Back

ⓘ ठकुल्ला



                                     

ⓘ ठकुल्ला

ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटाला र सोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।

                                     

1. ठकुल्लाहरूको उद्गम

बैतडी जिल्लाको स्वराडका गोपी चन्द, हिरा चन्द, तिलक चन्द नामका तिन भाइ मध्य तिलक चन्दका सन्तान अछाम जिल्लाको कालागाउँमा आई बसे भने जेठा गोपी चन्द ब्रह्मचारी थिए । उनलाई बिनायक गाउँका लला दुल्लुका राजाका सिपाहीहरूले मारे । केदार चन्दका सन्तान कालागाउँका सोडारी हुन् भने हिरा चन्दका सन्तान दर्ना पुजगाउँका चन्द ठकुरीहरू हुन् । तिलक चन्दका सन्तानहरू एक पट्टी धारासैन गएका र अर्को पट्टी कालागाउँका दाइजेपानीको मियानीकोटमा र जुपुठानामा छन् । धारासैनबाट बेलपाटा तिमिल्सैन गई बसेका छन् ।

                                     

2. चन्दबाट ठकुल्ला बन्नाको कारण

तिलक चन्दले जुम्ली ठकुरीकी छोरी घरदेलीकी मैयाँसँग विवाह गरेका थिए । घढेलीबाट जन्मेको हुनाले तिलक चन्दका सन्तानलाई बाहुन र खड्काहरूले ठाकुर भन्न थाले । पछि गएर ठाकुरबाट अपभ्रंस भई ठकुल्ला बन्न पुगे । यसरी तिलक चन्दका सन्तानहरू एक पट्टी ठकुल्ला र एक पट्टी सोडारी भए ।

                                     

3. ठकुल्लाहरूको बसोवास क्षेत्र

अछाम जिल्लाको बर्दादेबी गाविसमा पर्ने बेलपाटा, चमारधारा, खोलाघर, जोगीढुङ्गा, मेलधारा र ठकुल्लीबाडा गरी करिब १५० घरधुरी ठकुल्लाहरूको बस्ति रहेको छ । यसका साथै कैलाली जिल्लाको टिकापुर, राजिपुर, सती, सुर्जीपुर, धनगढी, हसुलिया लगायत विभिन्न ठाउँमा ठकुल्लाहरूको बसोवास रहेको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →