Back

ⓘ गणेश धुरा




गणेश धुरा
                                     

ⓘ गणेश धुरा

गणेश धुरा नेपालका बैतडी जिल्ला र डडेलधुरा जिल्लाको सिमानामा पर्ने अति नै रमणिय पर्वतको नाम हो। यो बैतडीको कैलपाल गाविसमा हाल पाटन नगरपालिका वडा नं.१ र डडेल्धुराको अजयमेरु गाविसमा पर्छ ।

गणेश धुरा पर्वत महत्त्वाकांक्षी बोकेको पहाड हो । गत वर्ष जिल्ला विकास समिती को कार्यालय बैतडी को बैठकमा गणेश धुरा लाई पर्यटकीय क्षेत्र घोषणा गर्ने सम्बन्धमा कुरा पनि उठेको थियो। हालसम्म यो क्षेत्र पर्यटकिय क्षेत्रमा घोषणा हुन नसके पनि छिट्टै घोषणा हुने तयारीमा रहेको छ। गणेश धुरा पर्वत लाई दुई महत्त्वबाट हेर्न सकिन्छ ।

  • श्री गणेश भगवानको मन्दिर - यश गणेश धुरा मन्दिर को चुट्टी मा गणेश भगवान को मन्दिर रहेको छ । उक्त मन्दिर मा यश वरपर डङसिली गाउँ गेरडा गाउँ अजयमेरु सकार चिपुरतथा भद्रपुर क्षेत्र का मानिसहरु गणेश मन्दिर धुमधामसँग पूजाआजा गर्ने गर्दछन् र यो मन्दिरलाई यस क्षेत्रका जनताहरूले धेरै मान्ने गर्छन।
  • टाकुरा -गणेश धुरा टाकुरो अर्थात गणेश धुरा पर्वत यति रमाइलो छ कि यो धुरा पुग्ने मानिस जो कोहि पनि मोहित भएरै जान्छ । यो धुरा को टुप्पोबाट बैतडी डडेलधुरा डोटी अछाम बाजुरा दार्चुला र भारत को उत्तराखण्डआदिको मनोरम दृश्य देख्न पाइन्छ।
                                     

1. कसरी पुग्ने

बैतडी कैलपाल ९ डङसिलीका सिल्ङ्गारुख पसलहरूबाट पुर्ब आधा घन्टाको ठाडो खुड्कुडी भन्ने प्राचीन कालमा बनेका ढुङ्गाहरूको खुड्किलाहरू छ। उक्त खुड्किला सयौं वर्ष पहिले बनेको भनाइ पाइन्छ । त्यो खुडकुडी डङसिलिको सिलङाको रुख देखी ठाडो लस्करै गणेश धुराको टाकुरा सम्म नै छ । उक्त खुड्किला चढिसकेपछि गणेश धुराको टाकुरो आउँछ । उक्त टाकुरा अति नै रमाइलो छ। त्यहाँबाट महाभारत पर्वत डडेल्धुरा खलङ्गा र बैतडीको देहिमान्डौ पाटन लगायत विभिन्न ठाउँहरूको रमणिय दृश्य देक्न पाइन्छ । यो पर्वत नेपालको पर्यटकिय क्षेत्रमा घोषणा भैसकेको छ ।