Back

ⓘ श्रेणी:मनोरञ्जन




                                               

चुट्किला

चुट्किला जसलाई अर्को भाषामा चुट्किलो भनेर पनि भन्ने गरिन्छ।तर नेपाली विभिन्न समुदायहरूमा ठाउँ र परिवेश अनुसार चुट्किला तथा चुट्किलो भनेर बुझिन्छ।जसलाई हामी हाँसो वा मनोरञ्जनका एक साधनका रूपमा पनि लिन सकिन्छ। वास्तवमा चुत्किला भन्नाले छिटोछरितो तथा चिटिक्क तरिकाबाट कुनै घतलाग्दो कुरा वा तर्क अथवा मनोरञ्जनका कुरो प्रस्तुत गर्ने माध्यामलाई बुझ्न सकिन्छ।

                                               

च्याम्पटी

च्याम्पटीको तल्लो छेउ ढुङ्गामा घोटेर टुप्पो तिखार्ने, त्यसलाई लट्टुझैँ फननन् घुमाएर जुधाउने र हारजितमा रमाउने नेपाली मौलिक खेल हो र यो मीनपचास विदाकोमा खेलिन्थ्यो। मौसम अनुसार खेलिने यो खेलमा आफ्नै मौलिकता पनि छ तर आजभोलि यस्ता खेलहरू लोप भइसके। च्याम्पटीलाई घुमाएर खेल्न केही प्रविधि, सीप र चतुर्‍याइँको पनि जरुरी पर्दछ। त्यसैले गतिलो, पोसिलो र बान्की मिलेको गेडा छानेर त्यसको फेदको भागलाई ढुङ्गामा चारैतिरबाट घोट्दै बीचमा चोसो वा टुप्पो निकालिन्छ। त्यसले सानो लट्टुको आकार लिन्छ। अनि त्यसलाई दुई औँलाले च्यापेर घुमाइन्छ। घोटेको सन्तुलन मिलेन भने त्यो च्याम्पटी जँड्याहा मान्छे दौडेजस्तै रिँगाई, ...

                                               

बुलबुल (रेडियो कार्यक्रम)

उज्यालो एफ् एम् ९० मेहगाहर्जमा काठमाडौ र यसको आसपासको क्षेत्रमा र देश भर विभिन्न समुदयिक रेडियोहरूद्वर रिले प्रसारण गरिने साहित्यिक कार्यक्रम हो।उत्पदकहरूले यसलाई बुलबुल - एउटा ईरानी चरा भन्ने उपनाम दिएका छन।

                                               

रेडियो निङ्गलाशैनी

रेडियो निङ्गलाशैनी एक समाचारमुलक, सूचना, शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम स्टेसन हो । रेडियो निङ्गलाशैनी सञ्चार आधुनिक पुस्ताका लागि भन्ने नाराका साथ २०७० साल असारमा स्थापना भएको हो । दैनिक १८ घण्टा प्रसारण हुदै आएको यो एफएमले नेपाली भाषाका साथै डोटेली भाषामा समाचारहरू र कार्यक्रमहरू प्रसारण गर्दछ । यस एफ एम स्टेसनको मुख्यालय बैतडीको गुरुखोला गा.वि.स. मिलनचौकमा रहेको छ ।

                                               

रेडियो मिर्मिरे

रेडियो मिर्मिरे एक समाचारमुलक,सुचना,शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।रेडियो मिर्मिरे आवाज विहिनहरूको आवाज भन्ने नाराका साथ २०६४ साल चैत्रमा स्थापना भएको हो। यो एफएम मनोरञ्जनात्मक कार्यक्रमहरू मात्र प्रसारण गर्ने नभई राजनीतिक परिवर्तनहरूको लागि पनि उत्तिकै भूमिका खेल्दै आएको एफएम पनि हो। अग्रगामी परिवर्तनको आवाज बुलन्द गर्ने र परिवर्तनको चेतना वृद्धि गर्ने यो एफएमले लक्ष्य राखेको छ। दैनिक १८ घण्टा प्रसारण हुदै आएको यो एफएमले नेपाली भाषाका साथै नेपाल भाषा, तामाङ् भाषाका समाचारहरू प्रसारण गर्नुका साथै भोजपुरी, अङ्ग्रेजी लगायतका भाषाका कार्यक्रमहरू पनि प्रसारण गर्दछ। यस एफ एम च्या ...

                                               

वनभोज

वनभोज अथवा पिकनिक घरबाट बाहिर खुल्ला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणिय स्थानहरूमा गएर खानेकुराहरू खादै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठा मीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन ।

                                               

होमर सिम्प्सन

होमर जे सिम्प्सन द सिम्प्सन्स नामक एनिमेटेस टेलिभिजन हाँस्य श्रीङ्खलाका प्रमुख पात्र हुन्। उनकी श्रीमती मार्ज सिम्प्सन, छोरा बार्ट सिम्प्सन, छोरीहरू लिजा सिम्प्सन र म्यागी सिम्प्सन, र बुवा अब्राहम सिम्प्सन हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा पात्रका रूपमा प्रस्तुत गरिएको छ। तर उनी एक असल लोग्ने र बुवा हुन्। होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासँग सम्बन्धित छ। होमर पात्रको स्वर ड्यान क्यास्टालेन्टाले दिएका छन्। होमरले एक आम मध्यमवर्गीय अमेरिकीको भूमिका निभाएका छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, सामान्य भन्दा बढी तर जड्याँहा भन्दा कम रक्सी सेवन गर्छन, साधारण काम गर् ...

                                               

थङ्सिन सङ्गीत

थङ्सिन सङ्गीत मनोरञ्जन समूह एक चिनियाँ कम्पनी हो जसले चिनियाँ बजारको लागि सङ्गीत प्रवाह सेवाहरूको विकास गरेको थियो। यो थङ्सिन र स्पोटिफाई बीच एक संयुक्त उद्यम हो। कम्पनीका अनुप्रयोगहरू जस्तै क्युक्यु सङ्गीत, कुगो, र कुवो सहित यसमा ७०० मिलियन भन्दा भन्दा बढी सक्रिय प्रयोगकर्ता र १२० मिलियन भुक्तान ग्राहकहरू रहेका छन्। जुलाई २०१६ सम्ममा, थङ्सिन सङ्गीतका तीन सेवाहरूले चीनमा सङ्गीत प्रवाह सेवाको अनुमानित ५६% भाग ओगटेको छ।

                                               

साईकल

साईकल मानव शक्तिद्वारा संचालित हुने यस यातायातको साधनलाई खुट्टाले पाउदानी घुमाएर चलाईन्छ । यसका दुईटा चक्काहरू हुन्छन। चक्का र पाउदानी विचको यान्त्रिक शक्तिलाई प्रसार गर्न जंजिर हुने गर्दछ ।यसको हेन्डललाई मोडेर चाहिएको दिशामा लैजान सकिन्छ। साईकलको अविष्कार १९औं शताब्दिमा युरोपमा भएको हो।साइकलमा यात्रा गर्ने या साइलक सम्वन्धी ज्यान भएका व्यक्तिलाई साइक्लिस्ट भनिन्छ ।यस यन्त्रलाई हालसम्म विश्वको धेरै भूभागमा मूख्य यातायातको साधनको रूपमा प्रयोग गरिदै आइएको छ ।यसलाई व्यायम,मनोरञ्जन,फौजी या प्रहरी, हुलाकीको लागि पनि प्रयोग गरिन्छ ।

                                               

वादी समुदाय

वादी समुदाय नेपालको पछाडिएको समुदाय हो। अल्पसंख्यकरूपमा रहेको यो समुदाय आर्थिक–सामाजिकरूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै संख्यामा रहेको भए पनि मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा यो समुदायको प्रतिनिधित्व देखिएको छ । ‍‍

                                               

आइफोन

आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए । र यो २९ जुन २००७ मा बजारमा आएको थियो । यसको सबैभन्दा पछिल्लो संस्करण आइफोन ६ र आइफोन ६+ हो । नेपालमा पनि आइफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ ।

                                               

आलिबाबा समूह

अलिबाबा समूह होल्डिंग लिमिटेड एउटा चिनिया इ-कमर्श कम्पनी हो जसले वेभ पोर्टल मार्फत उपभोक्ता देखि उपभोक्तासम्म, व्यावसाय देखि व्यावसाय विक्रि सेवा प्रदान गर्दछ । यस इलेक्ट्रोनिक भुक्तानी सेवा, खरिद विक्रि सम्बन्धी सर्च इन्जिन तथा क्लाउड कम्प्यूटिंग सेवा समेत उपलब्ध गराउने गर्दछ । यो समूहको शुरूवात सन् १९९९ मा ज्याक माले चिनिया उत्पादकहरूलाई विदेशी खरिदकर्ताहरूसँग जोड्ने उद्देश्यले अलिबाबा डट कमबाट गरेका थिए । सन् २०१२ मा अलिबाबाको दुई पोर्टलहरूले करिब ११० खर्बको विक्रि गरेका थिए । यस कम्पनीको प्रारम्भिक पब्लिक अफरिंगको बन्द हुने समयमा यसको बजार मूल्य अमेरिकि डलर २३१ अर्ब रहेको थियो । नोभेम् ...

                                               

एडभान्स इन्फो सर्भिस पब्लिक कम्पनि लिमिटेड

उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया एआइएस को रूपमा उल्लेख गरिने, थाइल्यान्डको सबै भन्दा ठूलो जीएसएम मोबाइल फोन सञ्चालक हो । सन् २०१६ का अनुसार ३९.८७ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । अप्रिल १९८६ मा स्थापित यस कम्पनीले कम्प्यूटर रेन्टल व्यवसाय वा भाडाबाट हुने आम्दानीको रूपमा आफ्नो सेवा सुरू गरेको थियोे । अक्टोबर १९९० मा, यसले ९०० मेगाहर्जका साथ एनालग मोबाइल फोन सेवा सुरु गरेको थियोे । यो कम्पनी विस्तार हुन पुर्व, थाइल्यान्ड टेलिफोन सङ्गठनले २०-वर्ष सम्म एकाधिकार प्राप्त गरेको थियोे र पछि ९०० आबृत्तिमा सेवा सञ्चालन गर्न अनुमति पाउने पहिलो कम्पनी बनेको थियो । यो अत्यधिक लाभ ...

                                               

र्‍यामब्लर्

र्‍यामब्लर् एक रूसी खोज इञ्जिन हो र रूसको सबैभन्दा ठूलो वेब पोर्टलहरू मध्ये एक हो। यसलाई र्‍यामब्लर् मिडिया ग्रुप र प्रोफ-मिडियाले सन् २००६ देखि नियन्त्रण गरेको छ। यो सन् १९९६ मा स्ट्याक लिमिटेडद्वारा सुरुवात गरिएको थियो जसमा सर्जे लाइसाकोभ, डिमित्री क्रुयुकोभ, भ्लादिमिर क्रुयुकोभ, भ्लादिभिर समोइलोभ र अन्य टोली समावेश थिए। सन् २०१९ मा, रूसको सबैभन्दा ठूलो ऋणदाता, साबरबैङ्कले र्‍यामब्लर् ग्रूपको ४६.५% भागको अधिग्रहण गरेको थियो जसको उदेश्य भनेको रूसी मिडिया र मनोरञ्जन बजारलाई नेतृत्व गर्ने हो।

                                               

माई डटकम

माई डटकम एक रूसी कम्पनी मेल डटरूको अन्तर्राष्ट्रिय सहायक कम्पनी हो जसले खेल तथा इण्टरनेट सम्बन्धित सेवा र उत्पादनहरू प्रदान गर्ने गर्दछ। माई डटकम माई मेल, माई च्याट, माई गेम्स र म्याप्स डटमीमा ब्राण्डहरू र सेवाहरूको तहत कार्य गरिरहेको छ। माई डटकमको प्रधान कार्यालय नेदरल्याण्डस्को राजधानी एम्ष्टरडममा छन् भने यसको कार्यालय माउण्टेन भ्यू, क्यालिफोर्नियामा पनि अवस्थित छ।

                                               

इस्लामआबाद चिडियाखाना

इस्लामआबाद चिडियाखाना पाकिस्तानको इस्लामआबाद राजधानी क्षेत्रमा अवस्थित एक चिडियाखाना हो जुन ८२ एकड क्षेत्रफलमा फैलिएको छ। यो चिडियाखाना सन् १९७८ मा स्थापना गरिएको थियो भने यो हाल पाकिस्तान प्रशासकीय विकास आयोगको अधिनमा रहेको छ। यस चिडियाखानामा हाल सुतुर्मुर्ग, पानी हाँस, मयुर, सुगा, चितुवा, बाँदर, भालु, फ्याउरो, सिंह, गैँडा, हात्ती लगाएता पशुपन्छीहरू पालिएका छन् भने बालबालिकाको मुख्य आकर्षक भनेको हात्ती हो। सन् २०१३ मा राजधानी विकास आयोगले डायनासोर स्थल वा भ्रमण क्षेत्रको पनि स्थापना गरेको थियो।

                                               

एचबिओ

होम बक्स अफिस एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो। यसको स्वामित्व टाइम वारनरको रहेको छ। यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन शृङ्खलाहरू लगायत ड्कुमेन्टरीहरू प्रसारण गर्ने गरिन्छ। एचबिओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो। यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो। सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो। यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक अमेरिकामा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ।

                                               

आइएसी (कम्पनी)

आइएसी एक अमेरिकी नियन्त्रक कम्पनी हो जसले १०० भन्दा बढी देशहरूमा विभिन्न सञ्चार माध्यम र इन्टरनेट सम्बन्धित ब्राण्डहरूको स्वामित्व राख्दछ। कम्पनीको प्रधान कार्यालय न्यु योर्क सहरमा अवस्थित छ भने यसलाई डेलावेयर सहरबाट सुरु गरिएको थियो। जोए लेभिन, पहिले कम्पनीको खोज र अनुप्रयोग क्षेत्रको नेतृत्व गरेका जोए लेभिनले सन् २०१५ देखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।

                                               

ग्रान्ड थेफ्ट अटो: भाइस सिटी

ग्रान्ड थेफ्ट अटो: भाइस सिटी सन् २००२ मा रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा जारी गरिएको साहसिक भिडन्तमा आधारित भिडियो गेम हो। सन् २००१ को ग्रान्ड थेफ्ट अटो तेस्रो पछि ग्रान्ड थेफ्ट अटो शृङ्खलाको यो पहिलो संस्करण हो। सन् १९८६ मा मियामी स्थित काल्पनिक भाइस सिटी भित्र स्थापित गरिएको यो भिडियो गेमले जेलमुक्त भएपछिको डकैत टोमी भर्सेट्टीलाई पछ्याएको छ। एउटा घातक लागूऔषध कारोबारको धरापमा परेपछि टोमीले आफ्नो छुट्टै आपराधिक साम्राज्यको निर्माण गर्नुका साथै सहरभित्र रहेका अन्य आपराधिक सङ्गठनहरूको सत्ता हत्याउनका निमित्त जिम्मेवार व्यक्तिहरूको खोजी गर्ने कार्य गर्दछ। यो भिडियो गेम तेस्रो ...

                                               

याहु! फाइनेन्स

याहु! फाइनेन्स एक अनलाइन सम्पत्ति वेबसाइट हो जुन याहु! सञ्जालको एक भाग हो। यसले फाइनेन्सीय समाचार, डाटा र टिप्पणी सहित स्टक उद्धरण, प्रेस विज्ञप्ति, फाइनेन्सीय प्रतिवेदन र मूल सामग्रीहरू प्रदान गर्दछ। यसले व्यक्तिगत फाइनेन्स व्यवस्थापनको लागि केहि अनलाइन उपकरणहरूको पनि प्रस्ताव गर्दछ। अन्य वेबसाइटहरूको एक विस्तृत श्रृङ्खलाहरूबाट साझेदार सामग्रीहरूको जारीका अतिरिक्त, यसका कर्मचारी पत्रकारहरूको टोलीले मौलिक सामग्रीहरू यसमा सार्वजनिक गर्दछन्। जुन २०१७ सम्म, याहु! फाइनेन्स भरिजोनको सहायक ओथको एक भाग हो। मासिक ट्राफिकका आधारमा यो संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो व्यापारी वेबसाइट हो।

                                               

युएनछ्वान डियानसिन

युएनछ्वान डियानसिन ताइवानमा आधारित एक दूरसञ्चार कम्पनी हो। यो ताइवानमा ताइवान मोबाइल र चुङ्गहवा डियानसिन पछिको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो।

                                               

प्राइम भिडियो

प्राइम भिडियो, अमेजन प्राइम भिडियो को नामले समेत बजारमा विक्री वितरण गरिने अमेजनद्वारा विकसित, स्वामित्व तथा सञ्चालित अमेरिकी इन्टरनेट भिडियो अन डिमान्ड सेवा हो। यसले टेलिभिजन कार्यक्रम र चलचित्र खरिद गर्न र भाडामा लिने सेवा दिनुका साथै अमेजन स्टुडियोजमा रहेको मूल सामग्री र अमेजन प्राइमको प्रमुख सदस्यतामा सामेल अधिकारप्राप्त अधिग्रहण सेवा हो। संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, जर्मनी र केही अन्य देशहरूमा प्राइम भिडियोसम्म पहुँच भिडियो-मात्रै सदस्यताको माध्यमले समेत उपलब्ध छ, जसमा पूर्ण प्राइम सदस्यताको आवश्यकता हुँदैन।

                                               

जिना भ्यालेन्टिना

फेब्रुअरी १९९७ मा ब्राजीलको रियो दी जेनेरियोमा जन्मेकी उनले १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गर्ने निर्णय गरेकी थिइन्। सन् २०१७ मा, उनी एभिएन र एक्सबिज पुरस्कारका लागि सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको श्रेणीमा नामित भएकी थिइन्। अगस्त २०१७ मा, उनी पेन्टहाउस पत्रिकाको पेन्टहाउस पेटको रूपमा छानिएकी थिइन्। उनी पछि २०१८ मा पेट अफ द इअर निर्वाचित भएकी थिइन्।

                                               

काठमाडौं फन पार्क

काठमाडौँ फन पार्क काठमाडौँ उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थीत एक मात्र मनोरञ्जन गर्ने स्थल हो । जहा बालबालिका देखि युवायुवती तथा बृद्धवृद्धाहरु सबैले मनोरञ्जन लिन सक्छन् । निकै आकर्षक खेलहरु रहेका हुनाले विषेश गरी बिदाका दिनहरूमा घुइँचो लाग्ने गरिन्छ ।

                                               

जय नेपाल सिनेमा हल

जय नेपाल सिनेमा हल को ठेगाना ३१७ नारायणहिटी मार्ग काठमाडौ हो जुन नारायणहिटी राजदरबार पश्चिम ढोका अगाडि पर्छ। अहिले काठमाडौंमा नयाँ पुस्ता माझ यो हल निकै लोकप्रिय छ। अत्याधुनिक डल्बी डिजिटल ध्वनीको प्रविधि यो सिनेमा हलमा राखिएको छ। यस हलमा विशेषत: अङ्ग्रेजी तथा हिन्दी सिनेमा देखाइन्छ। यो हलका सन्चालक क्वेस्ट एन्टरटेन्मेन्टले नेपाली सिनेमा निर्माणमा पनि केही वर्ष यता लागेको छ। जसमा अहिले सम्म दुई वटा सिनेमा निर्माण भएका छन् - कागबेनी र सानो संसार।

                                               

पटाखा

पटाकालाई नै कतैकतै पटाखा भन्ने गरिन्छ | विभिन्न उत्सवहरूमा, खास गरी तिहारमा आतिसबाजी गर्न पटाखा फोड्ने गरिन्छ | तर विभिन्न किसिमका अनवान्छित घटना घट्ने भएकाले नेपालमा भने यसको प्रयोग निषेध गरिएको छ| हुन त छिटफुट कहींकतै प्रयोग भैरहन्छन् तर खुल्लमखुल्ला भने प्रयोग गर्न पाईन्न | पुलिसको पहुचभन्दा दूर कहिं प्रयोग हुनु अपवाद हो | यद्दपी छिमेकी राष्ट्र भारतमै पनि पटाखा खुलेआम बेचिन्छन् र फोडिन्छन् पनि | त्यहाँको सरकारले यो छुट दिएको छ र पुलिस पनि केहि गर्दैनन् |

                                               

बार्ट सिम्प्सन

बार्ट सिम्प्सन द सिम्प्सन्सका एक पात्र हुन्। उनी एक १० वर्षीय बालक हुन्। यो पात्रको स्वर न्यान्सी कार्टराइटले प्रदान गरेका छन्। उनी होमर सिम्प्सन र मार्ज सिम्प्सनका जेठा सन्तान र एक्लो छोरा हुन्। उनी आफ्नो बहिनी लिजा सिम्प्सन भन्दा पृथक पात्र छ। यो पात्र निकै प्रसिद्ध छ। टाइम पत्रिकाले घोषणा गरेको २०औं शताब्दीका २० प्रमुख एन्टरटेनर मध्ये यो एक मात्र एनिमेटेड पात्र हो।

मनोरञ्जन
                                               

मनोरञ्जन

मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

हिरो (चलचित्र)
                                               

हिरो (चलचित्र)

हिरो सन् २००० मा प्रदर्शन गरिएको सुपरहिट नेपाली कथानाक चलचित्र हो । रेखा थापाले यस चलचित्रबाट आफ्नो चलचित्र जीवनीको सुरूवात गरेकी थिइन् । यस चलचित्रका मुख्य पात्रहरूमा राजेश हमाल, रेखा थापा, गौरी मल्ल, निरुता सिंह र दीपाश्री निरौला रहेका छन् ।

सोनी पिक्चर्स
                                               

सोनी पिक्चर्स

सोनी पिक्चर्स इन्टरटेनमेन्ट निगम एक अमेरिकी मनोरञ्जन कम्पनी हो। यसले चलचित्रहरू, टेलिभिजन कार्यक्रमहरू र अनलाइन गेमहरू उत्पादन, अधिग्रहण र वितरण गर्दछ।

वार्नर ब्रोस पिक्चर्स
                                               

वार्नर ब्रोस पिक्चर्स

वार्नर ब्रोस पिक्चर्स एक अमेरिकी चलचित्र स्टुडियोज र वितरण कम्पनी हो। बरबैङ्क क्यालिफोर्नियामा वार्नर ब्रदर्स स्टुडियोज कम्प्लेक्सको मुख्यालय, यो वार्नर ब्रोस इन्टरटेनमेन्टको वार्नर वार्नर ब्रोस पिक्चर्स समूह प्रभागको प्रमुख लेबल हो, जुन आफै एटी एन्ड टीको वार्नरमिडिया को एक प्रभाग हो।