Back

ⓘ मठैराज मन्दिर




मठैराज मन्दिर
                                     

ⓘ मठैराज मन्दिर

मठैराज मन्दिर बैतडी जिल्ला कैलपाल गा.वि.स. वडा न.८ गेरडामा अवस्थित छ । मठैराज बाबाको मन्दिरमा हरेक रक्षाबंधन तथा जनैपूर्णिमा को दिन धुम धाम सँग पूजा आजा गरिन्छ।

                                     

1. विशेषता

मठैराज देवतालाई विशेष महत्त्वका साथ हेरिन्छ। मठैराज देवता रिसाएमा अनिश्ट हुन्छ भन्ने भनाइ रहेको छ। मठैराज देवतालाई यस क्षेत्रका जनताहरूले कुल देवता मानी पूजाआजा गर्ने गर्दछन ।

                                     

2. कसरी पुग्ने

मठैराज देवता को मन्दिर पुग्न निम्न बाटो प्रयोग गर्नु पर्छ ।

  • पाटन - गेरडा दशरथ चन्द राजमार्ग कै पाटनमा गाडिबाट ओर्लिसकेपछी पाटन बजार तल सुर्नया पुल तरेर एक घन्टा को ठाडो उकालो चढिसकेपछि लदौली गाउँ आउँछ त्याहाँबाट डङसिली हुँदै गरेडा का साथै मठैराज मन्दिर पुग्न सकिन्छ ।यो बाटो पनि दुई देखि तीन घंटा सम्म को रहेको छ।
  • अनारखोली -गेरडा दशरथचन्द राजमार्गमा पर्ने अनारखोलीमा गाडीबाट झरेर बैतडी र डडेलधुराको सिमाना छुट्याउने डाँडा छ त्यो डाँडै डाँडा भएर खतेडा को दोकान,चुल्लेख चुल्लेखबाट डङसिली हुँदै गेरडा सम्म पुग्न सकिन्छ ।यो बाटो पैदल दुई देखि तीन घन्टा सम्मको रहेको छ ।