Back

ⓘ नेपाल विद्युत प्राधिकरण




                                     

ⓘ नेपाल विद्युत प्राधिकरण

नेपाल बिध्धुत प्राधिकरण नेपालको एक मात्र बिध्धुत प्रदायक संस्था हो । यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँगै गरेका थिए । एसियाकै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो । फलस्वरूप बिजुली अड्डा नामक एउटा अड्डा स्थापना गरियो । यसरी एसियाकै सबैभन्दा लामो बिध्धुतिय इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा अठार घण्टासम्म लोडसेडिङ्ग हुने गरेको नैपालमा हाल भने बिध्धुत गएको ठाउँमा बाहेकका ठाउँमा मात्र नेपालीहरु टुकी मट्टितेल र पानसमा आफ्नो रातलाई उज्यालो बनाउने प्रयास गरिरहेकै छन् । विद्युत==इतिहास == फर्पिङ्गमा वि.सं. १९६८ बाट सुरू भएको विद्युत गृहको निर्माण र बिध्धुत उत्पादन हाल सम्म पनि जारी नै छ । तिनताका उत्पादित बिजुलीलाई श्री ३ चन्द्र शमशेरको पालामा उत्पादन गरिएकालेश्री चन्द्रज्योति प्रकाश पनि भन्ने गरिन्थ्यो । फर्पिङ्गमा विद्युत गृह निर्माण पछि त्यस्तै गरी सन् १९३४ मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको ऐतिहासिक जलविद्युत् परियोजना पनि निर्माण भएको थियो ।

                                     

1. नामाकरण

२०१९ साल भाद्र १ गते बिजुली अड्डा को नाम फेरेर नेपाल विद्युत् कर्पोरेशन गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो । अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते सन् १९८५ अगस्त १६बाट नेपाल विद्युत् कर्पोरेशन लाई नेपाल विद्युत् प्राधिकरण बनाइएको हो ।