Back

ⓘ बर्न




बर्न
                                     

ⓘ बर्न

बर्न स्वीट्जरल्याण्डको वास्तविक राजधानी हो, जसलाई स्वीसहरूले "सङ्घीय शहर", जर्मनेलीमा Bundesstadt, फ्रान्सेलीमा ville fédérale, र इटालेलीमा città federale भन्दछन्। १,४०,००० जनसङ्ख्या रहेको बर्न स्वीट्जरल्याण्डको बढी जनसङ्ख्या भएको पाचौँ ठूलो शहर हो। बर्न मण्डल, जसमा ३६ नगरपालिकाहरू छन्, यसको जनसङ्ख्या सन् २०१४ को तथ्याङ्क अनुसार ४०६,९०० रहेको छ। सन् २००० मा महानगरीय क्षेत्रको जनसङ्ख्या ६,६०,००० थियो। बर्न, बर्नको क्यान्टोनको राजधानी पनि हो, स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको क्यान्टोन हो।

बर्नको आधिकारिक भाषा मानक भाषाको स्वीस प्रकार जर्मन हो, तर सबैभन्दा धेरै बोलिने भाषा अलेमानिक स्वीस जर्मन भाषिका, बर्निस जर्मन हो।

सन् १९८३ मा, बर्नको केन्द्रमा रहेको ऐतिहासिक पुरानो शहर जर्मनेली: Altstadt युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा घोषित भएको थियो।