Back

ⓘ ब्रिसबेन




ब्रिसबेन
                                     

ⓘ ब्रिसबेन

ब्रिसबेन अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । ब्रिसबेन अस्ट्रेलियाको तेश्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । ब्रिसबेन महानगरीय क्षेत्रको जनसङ्ख्या लगभग २.२४ करोड रहेको छ । ब्रिसबेन नदीको छेउमा रहेको यो शहर क्विन्सल्यान्डको दक्षिण-पूर्वमा मारेटान खाडी र ग्रेट डिवाइडिङ्ग रेन्जको बीचमा रहेको थोर उचाईं भएको समथल भूभागमा स्थित छ । अस्ट्रेलियाको मूल निवासी यसलाई मियान-जिन को नामले चिन्दछन, जसको अर्थ शूलको आकार भएको स्थान हुन्छ । यस शहरको नामकरण सन् १८२१ देखि सन् १८२५ को बीच न्यु साउथ वेल्सको राज्यपाल रहेका सर थोमस ब्रिसबेनको नाममा गरिएको हो । ब्रिसबेनको निवासीलाई ब्रिसबेनाइट भन्ने गरिन्छ ।