Back

ⓘ नेपालमा आर्थिक चिन्तनको इतिहास



                                     

ⓘ नेपालमा आर्थिक चिन्तनको इतिहास

नेपालमा आर्थिक चिन्तन को प्रारम्भ वैदिक काल देखि नै भएको मान्न सकिन्छ । तथापि कौटिलीय अर्थशास्त्रमा वयाापरिक क्रियाकलापको सन्दर्भमा नै नेपाल र नेपालको प्रमुख उत्पादनको उल्लेख भएकोले किरांतकाललाई ऐतिहासिक आधार मान्न सकिन्छ ।

                                     

1. किरांत काल

किरांत कालमा नेपालको ऊनी वस्त्र देश विदेशमा निकै प्रसिद्ध भएको कुरा कौटिलीय अर्थशास्त्रको विवरणले थाहा हुन्छ । मल्लकालिक नेपालको सम्पन्नता इतिहास प्रसिद्ध छ । यसले त्यस समयमा आर्थिक चिन्तनले राजकीय मान्यता पाएको थियो भन्ने तथ्य प्राप्त हुन्छ । उत्पादन, विपणन, स्तरीकरण, मौद्रिक कारोबार सबै आर्थिक कियाकलाप सुविकसित रहेको कुरा नेपालको इतिहासबाट थाहा हुन्छ ।

                                     

2. पृथ्वीनारायण शाह

राजा पृथ्वीनारायण शाहको सैनिक परिचालन, विस्तार एकीकरणको प्रक्रियाबाट वर्तमान नेपालको भौगोलिक सीमानाको जग निर्माण भएको मानिए तापनि व र्तमान भौगोलिक स्वरूप सुगौली सन्धिद्वारा निर्धारित भएको हो । सिलभां लेभीको ‘नेपाल’ पुस्तकमा उद्धृत नक्शाको दृष्टिले सुगौली सन्धिमा नेपालले वर्तमान क्षेत्रफलभन्दा पनि बढी भौगोलिक क्षेत्र त्याग गर्नु परेको स्पष्ट हुन्छ । यसमा आर्थिक सम्भावना भएका केही क्षेत्रहरू पनि परेका छन् । नेपालमा अंग्रेज राजदूत रहने प्रचलन पनि त्यस बेलादेखि नै सुरु भएको हो । पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो । कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे । घरेलु उपभोगका लागि कपडा आयात गर्ने कुराको उनले विरोध गरे । वैदशिक व्यापारीलाई देशमा ल्याउने कुराका उनी समर्थक थिएनन् । घरेलु उद्योगधन्दालाई राष्ट्रिय दृष्टिकोणबाट प्रोत्साहन दिइएको मात्र नभइ स्वदेशी वनसम्पदा र जडीबूटीको पनि सदुपयोग र निर्यात गरी राष्ट्रिआय बढाउने निर्देश दिइएको छ । त्यसबेला नेपालमा प्रशस्त जडीबूटी काठ आदि उत्पादन हुन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि यातायात बढाउने जुन नीति लिइएका थिए त्यो दिव्य उपदेशमा व्यक्त छ– पुरुब पछिम्को रस्ता चलाइ दिउंला । आर्थिक दृष्टिकोणबाट बाटो खोल्नु आवश्यक भए तापनि त्यसबेला राजनीतिक दृष्टिले सतर्क रहनु आवश्यक थियो । त्यसैले टाढाको क्षेत्र अर्थात् पूर्व र पश्चिमको बाटोहरू बन्द नै राखेर नेपाल उपत्यकामा मात्र बाटो खोले । उत्तर दक्षिणको व्यापार कायम गर्न लिएको नीति तत्कालका लागि उपयुक्त थियो ।

                                     

3. राणाकाल

राणा शासनमा आर्थिक र सामाजिक दृष्टिले केही नयां प्रयास भए । जंगबहादुर वि.सं.१९०३–१९३४ को समयमा मुलुकी ऐनको निर्माण भयो, त्यस पछिका शासकहरूबाट वैदेशिक रोजगारीको प्रारम्भ, पात्रो प्रकाशन, पुल निर्माण, स्कूल, कलेज र अस्पतालहरूको स्थापना, पुस्तकालय स्थापना, र घण्टाघरको निर्माण जस्ता कामहरू भए । मालपोत उठाउने नयां व्यवस्था पनि त्यसै समयमा सुरु भएको हो । सरकारी समाचार पत्रको प्रारम्भ, आन्तरिक हुलाक सेवाको प्रारम्भ, विद्यालयहरू स्थापना, कर्मचारीहरूलाई कार्यालय समयको निर्धारण, सती प्रथा उन्मूलन, विद्युत केन्द्रको स्थापना, अस्पतालको स्थापना, नेपाली भाषा प्रकाशिनी समितिको स्थापना, रेलवे र रोपवेको निर्माण तथा नेपालको नक्शा निर्माण जस्ता कामहरू रणोद्दीपदेखि चन्द्रशम्शेर वि.सं.१९३४–१९८६ को समयसम्म भइसकेको थियो । भीम शम्शेरको समयदेखि मोहन शम्शेरको समय वि.सं.१९८६–२००७ सम्ममा नेपाली शिक्षालाई भारतमा मान्यता प्रदान, कपास खेतीको विकास, ठूलो उद्योगको रूपमा जूट उद्योग र संयुक्त पू" जी कम्पनीको रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना, उच्च अदालत, र आगो निभाउन संस्थागत दमकल व्यवस्थाको सुरुआत भयो । म्युजियम, चिडियाखानाको स्थापना, आकाशवाणीको प्रचलन, र राष्ट्रिय आर्थिक समितिको गठन पनि यस अवधिमा भयो ।



                                     

4. नेपाली अर्थव्यवस्थाको सर्वेक्षण

नेपाली अर्थव्यवस्थाको प्रारम्भिक सर्वेक्षण अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको समयमा भएको हो । जसको प्रारम्भ नेपालविद् प्रो. टोनी हागेनले गरेका थिए । उनले नेपाली अर्थव्यवस्थाका महत्त्वपूर्ण प्राकृतिक र मानवीय स्रोतहरूको सर्वेक्षण मात्र गरेनन्, ती स्रोतको संभाव्यता समेत अध्ययन गरी प्रधानमन्त्री बी पी कोइराला वि.सं.२०१६ को समयमा आफ्नो अनुसन्धानलाई नेपाल भन्ने पुस्तकमा प्रस्तुत गरे ।

                                     

5. अर्थशास्त्रमा प्रकाशनको सूची

नेपालमा आर्थिक चिन्तनको इतिहासलाई विभिन्न प्रकाशनहरूबाट जान्न सकिन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा अनेक आर्थिक अवधारणाहरु पाइन्छन् । ललितत्रिपुरसुन्दरीको नामबाट प्रकाशित राजधर्म अर्को एक यस्तो प्रकाशन हो जसमा राजनीति र अर्थशास्त्र विषयक अवधारणाहरु छन् । तर यो पुस्तक महाभारत राजधर्मानुशासनको अनुवाद हो । नेपालको इतिहासका पुस्तकहरूमा पनि आर्थिक अवस्थाहरूको चित्रण उपलब्ध छ । यसमा बालचन्द्र शर्माको नेपालको इतिहास, ढुण्डीराजको नेपालको आलोचनात्मक इतिहास, सिलभां लेभीको नेपाल तीन खण्ड इत्यादि पुस्तकहरु छन् । त्रिभसवन विश्वविद्यालयको स्थापना पछि अर्थशास्त्र विषयक अध्ययन, अध्यापन र अनुसन्धानको परम्परा सुरु भएको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →