कार्य किला रायपुर, पञ्जाब तथा हरियाणामा गरियो । सेप्टेम्बर २०१५ र डिसेम्बर २०१५ को मध्य आमिर खानले आफ्नो ९% चर्बी बढाएर आफ्नो वजन ९८ किलो बनाए ।

                                     

3. प्रदर्शन

दंगल अमेरिकामा २१ डिसेम्बर २०१६ र विश्वव्यापी २३ डिसेम्बर २०१६ मा प्रदर्शन भएको थियो ।

कमाई

यस चलचित्रले पहिलो दिनमा ₹ २९.७८ करोड युएस$४.२ मिलियन कमाएको थियो, जुन सार्बजनिक बिदा नहुदा पनि सबैभन्दा धेरै कमाई गर्ने दोश्रो चलचित्र हो । चलचित्रले दोश्रो दिनमा ₹ ३४.८२ करोड युएस$४.९ मिलियन र तेस्रो दिनमा ₹ ४२.३५ करोड युएस$५.९ मिलियन कमाएको थियो । त्यसै गरी चौथो दिनमा यसले ₹ २५ करोड युएस$३.५ मिलियन कमाई गर्न सफल भयो । चौथो दिनसम्म चलचित्रले ₹ १३२.४३ करोड युएस$१९ मिलियन कमाई गरिसकेको छ ।