Back

ⓘ टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)




टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)
                                     

ⓘ टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)

टुवेल्भ इयर्स अ स्लेभ एउटा एतिहासिक ब्रिटिस-अमेरिकन ड्रामा चलचित्र हो । यो चलचित्रमा एउटा पात्र सोलोमन नर्थअप जो कि अफ्रिकीअमेरिकन हुन्छ उसलाई सन् १८४१ मा अमेरिकाको वासिंगटन राज्यबाट अपहरण गरी बेचिएको हुन्छ । यो निर्देशक स्टिभ म्याकक्विनको तेश्रो चलचित्र हो । यसको पटकथा जोन रीडलेले लेखेका थिए । सोलोमोन नर्थअपको भूमिकामा चिवेटल इजियोफरले गरेका छन् । तथा निर्वाहक भूमिकामा माइकल फासबेन्डर,बेनेडिक्ट कम्बरवाच,पाउल डनो,पाउल जियामटी,लुपिटा न्योंगओ,सराह पाउलसन,ब्र्याड पिट तथा अल्फ्रे वुडवार्डले गरेका छन् । चलचित्रको मुख्य फोटोग्राफी सन् २०१२ को जुन २७ देखि अगस्त १३ सम्म न्यु ओर्लियान्स,लुसियानियामा गरिएको थियो ।