Back

ⓘ जाकार्ता




जाकार्ता
                                     

ⓘ जाकार्ता

जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर जावा द्वीपको उत्तर-पश्चिमी तटमा अवस्थित छ। यसको कुल क्षेत्रफल ६६२ किलोमिटर छ भने सन् २०१९ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या १,०७,७०,४८७ रहेको छ। यो सहर इन्डोनेसियाको आर्थिक, सांस्कृतिक र राजनीतिक केन्द्र हो। जकार्ता जनसङ्ख्याको आधारमा इन्डोनेसिया र दक्षिण पूर्व एसियामा पहिलो र विश्वको १०औँ स्थानमा रहेको छ। जकार्ताको स्थापना चौथौ शताब्दीमा भएको हो र सोही समयदेखि यो एउटा महत्वपूर्ण व्यापारिक बन्दरगाहको रूपमा विकास हुँदै आएको छ। जकार्ता डच इस्ट इन्डिजको राजधानी थियो र सन् १९४५ मा स्वतन्त्रता प्राप्तिपछि यो इन्डोनेसियाको राजधानीको रूपमा रहि आएको छ।