Back

ⓘ देजा भु (२००६ चलचित्र)




                                     

ⓘ देजा भु (२००६ चलचित्र)

देजा भु सन् २००६ को काल्पनिक-विज्ञान-द्वन्द प्रधान अमेरिकी चलचित्र हो। यस चलचित्रका निर्देशक टोनी स्कट हुन् भने मुख्य पात्रका रूपमा नायक डेन्जल वासिङ्टन रहेका छन्। चलचित्रमा अन्य कलाकार पौला पेटन, जिम क्याभिजल, भ्याल किल्मर, एडम गोल्डबर्ग र ब्रुस ग्रिनवुडको सह-भूमिका रहेको छ। चलचित्र अमेरिकी ATF ब्युरोका ऐजेन्ट डोग्लास कार्लिन, न्यु ओर्लन्समा हुने बम दुर्घटना रोक्न खोज्दै क्लेयर कुजीभरलाई बचाउने प्रयासमा रहेको कथामा आधारित छ। चलचित्रको सुटिङ कार्य न्यु ओर्लन्समा काट्रिना आँधी पूर्व र पश्चात् भएको थियो।