Back

ⓘ बोहरा



                                     

ⓘ बोहरा

बोहरा नेपाल तथा भारतमा बसोवास गर्ने खसआर्य समुदायको एक थर हो । बोहरा थरका मानिसहरू नेपालको सुदुर तथा मध्य पश्चिम क्षेत्र भारतको उत्तराखण्डमा बढी बसोवास गर्छन् । यस बाहेक नेपालको अरु जिल्ला र भारतमा समेत बसोवास गरेको पाइएको छ। बोहरा क्षत्रीहरू कत्युरी राज्यकालमा कटक थिए । कत्युरी राज्य माथी चन्द र चन्द्र माथी मल्ल को बिजय पछि पनि राज्य मा बोहराको उपस्थिति देखिन्छ। पिरी बोहरा तत्कालिन डोटी राज्यका सेनापति थिए । कुमाउँ राज्यले डोटी राज्य माथि युद्धको घोषणा गरेपछि तत्कालिन डोटेली राजा हरि शाही प्रथमले डोटी राज्यको नेतृत्व गर्दै दलबल सहित पिरी बोहरालाई कुमाउँको युद्धमा लड्न पठाएका थिए । पिरी बोहराले कुमाउँको युद्धमा निकै रण कौशल देखाएका थिए । तर अन्तिम चरणमा लड्दालड्दै वीरगति प्राप्त गरेका थिए । त्यो युद्धमा डोटी राज्यले एक वीर पैकला गुमाउनु पर्दा डोटीका तत्कालिन राजाले युद्धमा भए गरेको सम्पूर्ण घटनाको सार संक्षप प्रस्तुत हुने गरी चैतको रचना गर्न लाएका थिए । आज पनि सुदूर पश्चिमका जनता चाड पर्वमा विशेष गरेर गौरा पर्वको अवसरमा आफ्नो राष्ट्रिय समाज र स्वजातिय अस्तित्वकोलागि आफ्नो जीवन उत्शर्ग गर्ने वीर शहिद प्रतिको श्रदा प्रकट गर्ने उद्देस्यले यस्ता वीर गाथाहरूलाई प्रस्तुतीको रूपमा गाउने गर्दछन् । अहिले बोहरा;

  • जनै नलगाउने अनन्ते बाँध्ने कुकुडे Matwali? क्षत्री बोहरा
  • खट्केला बाहुन बोहरा,
  • Kami
  • sarki
  • Magar
  • जनै लगाउने क्षत्री बोहरा
  • Sauka
                                     

1. कोटेली बोहरा

डडेलधुरा जिल्लाको कोटेली गाविस वडा नंवर २ निन्तोला गाउँका बोहराहरू पिरी बोहराका सन्तती हुन् । पिरी बोहरालाई डोटी राज्यका एक वीर पुरुषको रूपमा चिनिन्छ । पिरी बोहराको जिवनीमा आधारित चैत गीत त्यो क्षेत्रमा आज गौरा का साथै स्थानिय मेला तथा चाडपर्वहरूमा गाउने गरेको पाइन्छ ।

                                     

1.1. कोटेली बोहरा पिरी बोहराको जीवन परिचय

नेपाल तत्कालिन बाईसे चौबिसे राज्य अवस्थामा विभाजित थियो । सो मध्य डोटी राज्य पनि एक थियो । यहा नागी मल्ल देखि दिप शाहीसम्मका राजाहरूले राज्य गरे । राजा भुपती शाही पश्चात राजा हरि शाहि प्रथमको राज्यकाल थियो । राजा हरिशाही प्रथम सहित विभिन्न राजाहरू आफ्नो राज्यलाई फराकिलो अथवा ठुलो बनाउन युद्ध गरेर हार जीतबाट बनाउने गर्दथे । डोटी राज्यको राजधानी डडेलधुरा जिल्लाको अजयमेरु गाविस वडा नंवर ७ मा पर्ने अजयमेरुकोटमा थियो । तत्कालिन कुमाउँ राज्यका राजा विजय चन्द थिए । डोटीका राजा हरिशाहीले कुमाउँ राज्य कब्ज्याउने होडबाजीमा युद्ध गर्ने प्रस्ताव आयो । राजा हरिशाहीले आफ्नो सेना बलियो बनाउन रण गर्ने आफ्नो सेनाको सेनापति प्रगलाको चयन गर्ने आफ्ना युवराज तपिराम शाही सङ्ग्राम शाहीलाई सक्रिय गराए । गाउँ गर्खामा पैकलाको चयन गर्ने कार्यको थालनी भयो । डोटी कुमाउँ ढुकुरीको खेट पिरी मल्ल कुँवर चलिगया रैका जयुकी भन्दै पिरी मल्ल कुंवर शाहीका लुगा धुने नाउलो बोहरो जन्मी गयो गढ पिरी बोहरो । विष्णू बोहराका नाती कृष्ण कुजर बोहरा तथा माता रानी जायका वीर सपुत पिरी बोहराको जन्म विक्रम संवत १६०७ सालमा तत्कालिन गर्खा निन्तोला गाउँ हालको डडेल्धुरा जिल्ला कोटेली गाविस वडा नंवर २ निन्तोलामा भएको थियो । वंशावलीका अनुसार यिनका पुर्खाहरूसँग अजयमेरुकोटमा रणको कला कौशलता र ढाल तरवार चलाउनको निपूर्णता देखाउने यिनको खेल रहि आएको थियो । सिइ हाल्यो झगुली उडेली हाल्यो फेर, रिसको बोहरा कसैकी नहेर सिइ हाल्यो झगुली राखी हाल्यो कठौ तिन्तोले बोहरा बचनको छटो सिइहाल्यो झगुली राखी हाल्यो पाती सोही पिरो बोहराको वंश लगाइ नघाती भाइ जईतारो मेरो बोल लेन मेरो हतियार बाहिर सारिदेउ । दुवै राज्यका सेनाको पिथौरागढमा भेट भेट हुन्छ दुबै सेनाको भिडन्त भएको थियो जसको विवरण चैतले बताएको छ । सिइहल्यो झगुली उडेली हाल्यो बाउला, पिरी बोहरा जाइ लाग्यो खाउला, बोहराको कटर पिलैको घुन छ परी झुकाइ बोहरा मारी दिनु हुन्छ । रण मुख सण मुख बोहरा लडान थियो कुमैयाको जुल्फी समाई खेल खेलिन्थ्यो चन्द्र सूर्य दिपिनी घाम तल हेर पिरी बोहरा मुगलकी राम। यसै सन्दर्भमा डोटी राज्यमा मुगलहरूले पटक युद्ध गरी सताइ राखेका थिए । यस युद्ध पूर्व र पश्चात पनि मुगलहरूसँग युद्ध गर्नु पर्ने थियो । पिरी बोहराले कैयों पटक युद्ध गरेका उदाहरणहरू चैत चित्रणको गायनबाट झल्केका छन् । अब यहाँ पिथौरागढको युद्ध चरणमा आइ पुगेको छ र पिरी बोहराले युद्धमा वीरता देखाएको वीर कथाको वर्णन गरिएको छ । पिथौरा माथी फूली गइ भडग्याल पिरो बोहरा पडी गइ सयकी अङ्ग्याल, सनु ताली खुकुरी चन्दनैको भिड शयकी अपाल पिरी लय हिंड पिथौरा माथी बाजोलो भानो जो बोहरा भलो छियो बैसहोयो नानो धन्नो पायल पिरी बोहरा धन्न तेरिया हरी ठाकुरकी निम्ती आफ्नो जीउ दिय । विक्रमको १७ औँ शताब्दीको प्रारम्भमा भएको पिथौरागढ युद्धमा पिरी बोहराले धेरै वीरता कला कौशलताका साथ आफ्नो पूर्ण जिउ ज्यानबाट युद्ध गर्दै विक्रम संवत १६३७ शाके संवत १५०२ मा वीरगति प्राप्त भयो । पिरी बोहराले आफ्नो हातबाट ककलको पातमा लेखेको पत्र रणमा परेको विवरण सिपिही पिरी बोहराको मृत्यु पश्चात ठाकुर हरी शाहीले संदेश निन्तोला पुराए तथा सुदुर पश्चिमको महान चाड गौरापर्वमा चैत गायनको प्रचलन चलाएका थिए । कोही जोलिया चेलाको सुनी बात रण परया पिरी बोहरा वेली प्रभाव सातका सतिया भाईला मिलिजुली रहया मेरो हुनु लाडु चिउडा बाँडीचुडी खाया मेरा माया बा खी अपुता जन कया मेरी रानी खी रणी जन कया मेरा जति चेलाचेली खी हे मुले जन कया मेरी रानी खी आउनै छ कया जौ गडा ज्वाँतो धान गडा साउँ तेरो पिरी बोहरा चम जुग जुग नाउँ । मातृभूमिको निमित्त जिउ ज्यान दिने यस वीर पुरुष पिरी बोहराको चैत गाथा सुदूर पश्चिमका विभिन्न जिल्लामा हुने गौरा पर्वमा पनि गाइने गरिन्छ । डडेल्धुरा जिल्ला कोटेली गाविसको निन्तोला गाउँका बोहराको कुल देवता कालिदुर्गाको स्थापना, रण विजय गरी ल्याएका प्राचिन देवल माथी राखिएको ढुङ्गाको मुर्ती पिरी बोहराकी रानीको नुहाउने नाउलो यस वीर पुरुषका चिन्ह हुन् । पिरी बोहरा आज पनि अमर छन् ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →