Back

ⓘ प्योङ्गयाङ्ग




प्योङ्गयाङ्ग
                                     

ⓘ प्योङ्गयाङ्ग

प्योङ्गयाङ्ग उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछि विकास भएको पहिलो औधओगिक शहर पनि प्योङ्गयाङ्ग नै हो ।

                                     

1. यातायात

प्योङ्गयाङ्ग देशको मुख्य हब हो यहाँ सडक, रेलमार्ग र हवाई मार्गको संजाल रहेको छ जसले आन्तरिक र बाह्य गन्तब्यलाइ जोडेको छ रेल सेवाले छिमेकी शहर दंदोंग र मस्को लाई जोडेको छ ।

                                     

2. शिक्षा

किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो । राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।।