Back

ⓘ नालन्दा विश्वविद्यालय




नालन्दा विश्वविद्यालय
                                     

ⓘ नालन्दा विश्वविद्यालय

नालन्दा विश्वविद्यालय भारतको प्राचीन उच्च शिक्षा को सर्वाधिक महत्त्वपूर्ण वा विख्यात केन्द्र थियो । महायान बौद्ध धर्मको यो शिक्षा-केन्द्रमा हीनयान बौद्ध-धर्म साथ साथै अन्य धर्मका तथा विभिन्न देशका छात्र पढ्ने गर्दथे । वर्तमान बिहार राज्यमा पटना देखि ८८.५ किलोमीटर दक्षिण-पूर्व वा राजगीर देखि ११.५ किलोमीटर उत्तरमा एक गाउँ नजिकै अलेक्जेन्डर कनिङ्घमद्वारा खोजिएको यस महान बौद्ध विश्वविद्यालयको भग्नावशेष यसको प्राचीन वैभवको बढी भन्दा बढी खोज भएको छ । यहाँ १०,००० छात्रलाई पढ्नको लागि २,००० शिक्षक थिए ।

                                     

1. इतिहास

नालन्दा संसारको प्राचीनतम शिक्षा केन्द्र हो । यस विश्वविद्यालयमा लगभग १०००० आवासीय विद्यार्थी र २००० शिक्षक थिए भन्ने हुएन्त्साङ् को विवरणले यसको विशालताको अनुमान गर्न सकिन्छ ।

                                     

2. स्थापना

यसको विधिवत स्थापना लगभग ४५० वि.सं.मा राजा कुमारगुप्तले गरेको मानिन्छ । गुप्त राजवंशलाई भारतको इतिहासको स्वर्णयुग भनिन्छ । बाह्रौँ शताब्दीसम्म यो विश्वविद्यालय अस्तित्त्वमा रहेको प्रमाण पाइन्छन् । सम्राट अशोक र सम्राट हर्षवर्धनले यसको विकासमा प्रशस्त लगानी गरेका थिए । विदेशबाट यस विश्वविद्यालयका लागि अनुदान प्राप्त भइरहन्थयो भन्ने कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् ।

                                     

3. हु–एन–त्सांग तीर्थ यात्रा

चीनका एक प्रसिद्ध आचार्यको नाति हु–एन–त्सांग तीर्थ यात्रा गर्न र बौद्ध ज्ञान लिन आएका थिए । वि.सं.७५७ ताका दुइ वर्ष नालन्दा बसेर बौद्ध–दर्शन अध्ययन गरेका थिए । गया, सारनाथ, लुम्बिनी सबै स्थान घुमेर १३ वर्ष पछि फेरी मूलभूमि चीन गएका थिए । उनले आफुसंग ६० वटा खच्चरमा लगभग १००० बौद्ध ग्रन्थ लिएर गएका थिए । कैयौँ खच्चर चीनको सीक्याङ् नदीमा डुबेर पुस्तक पनि हराए । जसमध्ये उनले ७०० संस्कृत ग्रन्थ चीनमा पुर्याउन सफल भएका थिए । उनले चीनीया" हरूलाई संस्कृत भाषा सिक्नका लागि ख्रोतान भन्ने स्थानमा एक भाषा विद्यालय पनि स्थापना गरेका थिए ।

                                     

4. बौद्ध र हिन्दु दर्शनका ग्रन्थ

नालन्दाको यस विशाल विश्वविद्यालयलाई बौद्ध विहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । तर त्यहा" हिन्दु दर्शनका अनेक ग्रन्थहरु पनि राखिएका थिए । त्यसबेला यसमा तीन तलाको पुस्तकालय थियो जसमा हातले लेखेका हजारौं पुस्तकहरु थिए । आक्रमणकारीहरूले आगो लगाउंदा तीन महिनासम्म त्यहां आगो बलिरहेको कुरा इतिहासकारहरूले लेखेका छन् ।

                                     

5. अवशेष

यस विश्वविद्यालयका अवशेष आज पनि बोधगया नजिकपाइन्छन् । भगवान् बुद्ध त्यहां धेरै पटक गएको विवरण पाइन्छ । बुद्धका प्रिय शिष्य सारिपुत्रको जन्म यसै स्थानमा भएको थियो ।