Back

ⓘ बेगनास ताल




बेगनास ताल
                                     

ⓘ बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ ।

                                     

1. आर्थिक अवस्था

बेगनास ताल संगै रहेको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ । यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ । बेगनास तालको कयों क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ ।

बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाइन्छ । फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने यही ताल हो । यस तालमा मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिन्छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सथको परिधिमा रहेर निजि स्तरमा पनि केजजाली बनाएर माछा पालन गरिन्छ ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ । यो तातो पानीमा फस्टाउने अफ्रिकन जातको माछा हो, नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने स्थानिय माछाहरूमा रहु, नैनी, भाकुर, सहर, हिलेमाछा आदी पदर्छन् । पोखरामा बेगनास ताल भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् ।

                                     

2. अन्य आकर्षणहरू

रूपा ताल

बेगनास योगा एण्ड रिट्रट

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट