Back

ⓘ रुपा ताल




रुपा ताल
                                     

ⓘ रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि. रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।

                                     

1. तालको अर्थव्यवस्था

रुपा ताल पोखराको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाउन सकिन्छ । यस तालमा रुपाताल मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिएको छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सर्थको परिधिमा रहेर निजि स्तरमा पनि केजजाली बनाएर माछा पालन पनि गरिन्छ ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ, जुन नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् । पोखरामा रुपालात भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् । ति ताल मध्य सबै भन्दा धेरै चरा पाइने यही ताल हो । चला अबलोकनार्थ सबै भन्दा सहज यही ताल रहेको छ ।

                                     

2. अन्य आकर्षणहरू

बेगनास ताल

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

बेगनास योगा एण्ड रिट्रट

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट