Back

ⓘ इन्डोनेसिया एयर एसिया विमान ८५०१




इन्डोनेसिया एयर एसिया विमान ८५०१
                                     

ⓘ इन्डोनेसिया एयर एसिया विमान ८५०१

इन्डोनेसिया एयर एसिया विमान ८५०१ एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा इन्डोनेसिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो । विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए । विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।

                                     

1. विमान

विमान एयरबस A320-216, क्रम सङ्ख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रूपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रूपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो । यो विमानमा दुई वटा सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6 इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो ।

                                     

2. यात्रुहरू तथा चालक दल समुह

एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।

विमानमा सवार पाइलटहरू निम्न थिए:

  • क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
  • पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इन्डोनेसिया विमान उडाईसकेका थिए ।