Back

ⓘ आनन्द (चलचित्र)




                                     

ⓘ आनन्द (चलचित्र)

आनन्द सन् १९७१ मा निर्माण गरिएको हिन्दी भाषाको चलचित्र हो। यस चलचित्रका निर्माता, निर्देशक, लेखक तथा सम्पादक ऋषिकेश मुखर्जी हुन्। यस चलचित्रको मुख्य कलाकारको रूपमा राजेश खन्ना रहेका थिए भने सहायक भूमिकामा अमिताभ बच्चन, रमेश देव, सुमिता सान्याल र ललिता पवार रहेका छन्। यस चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ चलचित्र बाहेक सन् १९७२ को फिल्मफेयर पुरस्कारको ६ विधामा पुरस्कृत गरिएको थियो। सन् २०१३ मा अनुपमा चोपडाको पुस्तक १०० फिल्म्स टु सी बिफोर यु डाय मा यो चलचित्रलाई समावेश गरिएको थियो।

                                     

1. कलाकारहरू

  • दारा सिंह - पहलवान
  • सुमिता सान्याल - रेनु
  • दुर्गा खोटे - रेनुकी आमा
  • ललिता पवार - डा. प्रकाश कुलकर्णीको अस्पतालको मुख्य नर्स
  • अमिताभ बच्चन - डा. भास्कर बनर्जी
  • असित सेन - डा. प्रकाश कुलकर्णीको बिरामी
  • रमेश देव - डा. प्रकाश कुलकर्णी
  • जनी वाकर - इसा भाइ सूरतवाला
  • राजेश खन्ना - आनन्द