Back

ⓘ कृष (२००६ चलचित्र)




                                     

ⓘ कृष (२००६ चलचित्र)

कृष २००६ को बिग्यान समन्धको भारतीय सुपरहेरो फिल्म हो । जसको निर्देशन राकेश रोशनले गरेका हुन् । जसमा ऋतिक रोशन र प्रियङ्का चोपडा मुख्य भुमिकामा रहेका छन। यो कृष सिरिजको दोश्रो फिल्म हो। यो फिल्म रोहित मेहेरा को छोरा कृष्णा मेहेरा को बारेमा हो, जुन कथा फिल्मको पहिलो सिरिज कोई मिल गयाबाट आएको हो, र त्यो फिल्म ८ अगस्ट २००३ मा रिलिज भएको थियो। कृष २३ जुन २००६ मा रिकिज भएको थियो, जसले ₹ ४५० मिलियन को कमाई गर्यो। यो फिल्मले नेस्नल फिल्म अवार्ड र फिल्मफेर अवार्ड प्राप्त गरो।

                                     

1. पात्रहरु

  • अर्चना पुरन हनि र प्रियाको बस
  • पुनित इसार कोमन, टुरिस्ट लिडर
  • ऋतिक रोशन रोहित/कृष्णा मेहेरा /कृष
  • रेखा सोनिया मेहेरा
  • सरत सक्सेना बिक्रम सिन्हा, रोहितको साथि
  • प्रियङ्का चोपडा प्रिया
  • मनिनि मिश्रा हनि,प्रियाको साथि
  • बिन छिया क्रिस्टियन ली
  • नसीरुद्दीन शाह डाक्टर आर्या
  • हेमन्त पाण्डे बाहादुर
                                     

2.1. निर्माण पात्र छनैट कास्टिङ

सन् २००४ मा राकेश रोशनले कोइ मिल गयाको दोश्रो भाग निकाल्ने भनेर भनेका थिए। उनले ऋतिक रोशन र रेखालाई पहिलो भागबाटै दोहोराउने भने। उनले प्रियङ्का चोपडालाई प्रिति जिन्ताको साटो राख्ने भने। उनले यो फिल्म होलिउड जस्तै हुनेछ भन्ने आशा रखे। उनले यो फिल्मलाई पहिलो भागको मुख्य पात्रको छोराको काहानिको रूपमा लिने भने। उनले यो फिल्ममा मार्सल आर्ट्सको उपयोग गरेका छन्। उनले फारा खानलाई डान्स कोरियोग्राफरको रूपमा लिए र समीर चन्डा र साम कौसललाई आर्ट्स डिरेक्टरको लागि लिए। उन्ले बैलन फोनेस्का र नकुल कम्तेको लागि सङ्गित र नहुस पिस को मेक अप आर्टिस्टको लागि लिए।

                                     

2.2. निर्माण सङ्गीत

यो फिल्मको गीत राजेश रोशनले कम्पोज गरेका हुन, जुन २८ अप्रिल २००६ मा टि-सिरिज ले रिलिज गरेको थियो। यो फिल्मको गीत २००६ को सातौ बोलिउड फिल्म थियो जसले राम्रो व्यापार गरेको थियो।