Back

ⓘ जेरुसेलम




जेरुसेलम
                                     

ⓘ जेरुसेलम

जेरुसेलम इजरायल देशको राजधानी हो, जुन केही देशहरूद्वारा विवादित मानिएको छ । यो यहूदी धर्म, ईसाई धर्म र इस्लाम धर्म, तीनैको पवित्र भुमि हो । एतिहासिक पृष्ठभुमि अनुसार जेरुसेलम प्राचिन यहूदी राज्यको केन्द्र राजधानी रहेको थियो । यो शहर भूमध्य सागर र मृत सागर बीच जुडियन पर्वतको एउटा पठारमा स्थित विश्वको सबैभन्दा जेठो तथा पुरानो नगर मध्ये एक हो । यसको लामो इतिहास हेर्दा जेरुसेलमलाई कम्तीमा दुई पटक नाश गरिएको, २३ पटक घेरा हालिएको, ५२ पटक आक्रमण, र ४४ पटक कब्जा र पुनः कब्जा गरिएको थियो । यो शहर सबैभन्दा पुरानो भाग ४औ सहस्राब्दीमा बसोबास भएको इतिहासमा रहेको छ । सन् १५३८ मा, सुलेमान अन्तर्गत जेरुसेलमको वरपर भव्य पर्खाल निर्माण गरियो । आज ती पर्खाललाई पुरानो शहरको रूपमा चिनिन्छ जसलाई १९औ शताब्दीको प्रारम्भमा परम्परागत चार भागमा विभाजित गरियो आर्मेनियाली, मसीही, यहूदी, र मुस्लिम । यस पुरानो शहरलाई युनेस्कोले सन् १९८१ मा विश्व सम्पदा सूचीमा राख्यो तर हाल यसलाई खतराको सूचीमा सूचीबद्ध गरेको छ । आधुनिक जेरुसेलम शहर पुरानो शहरको सीमाबाट हाल टाढिएको छ । यहाँ यहूदीहरूको परमपवित्र सुलैमानी मन्दिर हुन्थ्यो जसलाई रोमनहरूले नष्ट पारेका थिए । यो शहर जिसस क्राइस्टको कर्मभुमि रहेको छ ।

राजधानी हुनुका साथै यो इजरायलको महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । यो शहरमा १५८ गिरिजाघर तथा ७३ मस्जिद रहेको छ । यहाँ गिरिजाघर तथा मस्जिदहरु बाहेक हेर्न लायक धेरै स्थानहरु रहेका छन् । द इजरायल म्‍यूजियम, याद भसीम, नोबेल अभ्‍यारण, अल अक्‍सा मस्जिद, कुव्‍वत अल सकारा, मुसाला मरवान, सोलोमन टेम्पल, वेस्‍टर्न वाल, डेबिडस गुम्‍बद आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।

                                     

1. बाह्य कडीहरू

  • Jerusalemp3, offers free virtual tours in mp3 format from the Jerusalem Municipality
  • Official website of Jerusalem Municipality
  • जेरुसेलम कर्लीमा

Government

  • Basic Law: Jerusalem, Capital of Israel, Government of Israel, the Israeli law making Jerusalem the capital of Israel
  • The Status of Jerusalem PDF 159 KB, United Nations document related to the recent dispute over Jerusalem

Culture

  • Yad Vashem, Israeli memorial to victims of The Holocaust
  • Israel Museum, one of Jerusalems premier art museums

Education

  • Hebrew University of Jerusalem, Jerusalems foremost institution of higher learning
  • al-Quds University, the only Palestinian university in Jerusalem

Maps

  • Ancient Maps of Jerusalem, from the Jewish National Library at the Hebrew University of Jerusalem
  • Maps of Jerusalem, from Israel Star News
  • Modern maps, post-1947 from PASSIA
  • Modern-day map of Jerusalem, from City of Jerusalem.

Religion

  • The City of Jerusalem in Islam
  • The significance of Jerusalem in Judaism, NSW Jewish Board of Deputies
  • The significance of Jerusalem to Christians, International Christian Embassy Jerusalem
  • BBC: Why is Jerusalem so Holy?