Back

ⓘ साहित्य



                                               

ललित साहित्य परिषद्

ललित साहित्य परिषद् रोल्पाको स्थापना २०५७ सालमा भएको हो । यसका स्थापक अध्यक्ष डी.बी. टुहुरो हुन् । यसले रोल्पा जिल्लामा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

                                               

साहित्य क्षितिज

साहित्य क्षितिज पर्वत जिल्लाको पहिलो मासिक पत्रिका हो । २०६० साल देखि प्रकाशन सुरु भएको यस पत्रिकाले पर्वत जिल्ला लगायत धवलागिरी अञ्चल साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएको छ । मासिक रूपमा पत्रिका प्रकाशित गर्ने, साहित्यिक कार्यक्रम गर्ने जस्ता कार्यक्रम गर्ने यो पत्रिकाको सुरुवात उचित पन्त र किशोर सापकोटा को सम्पादकत्वमा प्रकासित भएको थियो । करीब १५ अङ्क लगातार प्रकाशित भएको यो पत्रिका पछाडी आर्थिक कारणले गर्दा बन्द हुन् पुग्यो ।

                                               

पुनर्जागरण

पुनर्जागरण को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौँ देखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणको सुरुवात इटालीको फ्लोरेन्स सहरबाट सुरू भएको मानिन्छ।

                                               

पद्मश्री साधना सम्मान

पद्मश्री साधना सम्मान चितवनको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०६७ सालदेखि प्रदान गर्दै आएको छ। यो पुरस्कार नेपाली साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई प्रदान गर्ने गरिएको छ। सम्मानित हुने व्यक्तिलाई अभिनन्दन-पत्रसहित दुई लाख रूपैयाँ दिइने गरिन्छ। यो सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ।

                                               

गोरखा दक्षिण बाहु

गोरखा दक्षिण बाहु नेपालको सेवा को लागि प्रदन गरिने एक प्रतिष्ठित विभुषण हो । यो विगतमा श्री ५ द्वारा प्रदान गरिने हाल राष्ट्रपतिद्वारा प्रदान गरिने एक सर्वोच्च पदक हो । यो देशको कला, साहित्य, खेलकुद्, विज्ञान र समाज सेवा जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदानको लागि जंगी तथा नागरिक प्रदान गरिन्छ ।

                                               

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनको रत्ननगर नगरपालिकामा वि.सं. २०६४ मा स्थापना गरिएको एउटा सङ्गठन हो। यो प्रतिष्ठानलाई नेपाली उद्यमी जीवा लामिछानेले आफ्ना पिता र माता खेमलाल लामिछाने र हरिकला लामिछानेका नाममा स्थापना गरेका हुन्। यो प्रतिष्ठानको संरक्षक र संस्थापक जीवा नै छन्। उक्त प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठानेको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ। यसको खास नाम पद्मश्री साहित्य पुरस्कार हो। शुरूमा यसमा देशभित्रका कृतिमात्र पर्थे भने वि.सं. २०६६ सालदेखि देशभरिबाट मात्र ...

                                               

अध्यापन

कुनै पनि विद्याको शिक्षा प्रदान गर्ने प्रक्रियालाई अध्यापन भनिन्छ । यो विद्या भाषा, साहित्य, अङ्ग्रेजी, विज्ञान, गणित वा अन्य केहि पनि हुन सक्छ । अध्यापन स्कूल वा घरमा तथा एक संस्थामा पनि हुनसक्नेछ । अध्यापन गराउने पुरुषलाई अध्यापक र महिलालाई अध्यापिका भनिन्छ । यो एक व्यापार/व्यवसाय हो र धेरै मानिसहरूले विभिन्न स्तरहरूमा/तहहरूमा रोजगार प्राप्त गरिरहेका छन । विश्वविद्यालयका अध्यापकहरूलाई प्राध्यापक भनिन्छ ।

                                               

सुवास खनाल

सुवास खनाल बकैया–५,पावस मकवानपुरमा जन्मिएका सुवास खनाल २०४३ कविता लेखनमा २०५७ सालदेखि क्रियाशील छन् । करिब डेढ दशकयता हेटौँडामै बसेर साहित्यमा साधानारत छन् उनी। मकवानपुरका विभिन्न साहित्यिक ‘एक्टिभिज्म’मा सुवासको पनि भूमिका रहने गर्छ। यसअघि उनको विचारको उल्टो नदी २०७१ कविता सङ्ग्रह प्रकाशित छ । भौतिकशास्त्रमा एमएस्सी र बिएड गरेका यिनी कोल्गेट उत्कृष्ट छात्र पुरस्कार -२०५८, शेषजङ्ग स्मृति कथा पुरस्कार -२०५९, एसएलसी जिल्ला तृतीय कर्मचारी मिलन समाज सम्मान- २०५९, खबरपत्र सम्मान -२०६२, सङ्काय प्रथम सम्मान मकवानपुर बहुमुखी क्याम्पस -२०६२,६३,६४, झरना रजत सम्मान- २०७५,आकुरा राष्ट्रिय कविता प्रतियो ...

                                               

बालसाहित्य

बालसाहित्य साहित्यको यस्तो विधा हो जसको प्राथमिक पाठक, दर्शक, श्रोता बालबालिका हुन् । तैपनि यो विधाका अधिकांश कृतिहरु प्रौढहरूले पनि आनन्द मानेर पढ्छन् । बालसाहित्यमा के हुन्छ के हुँदैन भन्ने विषयमा केही विवाद नभएको होइन । तैपनि सामान्यतया बालबालिका आफैले रोजेर पढ्ने साहित्यिक सामग्री र अभिभावक, शिक्षक तथा विशेषज्ञहरूले बालबालिकाका लागि उपयुक्त भनेर छुट्याएका साहित्यिक सामग्रीलाई बालसाहित्य भन्न सकिन्छ । डिक्स्नरी अफ एजुकेसनमा बालसाहित्यलाई यसरी परिभाषित गरिएको छः १) बालबालिकाका लागि विशेषज्ञहरुद्वारा लेखिएको उच्च गुणस्तरको प्रकाशित पाठ्य सामग्री । २) उच्च गुणस्तरको र धेरै समयसम्म चल्ने बा ...

                                               

पाण्डुरङ्ग वामन काणे

डाक्टर पांडुरंग वामन काणे संस्कृतका अन्तरर्राष्ट्रिय ख्यातिप्राप्त उद्भट विद्वान्‌ एवं उच्च कोटिका प्राच्यविद्याविशारद थिए। तिनको जन्म महाराष्ट्रका रत्नागिरि जिल्लाहरूका दापोली नामक गाँवमा ७ मे, १८८० ई.लाई तपाईँको जन्म भयो। यसै जिल्लाहरूमा लोकमान्य तिलक, गोपालकृष्ण गोखले, न्यायमूर्ति रानाडे, आचार्य विनोबा भावे, साने गुरूजी, महर्षि डॉ। धोंडो केशव गर्वे, अल्ताफ राजा तथा दाउद इब्राहिम जस्तै महापुरुष पैदा हो चुके छन्। उन्हे वर्ष १९६३मा भारत रत्नदेखि सम्मनित गरिएको छ। श्री काणेले आफ्नो विद्यार्थी जीवनका बेला संस्कृतमा नैपुण्य एवं विशेषताका लागि सात स्वर्णपदक प्राप्त गरे र संस्कृतमा एम.एस.को परी ...

                                               

गोर्खा भाषा प्रकाशिनी समिति

गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना श्री ३ महाराज चन्द्र शमशेरद्वारा वि.सं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त गोर्खा भाषा प्रकाशन संस्थाको नाम वि.सं. १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ। नेपाली गोर्खा खस भाषा भाषामा पाठ्यसामग्री निर्माण गर्न र शासकहरूका लागि अवाञ्छित प्रकाशनको नियन्त्रण गर्न गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएको थियो र पछि त्यो नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तर भएको हो जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत त्यस समयका विशिष्ट साहित्यकार स ...

                                               

रामगोपाल आशुतोष

रामगोपाल आशुतोष, नेपाली कवि, गीतकार एवम् संचारकर्मी हुन् । भक्तपुर जिल्लामा जन्मेका आशुतोष विभिन्न रेडियो कार्यक्रमहरूमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । उनको विशेषगरि साहित्यिक कार्यक्रम आरजे. को. डायरी कार्यक्रम बहुचर्चित छ ।

                                               

सुश्रुत संहिता

सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो। सुश्रुतसंहिता आयुर्वेदको तीन मूलभूत ग्रन्थहरू मध्ये एक हो। आठौँ शताब्दीमा यद ग्रन्थ अरबी भाषामा किताब-ए-सुस्रुद नामबाट अनुवाद भएको थियो। सुश्रुतसंहितामा १८४ अध्याय छन् जसमा ११२० रोगहरू, ७०० औषधीय जडिबुटी, खनिज-स्रोतमा आधारित ६४ प्रक्रियाहरू, जन्तु-स्रोतमा आधारित ५७ प्रक्रिया, तथा आठ प्रकारका शल्य क्रियाहरू उल्लेख छन्। यसका रचयिता सुश्रुत हुन् जो जो छैटौँ शताब्दी ईसापूर्व काशीमा जन्मिएका थिए। सुश्रुतसंहिता बृहतत्रयीको एक महत्त्वपूर्ण ग्रन्थ हो। यो संहिता आयुर्वेद साहित्यमा शल्यतन्त्रको वृहद साहित्य मानिन्छ। सुश्रुतसंहिता ...

                                               

पथिक प्रवासन

नेपाली लेखक पञ्चम अधिकारी द्वारा लिखित प्रवासी साहित्य अर्थात् डायस्पोरिक उपन्यास पथिक प्रवासन २०६७ सालमा जय प्रकाशनबाट प्रकाशित भएको हो। उपन्यासमा माओवादी द्वन्द्वको उत्कर्षका बेला विदेश पढ्न गएको एक जना नेपाली विद्धार्थीको कथा छ। नेपाली प्रवासी साहित्यमा कोशेढुगां मानिएको यस उपन्यास पश्चिमी देशमा विदेशिएका थुप्रै विद्धार्थीका लागि यथार्थवादी कथन हो। नेपाली हावापानीमा हुर्किएको मुख्य पात्र, पथिकको युरोप यात्रा संघर्षपूर्ण बन्छ। पहाडी पाखाको गाउँले ठिटो राजधानी काठमाडौँ छिर्छ । अध्ययनको सिलसिलामा जर्मनी जान्छ । आर्थिक समस्याले अध्ययन पुरा गर्न सक्दैन । अनि उ छिमेकी राष्ट्र बेल्जियम पलायन ह ...

                                               

विकर्ण

हिन्दू महाकाव्य महाभारत, विकर्ण दुर्योधन र दुसासन पछि तेस्रो कौरव, धृतराष्ट्र गन्धारीका छोरा थिए र राजकुमार दुर्योधनका भाइ थिए। विकर्णलाई विश्वव्यापी रूपमा कौरवहरूको तेस्रो सबैभन्दा प्रतिष्ठित भनेर चिनिन्छ।

                                               

मीनराज बसन्त

लेखक मीनराज बसन्त बागलुङ जिल्लाको बलेवामा जन्मिएका हुन्। उनी विशेषतः उपन्यासकारका रूपमा परिचित छन्। उनको पहिलो उपन्यास मुदिर वि. सं. २०७३ को साउनमा प्रकाशित भएको हो। उपन्यास प्रकाशन हुनु पहिले उनी उम्दा गजलकारका रूपमा परिचय बनाउँदै थिए, तर एकाएक साहित्य लेखनबाट ओझेल परेका बसन्तले केही वर्ष लगत्तै आफूले वैदेशिक रोजगारीका क्रममा देखे भोगेका वास्तविक घटनाहरूलाई औपन्यासिक रूप दिए। कतारको तातो बालुवामा पोखिने आम नेपाली युवाको पसिनाको सुगन्धलाई लेखकले टपक्कै टिपेर आफ्ना पात्र डम्बरकुमार मार्फत मुदिरमा छरपरस्ट पारिदिए। शिखा बुक्सले प्रकाशन गरेको उनको पहिलो कृति मुदिरले राम्रै चर्चा बटुल्न सफल भयो ...

                                               

भोल्गा

भोल्गा युरोपको सबैभन्दा लामो नदी हो। मध्य रूस देखि दक्षिण रुस हुँदै क्यासपियन समुद्रमा बग्ने यो नदिको लम्बाई ३,५३१ किमी छ र यसको जलग्रहण क्षेत्र १३,६०,००० किमी २ ओगटेको छ। यो बहाव र जलाधार क्षेत्रको आधारमा पनि युरोपको सबैभन्दा ठूलो नदी हो। भोल्गा नदीलाई व्यापक रूपमा रूसको राष्ट्रिय नदीको रूपमा मानिन्छ। यसको भौगोलिक अवस्थाका कारण भोल्गाले पूर्वी र पश्चिम एशियादेखि युरोप बीच र साथसाथै दक्षिण र उत्तर बीचको आवागमनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। पुरानो रूसी राज्य, रूस खगनाट, भोल्गा नदीको वरिपरि विकसित भएको थियो। ऐतिहासिक रूपमा, यो युरेसियन सभ्यताको महत्वपूर्ण मिलनबिन्दु थियो। यो नदी रूसमा ज ...

                                               

अनुसन्धान प्रस्ताव

अनुसन्धानको प्रयोजनको लागि तैयार गरिएको पत्र लाई अनुसन्धान प्रस्ताव भनिन्छ । यसमा बिभिन्न बुंदा मा अनुसन्धान को परिचय, प्रस्ताब को बयान,अध्ययन को स्थान तरिका बिधि आदिको बिस्तृत जानकारी हुन्छ। सामान्यतया अध्ययन को क्षेत्रमा यसको प्रयोग हुन्छ । प्रस्तावहरू मा सामान्यता प्रस्तावित अनुसन्धानको सम्भावित प्रभावको मूल्याङकन गरिन्छ। अनुसन्धान मा मुख्य निम्न बुँदाहरू को सम्बोधन गरिन्छ के विषयमा अनुसन्धान गरिएको छ? अनुसन्धानको लागि कति समय र लागत आवश्यक हुन्छ? अनुसन्धान ले प्रायोजक, संगठन वा अन्य पक्षहरु लाई कुन रुप मा सहयोग हुन्छ? कस्ता अनुसन्धान प्रश्न हरू लाई सम्बोधन गरिनेछ, र उनीहरूलाई कसरी सम्ब ...

                                               

टंक भट्टराई

साहित्यको मलिलो भूमि खोटाङमा जन्मे/हुर्केका टंक भट्टराईले अग्रजहरूको बिँडो थाम्दै साँझमा पहिलो तारा कवितासङ्ग्रह प्रकाशित गरेका छन्। दुई दशकदेखि उनी साहित्यिक यात्रामा रम्न थाले पनि यसअघि उनका कुनै कृति प्रकाशित भएका थिएनन्। सर्जकले जीवन, जगत् र माटोलाई नजीकबाट छामेर आफ्ना बान्की पस �कन सकेका छन्, त्यसैका आधारमा उसको निष्ठा, समर्पण, भावना, चेत र सफलता/असफलता मापन हुन्छ। भट्टराईले कवितामा दुःख र सास्तीका पक्षलाई समेटेका छन्। सीमान्तकृत मान्छेका अवस्था उधिन्छन् उनका कविताले। त्यति मात्र होइन, कवितामार्फत भट्टराईले सत्यहरूप्रति अविचलित हुन आग्रह गरेका छन्। संग्रहमा समेटिएका कविताले पाठकलाई एक ...

                                               

सैयद वालीउल्लाह

सैयद वलीउल्लाह एक बङ्गलादेशी उपन्यासकार, छोटो कथा लेखक तथा नाटककार थिए। उनी आफ्नो पहिलो उपन्यास लालसालुका लागि उल्लेखनीय थिए । उनलाई बाङ्ला एकादमी साहित्य पुरस्कार, आदमजी पुरस्कार, एकुशे पदक तथा सन् २००१ मा सर्वश्रेष्ठ कहानीका लागि बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गरिएको थियो।

                                               

सुली प्रुधोमे

साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता उनको पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमेRené François Armand Sully Prudhomme) |१६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम सुली हो|उनी ६,सेप्टेम्वर १९०७मा दिवंगत भए। सुली प्रुधम परिवारका एक्लो सन्तान थिए।उनी मूलतः दार्शनिक कवि थिए।उनले पेरिसस्थित इकोल पोलिटेकनिक नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए।गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए।उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो। यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सके ...

                                               

जन्मथलो सम्झौं अभियान-०५५

जन्मथलो सम्झौं अभियान-०५५ यो अभियान ओखलढुंगा जिल्ला विकास समीती र ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु का सह-आयोजनाअन्तर्गत ०५५ सालमा आयोजित भएको थियो. ओखलढुंगा जिल्ला विकास समीतीले जिल्ला छोडेर अन्यत्र स्थापित हुनपुगेका जिल्लाका गहना व्यक्तित्वहरूलाई एकपल्ट जन्मथलो सम्झेर जिल्लामा पाइला टेक्न आह्वान गरेको थियो । जसलाई ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डुले काठ्मान्डुबाट सगाउने कार्यक्रम संयोजित जरेको थियो. यस आह्वानलाई सम्बोधन गर्दै ४० वर्षसम्म जिल्लाबाट बाहिर रहेका जन्मथलो प्रेमीहरुसमेतले एकसाथ जिल्ला आइपुगेर सहकार्य गरेका थिए । यो कार्यक्रम जिविसले २०५५ साल माघ ८,९ र १० गते आफ्नो सातौँ जिल्ला ...

                                               

हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय

संस्कृतका आदिकवि एवं रामायणका रचयिता महर्षि वाल्मिकी, पुराण एवं महाभारतका रचयिता वेदव्यास, कपिल, कणाद, गौतम, जैमिनी, विश्वामित्र, ऋष्यश्रृङ्ग, याज्ञवल्क्य जस्ता कैयौँ मनिषीहरूको तपोभूमि वा आध्यात्मिक ज्ञानको केन्द्र रहेको यस हिमालय क्षेत्रअन्तर्गत पर्ने हरिहर क्षेत्र खिदिमको शिरोभाग दहमा संस्कृत व्याकरणका प्रणेता महर्षि पाणिनीको तमोभूमि रहेको छ । यसै हरिहर क्षेत्रको गुल्मी रेसुङ्गा पर्वतमा योगीश्वर शशिधर स्वामीले तपस्या गर्नुभएको थियो र उहाँले अनेकौँ दार्शनिक ग्रन्थ रचना गर्नुभएको थियो । उहाँका पुत्र आवाल ब्रह्मचारी लक्ष्मीनारायण स्वामीले रेसुङ्गामै तपस्या गर्नुभएको थियो । यसै ऐतिहासिक पृष ...

                                               

लिङ्ग्वा फ्राङ्का नोभा

लिङ्ग्वा फ्राङ्का नोभा वा सामान्य रूपमा एलेफेन पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बुरेद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो । यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र स्पेनियालगायत अन्य आधुनिक रोमान्स भाषासमूहका भाषाहरूमा आधारित छ । लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः ध्वन्यात्मक वर्तनी छ, जसलाई रोमन वा सिरिलिक लिपिमा लेख्न सकिन्छ । लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्नका ल ...

                                               

यौन शिक्षा

यौन शिक्षा एक विस्तृत संकल्पना हो जुन मानव यौन अङ्गहरू, जनन, संभोग अथवा रति क्रिया, यौनिक स्वास्थ्य, जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ । माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम, सार्वजनिक स्वास्थ्य जागरूकताको कार्यक्रम आदि यौन शिक्षाको प्रमुख साधन हुन ।

                                               

मुमिनत्रोलन

मुमिनत्रोलन, मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक शृङ्खला हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्सद्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्विडेनी भाषी लेखिकातुभे योनयन हुन्। यसलाई सन् २०१५ देखि, फोलगेत नामक पुस्तक प्रकाशनद्वारा प्रकाशित छ। पुस्तकका मुख्य पात्रहरू मुमिन परिवारका सदस्यहरू हुन्। यो सेतो र डल्लो परेका परिकथाका पात्रहरूको परिवार हो। यिनीहरू लामो थुतुनो भएका जलगैंडा समान पात्रहरू हुन्। यस परिवारको घर मुमिन उपत्यकामा रहेको छ। यस उपन्यासलाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ। यस उपन्यास शृङ्खलामा ९ वटा ...

                                               

नेपाल वातावरण पत्रकार समूह

नेपाल वातावरण पत्रकार समूह नेपालमा वातावरणसम्बन्धी जनचेतना जगाउन योगदान दिँदै आएको संस्था हो। यस समुहको स्थापना सन् १९८६ जून ५ मा भएको हो। यस संस्थाले वातावरणसम्बन्धी विभिन्न कार्यक्रमको साथै रेडियो, टेलिभिजनका कार्यक्रमको निर्माण गर्नुका साथै वातावरणसम्बन्धी भित्ते पत्रिका पनि प्रकाशन गर्दै आएको छ। नेवापसले वातावरण र दिगो विकास सम्बन्धी मासिक पत्रिकाको नेपाली अंक हाका-हाकी र अङ्ग्रेजी अंक फेस टु फेस प्रकाशन गर्दै आएछ को। राजधानीमा चलेको एफएम रेडियो रेडियो सगरमाथा पनि यसै संस्थाले चलाएको हो। ‌‌

                                               

एमा म्याके

एमा मार्गरेट मेरी टेचर्ड-म्याके एक फ्रान्सेली-बेलायती अभिनेत्री हुन्। सन् २०१९ देखि, उनले नेटफ्लिक्स नाटक शृङ्खला सेक्स एजुकेसनमा मेभ विलीको रूपमा अभिनय गरेकी छिन्।

                                               

रुवाई

रुबाईको सामान्य चिनारी जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य विकास भयो। त्यसै गरी रुबाई पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुबाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरी पुस्तकको रूपमा प्रकाशन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई सङ्ग्रह प्रकाशनमा ल्याएको पाईन्छ।रुबाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले गर्‍यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि य ...

                                               

पोषण् पान्डे

सम्झन लायक र बिर्सनै नसकिने उत्कृष्ट कथा लेखेर ख्याति कमाउनु भएका पोषण पाण्डे लाग्छ यतिखेर बिर्सिएको स्रष्टामा पर्नुहुन्छ। तामझाम नगर्ने, पुरस्कार, गुठी सङ्घ संस्था नखोल्ने अनि बेलाबखत बोलिदिने आˆनाहरू नहुने हुन् भने त अब जतिसुकै उत्कृष्ट स्रष्टा भएपनि तिनको चर्चा हुन छाड्दो रहेछ। अचेल स्रष्टा र सिर्जनामा भन्दा अन्यत्र ध्यान तानिन थालेको छ। लेख्न थालेको दुई चार वर्षमै चर्चाको शिखरमा पुग्नुपर्ने लोभ अनि पहिलो कृतिबाटै सर्वश्रेष्ठ बन्ने र बनाउने होड र जोडले अचेल साहित्यिकभन्दा प्रचारात्मक कुरामा धेरैको ध्यान जान थालेको छ। पोषण पाण्डेको कथाको स्तरसँग तुलनै गर्न नमिल्ने उहाँको योगदानको अगाडि न ...

                                               

कुसुमकुमारी दास

कुसुमकुमारी दास एक बङ्गाली कवयत्री, लखिका तथा सामाजिक कार्यकर्ता थिइन्। उनी आधुनिक बङ्गाली साहित्यका प्रख्यात कवि जीवनानन्द दासकी आमा हुन् जो बीसौं शताब्दीमा बङ्गाली साहित्यका अग्रणी र लोकप्रिय कवि थिए। उनले बरिशाल महिला समाजमा सचिवको रूपमा पनि काम गरेकी थिइन्।

                                               

बेतना

नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरूको संरक्षण पनि गरीदै आएको छ । यहाँको मुख्य विशेषतामा बोटिंग गर्ने, शान्ति बातावरण, सुन्दर सजावट रहेको छ । बेतना सिमसार एक सिमसार मात्र न भएर यहाँ बिबिन्न ठाउँबाट पिकनिक खान समेत आउने गर्दछन । यो सिमसारलाई एक पर्यटकीय क्षेत्रपनि हो । यहाँ करीब एक दिनमा दुई हजार भन्दा बढी मानिसहरु घुमफिर गर्न आउने गर्दछन । जस्तै: इलाम, धरान, विराटनगर, इटहरी आदि ठाउँबाट दैनिक रूपमा मानिसहरु आउने गर ...

साहित्य
                                     

ⓘ साहित्य

भारतीय वाङ्गमयलाई कालको दृष्टिदेखि निम्नलिखित भागहरूमा विभक्त गरिएको छ -

भारतको संस्कृत साहित्य ऋग्वेददेखि आरम्भ हुन्छ। व्यास, वाल्मीकि जस्तै पौराणिक ऋषिहरूले महाभारत एवं रामायण जस्तै महाकाव्यहरूको रचना गरे।भास, कालिदास एवं अन्य कविहरूले संस्कृतमा नाटक लेखे

भक्त साहित्यमा अवधीमा गोस्वामी तुलसीदास, बृज भाषामा सूरदास, मारवाडीमा मीरा बाई, खडीबोलीमा? कबीर, रसखान, मैथिलीमा विद्यापति आदि प्रमुख छन्. अवधीका प्रमुख कविहरूमा रमे काका सुप्रसिद्ध कवि छन्।

नेपाली साहित्यमा कथा, कथा र उपन्यासका लेखनमा प्रेमचन्दको महान योगदान छ।

ग्रीक साहित्यमा होमरका इलियड र अडसी विश्वप्रसिद्ध छन्। अङ्ग्रेजी साहित्यमा शेक्स्पियरको नाम अगाडि छ ।

                                     

1. बाह्य सूत्र

  • साहित्य, संस्कृति र भाषा अन्तर्राष्ट्रिय मंच सृजनगाथा
  • साहित्यमा मूल्यबोध - डा. हरियाकृष्ण मेहेर
  • Wikisource
  • साहित्य सिद्धान्त गूगल पुस्तक
  • साहित्यिक निबन्ध गूगल पुस्तक ; लेखक - गणपतिचन्द्र गुप्त
  • नेपाली काव्य
  • भारतीय साहित्यको जाल-पुस्तकालय एवं लेखकहरू र कविहरूका बारेमा जानकारीका लागि संपूर्ण स्रोत पुस्तक
  • समकालीन हिंदी साहित्यको जाल-पत्रिका अभिव्यक्ति
  • Indan English Literature
  • साहित्यानुशीलन गूगल पुस्तक ; लेखक - डा दयाशंकर शुक्ल
  • नेपाली साहित्य प्रश्नोत्तरी गूगल पुस्तक ; लेखिका - विभा देवसरे
  • Googles category on literature in Hindi
  • A popular site to read Hindi poems and articles in Devnagri script
                                               

राप्ती साहित्य परिषद

राप्ती साहित्य परिषद राप्ती अञ्चलको सबैभन्दा जेठो साहित्यिक संस्था हो । यसको कार्यालय दाङ जिल्लामा छ । राप्ती अञ्चलका पाँचवटै जिल्लामा यसका शाखा कार्यालयहरूको बिस्तार भएको छ ।

                                               

तेजेश्वरबाबु ग्वंग

तेजेश्वरबाबु ग्वंग नेपाली साहित्य र संस्कृतिका अन्वेषक हुन् । उहाँका संस्कृतिविद् हुनुहुन्छ । १९९२ सालमा भक्तपुरमा जन्मनु भएका ग्वंगले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान अमुल्य छ । उहाँले सरकारी सेवामा पनि योगदान पुर्याउनु भएको छ ।

                                               

विभोर बराल

विभोर बराल साहित्यमा विशेषत: गजलविधामा कलम चलाउँछन। तन्नेरी डटकम मासिक पत्रिकाका संस्थापक प्रधानसम्पादक तथा प्रकाशक विभोरले थुप्रै पुस्तक तथा पत्रपत्रिकाहरू लेखन तथा सम्पादनको अनुभव सँगालेका छन्। पेसाले सूचनाप्रविधि उद्योगसँग निकट रहेका उनी नेपालमा सूचनाप्रविधिको क्षेत्रमा विभिन्न तालीम प्रदानगर्नुका साथै क्यापसहरूमा प्राध्यापन पनि गर्छन।

                                               

मोती मण्डली

युवक कवि मोतीराम भट्टको सकृयतामा स्थापित यो संस्था काठमाडौ र वनारस दुवै ठाउँमा सकृय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरूलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उद्देश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्धति अपनाएको थियो । श्रृङ्गार रसप्रधान कविता सृजना गर्ने यो समुहमा पद्मविलास,काशीनाथ,चेतनाथ आचार्य, नरदेव पाण्डे,तीर्थराज पाण्डे,गोपीनाथ लोहनी आदि कविहरु सम्मीलित थिए ।

मुली
                                               

मुली

मुली अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।यो गाबिस मा नगरपालिका बने पश्चात् 6र7वडा बनेका छ्न।साक्षरता का आधार मा यो नगरपालिका को सबैभन्दा बढी साक्षर गाबिस हो।साहित्य का हिसाब ले यो गाउँ मा धेरै कवि र गजलकार जन्मिसकेका छ्न।मुलि को एक मात्र माबि शिशुबोधनी मा ६५%महिला र ३५%पुरुष बिद्यार्थी को सहभागिता छ।कमलबजार नगर पालिका मध्य सबै भन्दा बढी सरकारी कर्मचारी जन्माएको गाबिस पनि मुलि को बडान.६हो।राजनीति हिसाब ले यो गाउँ काङ्ग्रेस को पकड क्षेत्र हो।

                                               

समकालीन रोल्पाली मुक्तक

समकालीन रोल्पाली मुक्तक साहित्यकार डी.बी. टुहुरोबाट सम्पादीत एक मुक्तक संगालो हो । यसमा रोल्पा जिल्लाका १२४ मुक्तककारहरूको ३७२ वटा मुक्तकहरु समाबेश गरिएको छ ।

किङ लियर
                                               

किङ लियर

King Lear – Searchable, online version of the text. BBC audio file. In Our Time, BBC Radio 4 discussion. King Lear – plaintext file at Project Gutenberg. Joyce Carol Oates on King Lear Photos of a production of King Lear King Lear study guide, themes, quotes, character analyses, multimedia, teaching guide

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →