Back

ⓘ अङ्किता लोखण्डे




अङ्किता लोखण्डे
                                     

ⓘ अङ्किता लोखण्डे

अङ्किता लोखण्डे एक भारतीय अभिनेत्री हुन् जसले जी-टिभीमा बालाजी टेलिफिल्म्सको दैनिक शो पवित्रा रिश्ता मा आफ्नो पहिलो पुरस्कार विजेता भूमिकाका साथ ख्याति कमाएकी हुन्। उनी त्यतिबेला सम्मकै सबभन्दा अधिक पारिश्रमिक पाउने टेलिभिजन अभिनेत्रीहरुमध्ये एक थिइन्, जब सम्म कि उनले सन् २०१८ मा चलचित्रहरुमा प्रवेश गर्नका लागि सेवानिवृत्त भएकी थिइनन्। सन् २०१९ मा, लोखण्डेले ऐतिहासिक पिरियड चलचित्र "मणिकर्णिका: द क्वीन अफ झांसी" मा आफ्नो फिल्मी करियरको शुरुवात झलकरीबाईका रूपमा गरिन्। उनी फेरी सन् २०२० को एक्सन थ्रिलर चलचित्र "बाघी ३" मा पनि नजर आएकी थिइन्, जसलाई अहमद खानले निर्देशित गरेका थिए।