Back

ⓘ टाइटानिक (१९९७ चलचित्र)




                                     

ⓘ टाइटानिक (१९९७ चलचित्र)

टाइटानिक सन् १९९७ मा बनेको अमेरिकी चलचित्र हो । ह्वाइट स्टार लाईन कम्पनीले त्यस समयको सवैभन्दा विशाल एवम प्रविधियुक्त जहाज टाइटानिक को निर्माण गरेको थियो । जुन विभिन्न परीक्षणपछि २२२४ मान्छे बोकेर पहिलो औपचारिक यात्रामा बेलायतदेखि अमेरिका गइरहदा न्युयोर्क नजीकै विशाल हिम टुक्रा सँग ठोक्किन पुगि डुवेको थियो । यस दुर्घटनामा १५१४ यात्रुले ज्यान गुमाएका थिए ।

यहि दुर्घटनामा आधारित विभिन्न फिल्म हरू वनेका छन । जेम्स क्यामेरनद्वारा निर्देशित टाइटानिक फिल्म यस मध्य अग्रपन्ग्तिमा आउछ । उत्कृष्ट फिल्म, निर्देशन, छायाङ्कन र सम्पादनसहित ११ वटा ओस्कार अवार्ड जित्न सफल टाइटानिकले जहाज डुब्दाको त्रासदीमात्र होइन तत्कालीन बेलायती अमेरिकी समाजमा रहेको वर्गीय विभेदलाई पनि कैद गरेको छ । दुर्घटनाको शतवार्शिकिको अवसरमा सन् २०१२ मा यो फिल्मको ३डि संस्करण पुन: वजारमा आएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा थर्ड क्लास यात्रु बढी थिए । निर्देशक क्यामेरनले फिल्ममार्फत् बढी सहानुभूति तिनै यात्रूप्रति पोखेको पाइन्छ । उनले फिल्मका लागि संगीतकार जेम्स हर्नरलाई आयरल्यान्डको लोकगीतमा आधारित भई गीत कम्पोज गर्न लगाएका थिए । थर्ड क्लासमा यात्रा गर्ने धेरैजसो आइरिस नागरिक थिए ।

                                     

1. सुटिंग

१६० दिन सुटिङ टाइटानिक सेटमा मुख्य सुटिङ १९९६ सेप्टेम्बरमा सुरु भई १९९७ मार्चमा सकिएको थियो । १६० दिन लम्बिएको सुटिङ हरेक दिन १२-१४ घन्टा चल्थ्यो । निर्देशक क्यामेरन हरेक हप्ता भिटामिन बि सुई लगाउँदै काम गर्थे । पानीमा धेरै समय डुबेर काम गर्दा केही कलाकारको मिर्गौलामा खराबी आएको थियो । समुन्द्रको चिसो पानीमा यात्रुहरू कठ्यांग्रिएको दृश्य १३ लाख लिटर पानीमा खिचिएको थियो । सुटिङमा पानीको सम्पर्कमा आउने बित्तिकै क्रिस्टल बन्ने विशेष पाउडर प्रयोग गरिएको थियो भने कलाकारका कपाल र लुगामा मैनको पत्र लेपिएको थियो । ज्याक र रोजको समागम दृश्य जहाजभित्र राखिएको कारमा खिचिएको थियो । उक्त कार काल्पनिक थिएन । कारधनी विलियम इ कार्टरले उक्त कार डुबेवापत पछि २५ सय बिमा रकम असुलेका थिए । कार अझै समुन्द्रको पिँधमै रहेको छ ।

                                     

2. बजेट

टाइटानिक फिल्मको बजेट फिल्म बनाउन सुरुमा ७ करोड ५० लाख अमेरिकी डलर लाग्ने अनुमान थियो । तर, पछि बजेट २० करोड अमेरिकी डलर पुग्यो । यो आफ्नो समयको सबैभन्दा महँगो फिल्मको रूपमा चिनियो । सय वर्षअघि सक्कली जहाज बनाउनभन्दा २२ गुणा बढी पैसा खर्च फिल्ममा भएको थियो । फिल्ममा लियोनार्दोले २५ लाख र केट विन्सलेटले १० लाख अमेरिकी डलर पारिश्रमिक पाएका थिए । फिल्मलाई थि्रडीमा रूपान्तरण गर्दा १ करोड ८० लाख डलर लागेको थियो ।

                                     

3. बक्स अफिस सफलता

अकुत आम्दानी टाइटानिक फिल्म ३ घन्टा १४ मिनेट लामो छ । निर्माण कम्पनी पारामाउन्ट पिक्चर्स् र ट्वेन्टिथ सेन्चुरी फक्सले निर्देशक क्यामेरनलाई फिल्मको लम्बाई दुई घन्टामा सीमित गर्न सुझाव दिएका थिए । दैनिक प्रदर्शनी संख्या घट्ने डर थियो निर्मातालाई तर, क्यामेरनले फिल्म छोट्याएनन् । बरु, फिल्म धेरै हलमा आधा रातमा सुरु भएर बिहान ३ बजेसम्म चलिरहयो । एक अर्ब डलर कारोबार गर्ने पहिलो फिल्मको रेकर्ड यसले राख्यो । यसको कमाइ अहिलेसम्म दुई अर्ब नाघिसकेको छ । सन् १९९७ मा फिल्म रिलिज भएदेखि १६ हप्तासम्म बक्सअफिसको पहिलो स्थानमा रहयो । फिल्मको गीति एल्बम अहिलेसम्मकै सर्वाधिक बिक्ने फिल्मी गीत बनेको छ भने यसको निर्माण सम्बन्धी लेखिएको किताब न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीको पहिलो नम्बरमा थियो ।

                                     

4. सेट

मेक्सिकोमा सेट मजदुरको ज्याला सस्तो पर्ने हुनाले टाइटानिक खिच्न क्यालिफोर्नियादेखि नजीकै रहेको मेक्सिकोको सान्ता रोसारितो भन्ने ठाउँको समुद्री किनारमा सेट बनाइएको थियो । फिल्म निर्माण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले त्यहाँ १ लाख ६२ वर्गमिटर जग्गा किनेको थियो । सेटमा नक्कली टाइटानिक जहाज सक्कली ८८२ फिटभन्दा १० प्रतिशत सानो ७७५ फिट लामो बनाइएको थियो । १० तल्ला अग्लो सेट बनाउन कम्पनीले २ करोड ४० लाख डलर खर्च गर्‍यो । नक्कली जहाज एकपट्टिको भाग मात्र बनाइएको थियो । अर्कोपट्टिको भाग जमीनसँग जोडिएको थियो । जहाजको तीनतिर मात्र पानी थियो । जहाज बनाउन प्रयोग गरिएको १६२ फिट अग्लो त्रे्कनबाट पछि फिल्म खिचिएको थियो । क्यामेरा गुडाउन ६०० फिट लामो ट्रयाकको व्यवस्था गरिएको थियो। सेटमा दुइटा पोखरी बनाइएको थियो, एउटा ८०० फिट लामो र ९० फिट गहिरो, ६ करोड ४३ लाख लिटर पानी भएको र अर्को ३० फिट गहिरो, १ करोड ९० लाख लिटर पानीवाला । पानी सिधै समुन्द्रबाट ल्याइन्थ्यो । जहाजमाथि ६५ फिट अग्ला चारवटा चिम्नी ठड्याइएको थियो ।

फ्लिप गरिएको दृश्य एकपट्टि मात्र जहाज बनेकोले कतिपय दृश्यलाई स्त्रि्कप्टभन्दा उल्टो दायाँतिर हिँड्नुपर्ने मान्छेलाई देब्रेतिर हिँड्न लगाई खिचेर पोस्ट प्रोडक्सनमा फर्काइएको फ्लिप गरिएको थियो । जमीनसँग जोडिएकोले जहाज चलायमान थिएन। चिम्नीबाट निस्किएको धुवाँ हावाको गलत दिशाले सोचेभन्दा विपरीत उड्दाखेरि पनि निर्देशकले यो चलाखी देखाएका थिए ।

क्यामेरनले बनाए नग्न चित्र केट विन्सलेटको प्रसिद्ध नग्नचित्र निर्देशक क्यामेरन आफैंले बनाएका थिए । फिल्ममा ज्याकले रोजलाई देखाएका विभिन्न चित्रहरू पनि क्यामेरनकै सिर्जना थिए। चित्र बनाउँदाको दृश्य खिच्दा फ्रेममा देखिने हात क्यामेरनकै थियो । त्यो दृश्य सबैभन्दा पहिले खिचिएको थियो । लियोनार्दो र केटले सँगै रिहर्सल गरे पनि खिच्ने बेला अलगअलग अभिनय गरे। क्यानडामा जन्मिएका क्यामेरन सानो छँदा टोरन्टोको म्युजियममा बारम्बार गएर प्राचीन वस्तुहरूको चित्र कोर्थे ।

स्पेसल इफेक्ट टाइटानिक जहाजलाई बन्दरगाहबाट बिदा गर्न जम्मा भएको भीड कम्प्युटरबाट बनाइएको थियो । यसको लागि भिजुयल इफेक्ट सुपरभाइजर रब लेगाटोले आफू र आफ्ना परिवारका अनुहारको समेत स्क्यान गरेका थिए । इन्जिनको दृश्य, फस्ट क्लासको इन्टेरियर र जहाजको पिँधमा उर्लिएको पानीको धार कम्प्युटरबाट जोडिएको थियो । जहाज डुबेपछि रेलिङ र पंखामा ठोक्किँदै हाम फाल्ने मान्छेहरू पनि कम्प्युटरमै सिर्जिएको थियो । स्पेसल इफेक्टमा चार करोड डलर खर्च भएको थियो ।

हटाइएका दृश्य टाइटानिक डुब्ने बेला केही माइल नजीकै क्यालिफोर्नियन नामक जहाज गइरहेको इतिहासमा उल्लेख छ । जहाजका चालक दलले राति रेडियो बन्द गरेकोले टाइटानिकसँग यसको सम्पर्क हुनसकेन । निर्देशक जेम्स क्यामरूनले त्यो जहाजको प्रसंग फिल्ममा समावेश गरेका थिए । जहाजमा कसैले मार्कोनी रेडियो सेट बन्द गरेको दृश्य खिचिएको थियो । तर, पछि क्यामेरनलाई क्यालिफोर्नियन जहाजको प्रसंगै अनावश्यक लाग्यो र हटाइदिए । जहाजभित्र पानी छिरेपछि रोजसँग हिराको माला खोस्न आउने पात्रलाई ज्याकले कुटेर मृत बनाएको दृश्य पहिले थियो । पहिलो आन्तरिक प्रदर्शनीमा केही दर्शकबाट लियोनार्दोलाई त्यो दृश्य नसुहाएको गुनासो सुनेपछि निर्देशक क्यामेरनले काटिदिए । वृद्धा रोजले सबैलाई देखाएर हिराको माला समुन्द्रमा फ्याँक्ने दृश्य पनि निर्देशकले बदले र रोजलाई माला कसैले नदेख्ने गरी फ्याँक्न लगाए ।



                                     

5. अनुसन्धान

पानीमुनि अनुसन्धान फिल्मको फाइनल स्त्रि्कप्ट लेख्नुअघि जेम्स क्यामेरनले ३ हजार ७ सय मिटरको गहिराइमा रहेको टाइटानिकको भग्नावशेष १२ पटक अवलोकन गरेका थिए । त्यतिबेला फुटेज सङ्कलन गरिए पनि स्तरीय नभएकोले भग्नावशेष दृश्य सेट लगाएर खिचिएको थियो । जहाजको डिजाइन गर्डन लिन्च र केन मार्सचालले दिएका सूचनालाई आधार बनाइएको थियो । जीवनभर टाइटानिकको अध्ययन अनुसन्धान गरेका डन पहिलोपटक सेटमा बनेको जहाजमा पुग्दा स्तब्ध भएका थिए । त्यस्तै टाइटानिकका आधिकारिक चित्रहरू बनाएर कहलिएका केनकै चित्रका आधारमा स्पेसल इफेक्ट खिचिएको थियो । फस्ट क्लासमा यात्रा गर्ने अभिजात वर्गका मान्छेको हाउभाउ र बोलीचाली कलाकारलाई सिकाउन विज्ञहरू उपलब्ध थिए ।