Back

ⓘ अङ्गुरबाबा जोशी



                                     

ⓘ अङ्गुरबाबा जोशी

अङ्गुरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनको मृत्यु वि.सं २०७७ साल आषाढ ६ गते भएको हो । उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। । शिक्षा क्षेत्र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ ।

                                     

1. शुरूवाती जीवन

पहिलेको चलन अनुसार अङ्गुरबाबा जोशीको वाल विवाह भएको थियो। एघार वर्षको कलिलो उमेरमै ‍उनी बलराम जोशीसँग विवाह बन्धनमा बाधिएकि थिईन्। जसले गर्दा उनले विद्यालय गएर औपचारीक शिक्षा हासिल गर्ने मौका पाएकी थिईन्। तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ उनले घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरेकी थिईन्। परिवारमा विशेष गरी सासुको सहयोगले उनले घरमै स्वअध्ययनको परिणाम स्वरूप उनलाई यो सफलता मिलेको थियो। सन् १९४८ मा श्रीमान–श्रीमतीले सँगै एसएलसी दिएका थिए। श्रीमान बोर्डमा परे, उनी दोस्रो श्रेणीमा पास भएकि थिईन्।

उनले प्राइभेट रूपमा अध्ययन गरेर आईए उत्तिर्ण गरेपछि पढाइको सिलसिलामा श्रीमानसँगै बनारस गइन् र त्यहाँ उनी राजनीति शास्त्र संस्कृत विषयमा विएमा भर्ना भएकि थिइन्। बनारसबाट पढाई सिध्याएर फर्केपछि उनले पद्मकन्या कलेजमा अध्यापन गर्न थालेकि थिइन्। यसबिच बेलायती सरकारद्धारा प्रदान गरीने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्ति उनले पनि पाएकि थिइन् र वेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गएकी थिइन्। चार वर्षमा उनले आफ्नो अध्ययन पूरा गरेकी थिइन्।

                                     

2. पहिलो महिला क्याम्पस प्रमुख

वि. सं. २०१९ मा बेलायतबाट फर्केपछि उनीले पद्मकन्या कलेजमा अध्यापन गर्न शुरू गरेकी थिइन्। १८ वर्षको सेवा कालमा जोशीले १२ वर्ष क्याम्पस प्रमुखको रूपमा काम गरेकी थिइन्।

                                     

3. समाज सेवा

भौतिक सम्पन्नता र अध्यात्मिक जागरणको सम्मिश्रणलाई नै सफलताको कडी मान्ने जोशीले आफ्नो कामहरूमा यही दर्शनलाई प्रतिबिम्वित गरेकी थिइन्। उनको पछिल्लो समाजिक कार्य भनेको केहि वर्ष पहिले खुलेको नेपालको पहिलो कन्याहरूको गुरूकुल हो। नेपालमा मेची देखि महाकाली सम्म केटाहरूको लागि गुरूकुल थिए भने महिलाहरूको लागि थिएनन्। नेपालको इतिहासमा गार्गी कन्या गुरूकुल उनले खोलेकि थिइन्। जहाँ समावेशी रूपमा दलित महिलाहरूलाई पनि वेद पाठ गराइने गरिन्छ। चितवनको देवधाटमा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुल संस्थाको उनी संरक्षक रहेकि छिन्।

                                     

4. क्यान्सर रोगसँग संघर्ष

स्वास्थ्य सम्बन्धि विभिन्न समस्या सहित जन्मिएकी जोशीले दुईपटक क्यान्सर रोगलाई जितेकि थिइन् । घाँटीमा लागेको क्यान्सर काटेर फाल्दा उनको अनुहार बाङ्गियो, तर सकारात्मक सोच र आध्यात्मिक चिन्तनका कारण कठिन शारीरिक अवस्थामा पनि उनी बिचलित भरेकी थिइनन्। अध्यात्मिक साधनाले नै उनलाई जीवनका कठिनाईहरूसँग जुझ्न प्रेरणा दिएको थियो। शारीरिक समस्याहरूका कारण जीवन प्रति भरोसा गुमाएकाहरुका लागि अङ्गुरबाबा जोशी असल प्रेरणाकी स्रोत हुन सक्छिन्।

                                     

5. सम्मान

  • उनको साहित्यिक योगदानलाई कदर स्वरुप अंगुरबाबा जोशीले २०७२ सालको जगदम्बा श्री पुरस्कार समेत प्रदान गरीयो।
  • महेन्द्र विद्या भुषण पहिलो
  • गोरखा दक्षिण बाहु दोश्रो
  • त्रिशक्ति पट्ट तेश्रो
  • उनलाई नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट पनि सम्मान प्राप्त भयो ।
                                     

6. मृत्यू

समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको बि. सं. २०७७ असार ६ गते शनिबार ८९ वर्षको उमेरमा काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →