Back

ⓘ श्रेणी:सम्पदाहरू




                                               

अजयमेरुकोट

अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित अजयमेहरु कोटको नामले नामाकरण भएको एक गाउँ विकास समिति हो। बाइसे राज्य कालिन डोटी राज्यको राजधानी यसै गाविसमा रहेको थियो। डडेल्धुरा जिल्ला अमयमेरु गाविस वार्ड नम्बर ८ हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेहरु कोट छ। यो कोट अजयमेरु गाउँ विकास समितिको ७, ८ र ९ वार्ड नं.का ३ वटा डाँडाको फेदले छोएको डाँडाको टाकुरामा छ। तीनवटै वार्डहरूले छोएको भएपनि वाड नं ८ को धेरै भूभाग यस कोटभएको स्थलमा पर्दछ । यस कोटलाई स्थानीयहरु हाँटकोट भनेर चिन्दछन् । यो स्थान डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिम २ घण्टाको बाटो पैदल ...

                                               

कीर्तिखम्बा

कीर्तिखम्बा शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्त्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ।

                                               

देवल

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुङ्गाहरूबाट निर्माण गरिएका सामुहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्साउने अवशेष हुन्। यस्ता देवलहरू नुवाकोटदेखी पश्चिम र उत्तर भारतको कुमाउँ गढवाल पूर्वको भु-भागमा मात्र प्राप्त भएका छन्। देवलहरू सबैभन्दा बढी दैलेख जिल्लामा प्राप्त भएको छन्। यी देवलहरूले हिन्दु धर्म र बौद्ध धर्मलाई समान रूपमा ग्रहण गरेको छन्। देवलहरूको उपस्थितीले समग्रमा तत्कालिन कर्णाली प्रदेशको प्रभाव क्षेत्रलाई प्रतिनी धित्व गरिरहेको छ। तिथिमिति उल्लेख गरिएका देवलहरूको विश्लेषण गर्दा यस प्रकारका देवलहरू निर्माण गर्ने परम्परा सिंजा साम्राज्यको स् ...

                                               

पाटी

पाटी प्राचिन कालमा बटुवाहरूकालाई आश्रय लिनको लागि निर्माण गरिएका भवनहरू हुन् । पाटी तथा पौवाहरूको निर्माण त्यो बेलाका राजा, रानी, मन्त्री, काजी, जरनेल, करनेल जस्ता ठुलो पद धारण गरेका व्याक्तिहरूले गराउँथे । यस्ता पाटी र पौवाहरूको निर्माण सार्वजनिक स्थान, बाटो, तत्कालिन राज्यका राजधानी, तिर्थस्थल, तत्कालिन व्यापारिक स्थानहरू वरिपरी गरिन्थे । दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित काजि जसपाउको पौवा, भक्तपुर दरवार क्षेत्रमा रहेको पाटी जस्ता विभिन्न स्थानमा निर्मित पाटी तथा पौवाहरू अहिले जिर्ण अवस्थामा रहेका पाइन्छन् ।

                                               

बोगटाकोट

बोगटाकोट बोगटी राजाको कोट हो । यो प्राचीन कोट डडेल्धुरा जिल्लाको बोगटा मा छ । वोगटाकोट डडेल्धुरा जिल्ला भागेश्वर गाविस वार्ड न - १ मा पर्दछ । वोगटामा मल्लो, बीच र तल्लो गरी ३ कोट छन । प्रमूख कोटलाई मल्लोकोट भन्ने गरिन्छ । यस कोटको केही दुरीमा राजाको वैठक बस्ने घर छ । त्यसलाई बीच कोट र १०० मिटर तल राजाका घोडा बाँध्ने तवेला छ । तवेला भएको स्थानलाई तल्लोकोट भनिन्छ । प्रमूखकोट र बीचकोट वरपरका अन्य पत्थरले छाएका साना साना एक वा दुई तले घरहरूलाई पनि कोटमै गणना गरिन्छ । कोटघर सहित निर्माण भएका घरहरु एक मिटर चाक्लो गरी ढुङ्गाले चिनेर बनाएका छन । भूकम्प आउँदा नभत्केओस भनेर बीच बीचमा टाईबीम जस्तै सा ...

                                               

ब्रहमदेव

ब्रह्मदेव प्राचीन नगरी ब्रह्मदेव मण्डी कत्युरी वंशजका राजा राजा ब्रह्मदेवको नामबाट स्थापना भएको हो । डोटी क्षेत्रमा वि.स.१४ औ शताब्दीमा राज्य गर्ने कत्युरी वंशजका पाल राजाका पूर्वज मानिने राजा ब्रह्मदेवको यो स्थान ऐतिहासिक स्थान हो । यो स्थान कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार क्षेत्रबाट उत्तरमा रहेको नयाँ ब्रह्मदेव भन्दा साडे चार किलो मिटर उत्तर महाकाली नदीको पूर्वी तटमा अवस्थीत छ । यहाँ ५२ ढोका भएको प्राचीन दरवार स्थल छ । यस स्थललाई भिमदत्तको सेना बसेको स्थानले पनि चिन्ने गरिन्छ । यो स्थान तत्कालीन डोटी राज्यकालमा पहाडी वाटो भएर व्यापार गर्ने स्थान तथा प्राचीन ब्रह्मदेव बजार भनिन्छ । यस ...

                                               

लाजिम्पाट दरबार

लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे वंशको दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर त्यसपछि अग्नि शम्शेरले लिए ।

शितलपाटी
                                               

शितलपाटी

शितलपाटी तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यसलाई जनरल खड्ग शमशेर जंगबहादुर राणाले सन् १८९१ देखि १९०२ सम्मको उनको कार्यकालमा बनाएका थिए । यो भवन मुगल शैलीमा तयार गरिएको मौलिक संरचना हो । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुरा कानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना अष्ठभुज आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ ।