Back

ⓘ क्यानबरा




क्यानबरा
                                     

ⓘ क्यानबरा

क्यानबरा अस्ट्रेलियाको राजधानी हो । यसको जनसङ्ख्या ३,८१,४८८ रहेको छ, यो अस्ट्रेलियाको सबैभन्दा बढी क्षेत्र ओगटेको स्थान हो । साथै यो अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ८औ स्थान हो । यो क्षेत्र अस्ट्रेलियाको उत्तरमा रहेको छ । यहाँको निवासीलाई "क्यानबरन" भन्ने गरिन्छ । यो शहरलाई सुनियोजित रूपले बसाइएको छ । ठुला ठुला भवनहरूका साथै यहाँ ३०० भन्दा बढी रेस्टुरेन्टहरू रहेका छन् । सिड्नीबाट क्यानबरा सम्म जलमार्ग, सडक मार्ग र वायु मार्गद्वारा भ्रमण गर्न सकिन्छ । शहरमा घुम्नका लागि बस, ट्याक्सी तथा ट्रमको सुविधा रहेको छ । क्यानबरामा अनेकौ दर्शनीय स्थलहरू मध्ये प्रमुख छन् - ब्ल्याक माउन्टेन, अस्ट्रेलिया वार मैमोरियल, नेशनल फिल्म एन्ड साउन्ड आर्काइबस, नेशनल ग्यालेरी अफ अस्ट्रेलिया, संसद भवन आदि । क्यानबराको प्रमुख बाजार सिटी सेन्टर हो । क्यानबरा अस्‍ट्रेलियाको दोश्रो सबैभन्दा ठुलो शहर हुनुको साथ साथै अस्ट्रेलियाको राजधानी पनि हो । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।