Back

ⓘ शंकरदयाल शर्मा




शंकरदयाल शर्मा
                                     

ⓘ शंकरदयाल शर्मा

डा. शंकरदयाल शर्मा pronunciation भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, उनी भोपाल राज्यको मुख्यमन्त्री रहे र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष पनि रहे ।

नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।