Back

ⓘ बागचौर नगरपालिका




बागचौर नगरपालिका
                                     

ⓘ बागचौर नगरपालिका

बागचौर नगरपालिका राप्ती अञ्चल अन्तर्गत पर्ने सल्यान जिल्ला अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको हो। बागचौर नगरपालिकाको केन्द्र साबिकको थारमारे गाउँ विकास समितिको बागचौर मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर बागचौर नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बागचौर नगरपालिकाको जनसङ्ख्या ३०,०३९ रहेको छ।